शिक्षक लाइसेन्सको निमावि नेपाली विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमवार आयोगले निम्न माध्यमिक तह नेपाली विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ४८ हजार ९ सय ३४ परीक्षार्थी मध्ये २ हजार ५९ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै ६१६४ […]

१९ वर्षे नेपालीमा कोरोना संक्रमण पोजेटिभ– ‘टेकुमा उपचार हुँदै’

काठमाडौं, १० चैत । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आकस्मिक पत्रकार सम्मेलन गर्दै एक जना नेपाली कोरोना पोजेटिभ देखिएको र उनको उपचार टेकुमा भइरहेको जानकारी दिएका छन् ।सरकार कोभिड १९ विरुद्ध लड्न आवश्यक सावधानी अपनाएको र नागरिकले पनि राज्यले जारी गरेको सूचना तथा अनुरोध मान्न अनुरोध गर्दै फलोअपका बिरामीले डाक्टरको सुझाव मान्न अनुरोध गरेका छन् । उनले […]

कोभिड–१९ः अस्पताल जान नहत्तारिऔँ, घरमै बसि यी नम्बरबाट परामर्श लिन डाक्टरहरुको अनुरोध

चितवन, १० चैत । यदि स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सकिन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा प्रदान गर्न शुरुआत समेत गरेका छन् । नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सक मध्ये जुन […]

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी चिन्तित

Narendra-Modi

काठमाडौँ, १० चैत । कोरोना रोकथामका लागि जारी गरिएको ‘लकडाउन’ लाई मानिसहरुले गम्भीरताका साथ नलिएकोमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिन्ता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत एक सन्देश जारी गर्दै आफ्नो, परिवारको र समाजको रक्षाका लागि ‘लकडाउन’को निर्देशन गम्भीरताका साथ पालना गर्न अपील गरेका छन् । लॉकडाउन को अभी भी कई लोग गंभीरता […]

कोरोनाको त्रासले जेलमा भागदौड मच्चिदा २३ को मृत्यु

काठमाडाै‌ । कोलम्बियास्थित जेलमा कोरोना संक्रमण सर्ने डरले भागदौड गर्ने क्रममा कैदीबीच झडप हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। कोलम्बियाको राजधानी बोगोटास्थित ठूलो जेल ला मोडेलोमा झडप भएको हो। कोरोना संक्रमण हुने तनावले भागाभाग गर्ने क्रममा भएको झडपमा ८३ कैदी घाइते भएको कोलम्बियाको न्याय मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको संक्रमण फैलिएका बेला पनि जेलमा […]

घरमै बसेर स्वास्थ्य सेवा लिन आह्वान गर्दै चिकित्सक संघद्वारा मोबाइल नम्बर सार्वजनिक

विश्वव्यापी महामारीका रुपमा देखा परेको कोरोना भाइरस संक्रमण (कोभिड १९) बाट बच्न आकस्मिक अवस्थामा बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान नेपाल चिकित्सक संघले अपिल गरेको छ । नेपाल सरकारले घोषणा गरे बमोजिम अत्यावश्यक अवस्था बाहेक स्वास्थ्य संस्था तथा अन्य भीडभाड हुने स्थलमा नजान संघले अपिल गरेको हो । नेपाल चिकित्सक संघले आइतवार […]

कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन

काठमाडौँ, ९ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री डा. खतिवडाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र सरकारका निर्णयसम्बन्धी […]

नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु,

काठमाडौँ, ९ चैत । काठमाडौँमा एलपी ग्यासको ढुवानी माग भन्दा बढि गरे पनि बजारमा अभाव नहटेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले ग्यास उपभोक्ताको तथ्याङ्क राख्न सुरु गरेको छ । ग्यास पसलबाट कसले कति लग्यो भन्ने तथ्याङ्क हरेक दिन ग्यास पसलले सङ्घलाई पठाउनैपर्ने व्यवस्था गरिएको सङ्घका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । सङ्घका अनुसार एलपी ग्यास […]

नक्कली शैक्षिक प्रमाणपत्र र शिक्षक लाइसेन्सको भरमा आयोग उत्तीर्ण शिक्षक अख्तियारको फन्दामा

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र र शिक्षक अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स)को आधारमा शिक्षक सेवा आयोगको स्थायी परीक्षा उत्तीर्ण गरेका एक शिक्षक बिरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र र शिक्षक लाइसेन्सको आधारमा आयोग उत्तीर्ण शिक्षक जितेन्द्र कुमार झा बिरुद्ध मुद्दा दायर गरेको हो । सुर्योदय माध्यमिक विद्यालय हुम्लामा […]

नेपालमा कोरोना भाइरस भित्रिएको अडियो भाइरल बनाउने युवक भक्तपुरबाट पक्राउ

कोरोनाको कारण मानिस मरिरहेको कुरा राज्यले लुकाइरहेको अडियो पोस्ट गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्ने व्यक्ति भक्तपुरको सिपाडोल बस्ने बिबेक थापामगर हुन् । रामेछाप घर भै सिपाडोल बस्ने बिबेकलाई प्रहरीले पक्राउ गरेको श्रोतले बताएको छ । श्रोतका अनुसार करिब ३ बजेको समयमा भक्तपुरबाट उनलाई पक्राउ गरिएको हो । ”२० वर्षिय बिबेकलाई भक्तपुर प्रहरीको […]