भारतले रेल सेवा सुरुगरेसँगै नेपालमा कोरोनाको संक्रमण बढ्नसक्ने खतरा

काठमाडाैं । मंगलबारबाट भारतले आंसिक रुपमा रेल सेवा सुरु गरेको छ। भारतमा रेलसेवा सुरुभएपछि त्यहाँ रहेका ठूलाे संख्यामा नेपालीहरु एकैसाथ नेपाल अाउने र त्यसले नेपालमा भाइरसकाे संक्रमण बढ्ने खतरा अाशंका गरिएकाे छ ।

नेपालमा भेटिएका धेरैजसो संक्रमण भारतबाटै आएका व्यक्तिहरुका कारण भएकाे छ । पछिल्लाे समय काेराेनाकाे इपिसेन्टर मानिएकाे कपिलवस्तु, नेपालगञ्ज, रुपन्देही, विरगञ्ज, केही समय अघि ठूलाे संख्यामा संक्रमित भेटिएकाे उदयपुर, कैलाली लगायतका धेरै ठाउँमा जतिपनि संक्रमित भेटिएका छन् ती सबै भारतबाटै अाएका व्यक्तिबाट अरुमा सारेर भएकाे छ । त्यही भएर अबकाे खतरा पनि भारतबाटै अाउने नागरिकका कारण हुने ठानिएकाे छ । भारतमा पनि काेराेनाकाे संक्रमण तीब्र रुपमा बढिरहेकाे छ । भारतका पन्जाव, राजस्थान, दिल्ली र मुम्वईबाट ठूलो संख्यामा नेपाली अब नेपाल भित्रिने अनुमान गरिएकाे छ ।

भारतका विभिन्न सहरमा होटलमा काम गर्ने, गाडी तथा ग्यारेजमा काम गर्ने, ड्राइभर लगायत साना उद्योगहरुमा कार्यरत नेपालीको भारत बसाई कष्टपुर्ण बन्दै गएकाले भारतमा रेल चलेसँगै उनीहरु फर्किन सक्ने बताइएको छ। त्यसैगरी अध्ययनका लागि भारत गएर लकडाउनमा फसेकाहरु पनि अब फर्कने सम्भावना छ ।

मंगलबारबाट रेल चलाउन थालेको भारतले आन्तरिक उडान पनि सुचारु गर्ने तयारी गरिरहेको छ। रेलका लागि अनलाइन टिकट खुल्ला गरिएको छ। मंगलबार नै उत्तर प्रदेशका मुख्य मन्त्री योगि आदित्यनाथले घर फर्किन चाहने नेपालीलाई पठाउने व्यवस्था गर्न र बस्न चाहनेलाई आवश्यक व्यवस्था गर्न निर्देशन दिइसकेका छन्। भारतले समेत फर्किन चाहनेलाई सहजीकरण गरिदिने भएपछि अब नेपालमा भारतबाट ठूलो संख्या भित्रिने आँकलन गरिएको छ।

Loading...