कालिकाेट, ७ पुस । कालिकाेटमा प्रहरीले चलाएकाे गाेली लागेर एक जना प्रहरीकै ज्यान गएकाे छ । मृत्यु हुने प्रहरी नेपाल प्रहरीका जागिरे नभइ चुनावका लागि परिचालन गरिएका म्यादी प्रहरी हुन् । सदरमुकाम मान्ममा प्रहरी र प्रतिनिधि सभा र प्रदेश सभाका लागि परिचालन गरिएका म्यादी प्रहरीबीच भएकाे भिडन्तमा परी एक जना म्याद प्रहरीकाे ज्यान गएकाे हाे […]
ब्यानर न्यूज
मोहन वैद्य, नयाँ शक्ति र विववेकशीलको प्रत्यक्षमा शर्मनाक पराजय (तीन पार्टीका सबै प्रत्यक्ष उम्मदवारको मत सूची हेर्नुहोस)
काठमाडौं, ४ पुस । चुनावकाे क्रान्तिकारी उपयाेग गर्नेभन्दै निर्वाचनमा हाेमिएकाे माेहन बैद्य किरणकाे पार्टी नेकपा (क्रान्तिकारी माअाेवादी) ले शर्मनाक मत प्राप्त गरेकाे छ । त्यसैगरी वैकल्पिक राजनीतिक धार निर्माण गर्ने भन्दै निकै ठूलाे तामझामका साथ नयाँ पार्टी खाेलेका बाबुराम भट्टरार्इकाे नयाँ शक्तिदेखि रविन्द्र मिश्रकाे विवेकशिल साझा पार्टीले पनि प्रत्यक्षमा असाध्यै कम मत प्राप्त गरेका छन् […]
प्रचण्डको प्रशंसा गर्दै ओलीले भने ‘म मुर्ख हुँ, बेलाबेला मुर्ख बन्छु’
काठमाडाैं, ३ पुस । चटपटे बाेली बाेलेर बेलाबेलामा चर्चामा अाइरहने नेता केपी अाेलीले अाफैलार्इ मुर्ख भनेका छैन । अाेलीलार्इ भेट्न अाेली निवास बालकाेट पुगेकाे नेकपा माअाेवादी केन्द्रकाे युवा संगठन याेङ्ग कम्युनिस्ट लिग (वाइसिएल) काे टाेलीसँग अध्यक्ष अाेलीले साे कुरा सार्वजनिक गरेका हुन् । अाेलीले माअाेवादी जनयुद्धका बारेमा अाफूले बाेलेकाे कुरा मुर्खले बाेल्ने भनार्इ नै भएकाे […]
अनेक हल्ला चलिरहँदा प्रचण्ड ओलीले गरे यस्तो सहमति
काठमाडाैं, १ पुस । पार्टी एकता गर्ने उद्घाेषसहित निर्वाचनमा सहभागी भर्इ बहुमत हासिल गरेका वामगठबन्धनका दुर्इ प्रमुख नेताबीच नयाँ सहमति भएकाे छ । नेकपा एमालेका अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर चलाइएका थुप्रै हल्लालार्इ चिर्न याे सहमति गरेकाे बताइएकाे छ । चुनावी परिणाम अाए लगत्तै खासगरी नेकपा एमालेका तर्फबाट साे […]
प्रचण्डमाथि ओलीको अर्को प्रहार, ओलीले भने, ‘प्रचण्डजीलार्इ अध्यक्ष नै चाहिएको भए किन एकता गर्ने ?’
काठमाडौँ, २८ मंसिर । एमाले अध्यक्ष केपी ओलीले वाम गठबन्धनले संवैधानिक व्यवस्था अनुसार नै पार्टी र सरकारको नेतृत्व गर्ने बताएका छन । पत्रकार निरजराज जोशीसँग कुरा गर्दै ओलीले संवैधानिक व्यवस्था अनुसार कार्यकारी प्रमुख नै प्रधानमन्त्री हुने उनले बताएका छन् । एकतापछि पार्टी अध्यक्ष एक जना र प्रधानमन्त्री एक जना हुने ? के त्यसो हो ? […]
केपी ओलीलार्इ मुख सम्हालेर बोल्न प्रचण्डका युवा अध्यक्षको चेतावनी
काठमाडौँ, २७ मंसिर । नेकपा माओवादी केन्द्रनिकट वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपसीखा’ एमाले अध्यक्ष केपी ओलीलाई मुख सम्हालेर बाेल्न सुझाव दिएका छन् । प्रमुख नेता भएर संचारमाध्यममा गैरजिम्मेवारी अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दिपसीखाले ओलीलाई यस्तो सुझाव दिएका हुन् । माओवादी-एमाले एकताको बाटोमा अघि बढिरहेको अवस्थामा अाेलीले जनयुद्धलार्इ सैद्धान्तिक भूल भनेर व्याख्या गरेकाे, साम्यवादरमाईलो कल्पना मात्रै […]
समानुपातिकमा कुन दलको कति मत ? यस्तो छ ४९ वटै दलको मत परिणाम
काठमाडौं, २७ मंसिर । पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नउठाएरै धेरै साना दलले समानुपातिकमा मत मागेर संसदको यात्रा तय गरे । संसदमा हुने सरकार परिवर्तनको फोहोरी खेलमा उनीहरुले धेरै महत्व र मौका पनि पाए । साना दलका कतिपय नेताहरु मन्त्रीसमेत भए । पहिलो र दोस्रो संविधानसभामा करिव साढे दर्जन दल संविधानसभामा थिए । […]
चार वटा दल मात्र राष्ट्रिय दल बन्ने, बाँकीको समानुपातिक सिट कटौती
काठमाडाैं, २७ मंसिर । नयाँ संविधानमा गरिएकाे थ्रेस हाेल्डकाे व्यवस्थाका कारण यसपटक चार वटा दल मात्र राष्ट्रिय पार्टी बन्ने देखिएकाे छ । अहिलेसम्मकाे मतगणना अनुसार चारवटा दलले मात्र थ्रेसहाेल्ड कटाएका छन् । समानुपातिक तर्फकाे मतगणना अझै जारी रहेकाले अब अर्काे एउटा पार्टी थपिएर पाँचवटा पार्टी राष्ट्रिय पार्टी बन्न सक्ने सम्भावना छ । राष्ट्रिय जना पार्टी […]
दुर्इ नम्बर प्रदेशमा एमाले नाजुक, २ ठाउँमा जित शुन्य अग्रता
काठमाडाैं, २४ मंसिर । समग्र निर्वाचनमा धेरै ठूलाे अग्रता बनाइरहेकाे नेकपा एमालेकाे २ नम्बर प्रदेशमा भने नतिजा निकै नराम्राे भइरहेकाे छ । प्रदेश नं २ को मतगणना हुँदा प्रतिनिधिसभातर्फ अहिलेसम्म १२ वटा क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधि सभा तर्फ प्रदेश नं. २ मा एमालेले अहिलेसम्म २ ठाउँमा मात्र जित हासिल गरेकाे छ । […]
चुनावमा कतै नदेखिएर पनि फरार रहेका एसएसपी हत्या आरोपी रेशमको ४ गुणा बढी मत
काठमाडाैं, २४ मंसिर । प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका राष्ट्रिय जनता पार्टी राजपाका एक उम्मेदवार फेरि चर्चामा अाएका छन् । २०७२ साल भदौ ७ गते कैलालीकाे टिकापुरमा घटेकाे घटनाका बेला सर्वाधिक चर्चामा अाएका र त्यसबेलादेखि नै भूमिगत जीवन बिताउँदै अाएका रेशम चाैधरी फेरि चर्चामा अाएका छन् । कैलालीकाे निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा […]