भूमी, राजनीति र माओवादी

आज कम्युनिष्टहरुलाई भूमी, किसान र कृषिसमस्या न बहसका विषय बनेका छन् न आन्दोलनका । आक्रोश असन्तोष जताततै छ तर आन्दोलन बन्न सकिरहेको छैन । भूतपूर्व क्रान्तिकारीहरु थाकेका वा बजारको बोझले किचिएका छन् । कतिपय राजनीतिक पार्टीका किसान सङ्गठनहरु आइएनजीओका भातृ सङ्गठनमा फेरिएका छन् भने राजनीतिक पार्टीलाई कृषि मन्त्रालय रोजाईमा चुत्थो विषय बनेको छ । त्यहाँ […]

रअको डिजाइनमा बाबुरामलाई भित्राउँने तयारीमा प्रचण्ड

काठमाडौं । यतिबेला नेकपा माओवादीले यसअघिका निर्णयहरुबाट युटर्न गर्दै नयाँ मागहरु उठाएको छ । साथै संसदीय राजनीतिलाई स्वीकार गर्ने विवादास्पद निर्णय समेत गरेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गरी नयाँ एजेण्डाको लागि संघर्ष समेत गर्न तयार रहेको घोषणा गरेका छन् । अध्यक्ष प्रचण्डले यसरी मागै नै राखेर आन्दोलनमा […]

कुलेखानी–हुमाने सडकमा करोडौ भ्रष्टाचार

हेटौडा । गरिब नेपाली जनताले सडक पूर्वाधार विकासको उपभोग गर्न पाउन् भनेर विश्व बैंकको अनुदान सहयोगमा स्तरोन्नती गरिएको कुलेखानी–हुमानेभन्ज्याङ सडकमा अनियमितता र भ्रष्टाचार भएको फेला परेकोछ । सडक पिच गरी तयार गरेको हप्ता दिनभित्रैमा सडकमा सयौं खाल्डा पर्ने, पहिरो जाने हुनथालेपछि सडकमा अनियमितता र भ्रष्टाचारको रहस्य खुलेको हो । डिभिजन सडक कार्यालय मकवानपुरका एक इन्जिनियरले […]

विकास वजेटमा भ्रष्टाचार गर्नेहरुमाथि कारवाही गर्ने नेकपाको निर्णय

सल्यान, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीले सल्यानमा जनताको विकास निर्माणमा आएका योजनाहरुमा भ्रष्टाचार गर्नेलाई कार्वाही गर्ने घोषणा गरेको छ । पश्चिमी क्षेत्रमा रहेको तत्कालिन स्वीकोट गाविसमा मंगलबार भएको पार्टीको भेलाले आर्थिक अनियमितता गर्ने, थोरै तथा गुणस्तरहिन काम गरि किर्ते कागज बनाई भ्रष्टाचार भएको भन्दै कारवाही गर्ने निर्णय गरेको हो । भेलाले जन भेटघाट भेला […]

नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला । ५८ वटा सरकारी वेवसाइटमाथि खतरानाक अाक्रमण

काठमाडाैं, ९ साउन । साइवर ह्याकरहरुकाे एक समूहले नेपालमा अहिलेसम्मकै ठूलाे अाक्रमण गरेकाे छ । साे समूहले नेपाल सरकारकै वेवसाइटहरुलार्इ अाक्रमणकाे निशाना बनाएकाे छ । अाफूलार्इ प्याडक्स साइबर घोस्ट नामक परिचय दिएकाे हमलाकारीले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेका छन् । साे समूहले नेपाल सरकार रक्षा मन्त्रालयदेखि कानुन मन्त्रालयसम्मका […]

नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट खतरानाक ह्याकरले गरे ह्याक

काठमाडौं, ९ साउन । नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट ह्याक भएकाे छ । नेपाल सरकारकाे महत्वपूर्ण मन्त्रालयकै वेवसाइट ह्याक भएपछि नेपालमा वेव सेक्युरिटीकाे समस्या झन बढेकाे छ । रक्षा मन्त्रालयको http://mod.gov.np/ वेभसाइट ह्याकरले ह्याक गरेका हुन् । उक्त वेवसाइट खोल्दा नियमित वेभसाइटको साटो ह्याकरको सन्देश र गीत सुन्न सकिन्छ । ह्याकरले रक्षा मन्त्रालयकाे वेवसाइट ह्याक […]

साउनमा उर्लेको भेरी नदीमा फसेका युवकलार्इ प्रहरीले गर्यो उद्धार

डोल्पा, ९ साउन । डोल्पाको सदरमुकाम दुनैमा भेरी नदिमा फसेका एक यूवकको प्रहरीले सकुशल उद्धार गरेको छ । उदयपुर जिल्ला सिस्पुर वडा नम्बर ९ स्थायी घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको प्रहरीले सकुशल उद्धार गरेकाे हाे । भेरी नदीले बगाएर ल्याएकाे काठ उतारेर बेच्नका लागि पविन मगर नदीमा पसेका […]

पार्टीभित्रका अन्तरघातीहरु खोज्दै प्रचण्ड

काठमाडौँ, ७ साउन । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने नीति अख्तियार गर्ने भएको छ । । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सम्पन्न पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले अन्तरघात गरेका पार्टीका नेता–कार्यकर्तामाथि कारबाही गर्ने निर्णय गरेको हो । […]

व्यापक विरोधपछि प्रचण्ड शताब्दी पदक फिर्ता गर्न बाध्य

काठमाडौं, ५ साउन । साउन ३ गते मंगलबार एउटा समाचार निकै चर्चामा रह्याे । नेकपा (माओवादी केन्द्र)का प्रचण्डलार्इ एउटा संस्थाले अहिलेसम्मकै ठूलाे सम्मानकाे घाेषणा गर्याे । दुर्इ पटक प्रधानमन्त्री भइसकेका माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकै खुसी हुँदै उक्त कार्यक्रममा सहभागी पनि भए । शताब्दी पदकबाट अाफूलार्इ सम्मान गरिने भएपछि उनी खुसी नहुने कुरा नै थिएन […]

काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबस धादिङमा दुर्घटना

धादिङ, ५ साउन । काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको यात्रुबाहक बस धादिङमा दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी १० जना घाइते भएका छन् । बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटारमा सडकबाट २० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा परी दुवै जनाको घटनास्थलमै ज्यान गएको थियो । […]