न्युयोर्क, ११ असोज । नेपालले राष्ट्रसङ्घका उद्देश्य र सिद्धान्तप्रति अगाध आस्था र प्रतिबद्धता रहेको दोहो¥याउँदै शान्ति, सुरक्षा र विश्व व्यवस्थाका लागि बहुपक्षीयतावादको प्रवद्र्धनमा राष्ट्रसङ्घको केन्द्रीय भूमिकाप्रति अटल विश्वास रहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घको ७४ औँ महासभा बैठकलाई शुक्रबार साँझ सम्बोधन गर्दै नेपाली प्रतिनिधिमण्डलका नेता परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इतिहासको दोबाटोबाट हेर्दा शान्ति, सुरक्षा र विश्व […]
मुख्य विशेष
शिक्षक लाइसेन्सको परीक्षामा प्रश्नपत्रमा नै उत्तर भेटिएपछि
गुल्मी, १० असोज । प्रश्नपत्रमा नै उत्तर भेटिएपछि जिल्लामा ४० मिनेट परीक्षा स्थगन गरिएको छ । नेपाल सरकार, शिक्षक सेवा आयोगले लिने माध्यमिक तहको अध्यापन अनुमतिपत्रको प्रश्नपत्रमा उत्तर भेटिएपछि ४० मिनेट परीक्षा स्थगन गरिएको हो । रेसुङ्गा बहुमुखी क्याम्पसको केन्द्र ‘क’मा अङ्ग्रेजी विषयको समूह ‘घ’को वस्तुगत प्रश्नपत्रका प्रश्नको वैकल्पिक सही उत्तर स्पष्ट देखिने गरी गाढा […]
नलगाड जलविद्युत् आयोजनामा लगानीका लागि जाइका तयार
काठमाडौँ, ९ असोज । सरकारले जाजरकोटमा आयोजनास्थल रहेको नलगाड जलविद्युत् आयोजनालाई सार्वजनिक निजी साझेदारीमा अगाडि बढाउने गरी जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)सँग समझदारी भएको जनाएको छ । जापान भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जाइकाका उच्च अधिकारीसँग आज भएको छलफलमा त्यस्तो समझदारी भएको हो । मन्त्री पुन र जाइकाका कार्यकारी उपाध्यक्ष काजुहिको कोशिकावाबीच […]
काश्मिरको मुद्दा ल्याएर भारतको आरएसएसका प्रमुख किन सुटुक्क छिरे नेपाल
काठमाडाैं, ९ असाेज । सत्तासीन भारतीय जनता पार्टीलाई मार्गनिर्देश गर्ने संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचार प्रमुख नेपाल आएका छन् । नेपालको राजनीतिक क्रमशः चीनको पोल्टामा जाँदै गरेको विश्लेषण भइरहँदा आरएसएसका प्रचार प्रमुख अरुण कुमार नेपाल आएका हुन् । उनले बिहीबार काठमाडौंमा हुने काश्मिर मामिला र धारा ३७० बारे प्रवचन दिनेछन् । मोदी सरकारले […]
प्रचण्ड र देउवाले कुरा सुन्न नमानेको भन्दै मानव अधिकार आयोगको कार्यक्रम हलमा हल्ला र नारावाजी
काठमाडौं, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शिर्ष नेताहरु विरुद्ध एक कार्यक्रममा नारावाजी भएको छ । राष्टि☺य मानव अधिकार आयोगले नै आयोजना गरेको कार्यक्रममा नेताहरुकै अगाडि हलमा सहभागी भएकाहरुले नारावाजी गरेका हुन् । आफ्ना कुरा सुन्न बोलाइएका नेताहरु नआएको र आएका […]
५० ‘चार्जिङ स्टेशन’ बनाउँदै प्राधिकरण
काठमाडौँ, ९ असोज । तीन वर्ष पहिले नियमित विद्युत् पाउनु नै नेपालीका लागि ठूलो सपना जस्तै थियो । विद्युत्को माग र आपूर्तिको व्यवस्थापन नहुँदा देशले चर्कोरुपमा विद्युत्भार कटौतीमा पर्नुपरेको थियो । पछिल्ला दिनमा धेरैले असम्भव जस्तै मानेको नियमित विद्युत्को उपलब्धता पछि नेपाल विद्युत् प्राधिकरणले विद्युत् खपतका नयाँनयाँ योजना अगाडि सारेको छ । सोही क्रममा प्राधिकरणले […]
भालुको बिगबिगी बढ्यो, रातभरि जाग्रम बस्नुपर्ने बाध्यता
सोलुखुम्बु, ९ असोज / जिल्लाको माथिल्लो क्षेत्रमा भालुको बिगबिगी बढेको छ । भालुको बिगबिगी बढेसँगै मानिसलाई आक्रमण गर्ने क्रमसमेत बढेको छ । बुधबार मात्रै सोलुदूधकुण्ड नगरपालिका–१ मा भालुको आक्रमणबाट एक वृद्ध सख्त घाइते भएका छन् । टाक्सिन्दुको हेवा जङ्गलमा बिहीबार दिउँसो गाई चराउँदै गरेका पासाङ शेर्पालाई भालुले आक्रमण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार […]
दक्ष जनशक्तिको अभावले अनलाइन सेवा प्रभावितः सेवाग्राही मर्कामा
महोत्तरी, ९ असोज । मालपोत कार्यालय बर्दिवास (महोत्तरी) मा शुरु गरिएको अनलाइन सेवा दक्ष जनशक्तिको अभावले प्रभावित भएको छ । एक साताअघि कार्यालयले जग्गा रजिष्ट्रेशनको काम पारदर्शी र सुव्यवस्थित अभिलेखका लागि अनलाइन सेवा शुरु गरे पनि दक्ष जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या आएको हो । कार्यालयले अनलाइन सेवा प्रारम्भ गरेपछि दक्ष जनशक्तिको अभाव खट्किएको […]
माध्यमिक विद्यालय शिक्षक युनियनद्वारा शिक्षक लाइसेन्सको परीक्षा बहिस्कार
काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन नेपाल(हिस्टुन)ले शिक्षक लाइसेन्सको परीक्षा बहिस्कार गर्ने भएको छ । बुधवार हिस्टुनको केन्द्रिय कार्यालयमा बसेको अनौपचारिक बैठकले शिक्षक आयोगले खुलाएको शिक्षक लाइसेन्स विज्ञापनको विज्ञापन नम्बर ३५ खारेज नभएसम्म परीक्षामा सहभागी नहुन सम्पूर्ण सदस्य शिक्षकहरुसँग अनुरोध गरेको छ । हिस्टुनले शिक्षक लाइसेन्स विज्ञापन खारेजीको माग गर्दै गत साउन २८ गते सर्वोच्च […]
भिरमा परेको समकालीन राजनीतिका गाँठाहरुमाथि नागरिक मन्थन
नेपाल को वर्तमान मुख्य समस्या के हो ? यसमा विभिन्न तर्कहरु हुन सक्छन । धेरैलाई लाग्दो हो कि भ्रष्टाचार मुख्य समस्या हो । अनि बेरोजगारी, कुशासन, भ्रष्ट नेता र कर्मचारी, काम नगर्ने ठेकेदार आदि त छँदैछन । यी विषयहरु नियन्त्रण हुनुपर्छ र देश अगाडि बढ्छ भन्ने चिन्तन पनि धेरैले लिएका छन । कतिपयले यो गणतन्त्र […]











