बसपार्कमा कोरोनासँगै ट्राफिक त्रास, प्रत्येक गाडीबाट ५ हजार उठाउँदै प्रहरी

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएपछि नेपालमा पनि ठूलो त्रास उत्पन्न भएको छ । अहिलेसम्म कोरोनाको संक्रमण व्यापक नभए पनि संक्रमण बढ्यो भने त्यसलाई नियन्त्रण गर्ने तयारी र क्षमता निकै कमजोर रहेको भन्दै सरकारप्रति आक्रोश पनि उत्पन्न भइरहेका छन् । यही त्रासले अहिले राजधानी छोडेर गाउँघरतिर जानेहरुको संख्या ह्वात्तै बढेको छ […]

कोरोनाको महासंकट: यस्तो छ प्रधानमन्त्री ओलीको सम्वोधनको पूर्ण पाठ

देशभित्र र बाहिर रहेका नेपाली दिदीबहिनी दाजुभाइहरू र अन्य यात्रुहरूलाई यथाशक्य कम असुविधा होस् भन्नेतर्फ नेपाल सरकार सचेत र संवेदनशील छ। म विश्वास दिलाउन चाहन्छु, यस असहज परिस्थितिलाई छिटोभन्दा छिटो अन्त्य गरी जनजीवनलाई सामान्य बनाउन सरकार प्रयत्नशील रहने छ। आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, आज म आफ्नो स्वास्थ्यको बारेमा होईन, जनस्वास्थ्यको बारेमा विमर्श गर्न तपाईहरू सामु […]

(कोभिड–१९) त्रास: राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित

काठमाडौँ, ७ चैत । पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना संक्रमण र त्रासका कारण राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ । शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित भएको हो । यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो । सरकारले कोरोना भाइरसको […]

शिक्षक लाइसेन्स: निमावि सामाजिक विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । बिहिवार आयोगले निम्न माध्यमिक तह सामाजिक विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी २२ हजार ९९ परीक्षार्थी मध्ये ७४२ जना मात्रै उत्तीर्ण भएका छन् । यस्तै १२३३ जनाको वस्तुगत परीक्षा रद्द […]

एसईई स्थगनपछि डा. बाबुराम भट्टराईको भविष्यवाणी: काजीगुटले माओवादी सिध्यायो अब नेकपा सिध्याउँछ

भक्तपुर,६ चैत । पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएपछि आक्रामक अभिव्यक्ति दिएका छन् । बिहीवार शुरु हुने परीक्षा बुधबार स्थगन गरिएपछि उनले आक्रामक अभिव्यक्ति दिएका हुन् । बिहीवार सामाजिक संजालमा आफ्नो धारणा व्यक्त गर्दै उनले सरकारको निर्णयलाई नेता नारायणकाजी श्रेष्ठसंग जोडेर रीस पोखेका […]

( कोभिड-१९) त्रास: प्रचण्डद्धारा आजदेखि दैनिक भेटघाट कार्यक्रम सबै बन्द

काठमाडौं, ६ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड ले आजदेखि दैनिक भेटघाट कार्यक्रम स्थगित गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को कारण प्रचण्डले आजदेखि अत्यावश्यक अवस्था बाहेकका सबै भेटघाट अनिश्चित कालको लागि स्थगित गरेका छन् । अध्यक्ष प्रचण्ड अत्यावश्यकबाहेकका सबै भेटघाट बन्द गरिएको अध्यक्ष प्रचण्डको निजी […]

दुई साताका लागि नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक

काठमाडौँ,५ चैत । कोरोना भाइरस ९कोभिड–१९० को जोखिम नियन्त्रणका लागि भन्दै मलेसिया सरकारले चैत ५ गतेदेखि १८ गतेसम्म नेपालीसहित सबै विदेशी नागरिकलाई मलेसिया प्रवेशमा रोक लगाएको हो । मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले बुधबारदेखि लागू हुने यो नियम आगामी मार्च ३१ वा चैत १८ गतेसम्म लागू हुने जनाएको छ । मलेसिया सरकारले लगाएको प्रवेश रोकले नेपाली […]

कुन ब्लड ग्रुपलाई कोरोनाको संक्रमण बढी खतरा, कुनलाई कम ? हेर्नुहोस!

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट समाचारपत्रका अनुसार (कोभिड-१९) को उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ए भएका मानिसमा यसको संक्रमण धेरै देखिने र रोग लागिसकेपछि अवस्था पनि गम्भीर हुने देखिएको छ। अर्कातिर ब्लड ग्रुप ओ भएका मानिसमा भने कोरोनाको संक्रमण कम हुने अध्ययनको प्रारम्भिक निष्कर्ष छ । वुहान […]

गणेश र अग्निबीच संसदमा रिक्त महासचिव बनाउनेबारे चर्काचर्की

काठमाडौं, ५ चैत । पार्टी मिल्यो, नाम, झण्डा र संसद्मा बस्ने लहरसम्म मिलेको छ । तर मान्छेहरुको मन अझै मिलेको रहेनछ, जुन कुरा सिंहदरवारमै देखियो । कुरा संसदमा रिक्त महासचिव पदमा कसलाई सिफारिस गर्ने भन्ने मात्रै हो । महासचिव मनोहरप्रसाद भट्टराई आइतबारदेखि अवकासमा गए । त्यसपछि लफडा चल्यो, नयाँ महासचिव सिफारिस र कार्यवाहकका बारेमा । […]

द्वन्द्वको बेला बेपत्ता पारिएकाको सूची सार्वजनिक: हेर्नुस बेपत्ता हुनेहरु

भक्तपुर ४ फागुन । १० वर्षे सशस्त्र द्वन्द्वको बेलामा बेपत्ता पारिएका व्‍यक्तिको छानविन गर्न गठित आयोगले बेपत्ताहरुको सूची सार्वजनिक गरेको छ । सशस्त्र द्वन्द्वमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक भएको हो । बेपत्ता छानविन आयोगले २ हजार ५ सय ६ जनाको नाम सार्वजनिक गरेको छ। उजुरीको आधारमा बेपत्ताहरुको सूची सार्वजनिक गरिएको […]