न्यूजकारखाना, काठमाडौँ । पाकिस्तानी सेनाले अशान्त बलुचिस्तान प्रान्तमा बन्धक बनाइएका रेल यात्रुहरूलाई उद्धार गरेको दाबी गरेको छ । सेनाले बलुच विद्रोहीहरूले २१ यात्रु र चार सैनिकको हत्या गरेको बताएको छ । यसअघि सुरक्षा बलले १९० यात्रुलाई उद्धार गरिएको बताएको थियो । रेल अपहरण गर्ने संगठन बलुचिस्तान लिबरेशन आर्मीले ५० बन्धकहरूलाई मारेको दाबी गरेको छ । […]
फ्लास न्यूज
भक्तपुरमा ट्रकको ठक्करबाट गयो मोटरसाइकल चालकको ज्यान
भक्तपुरको मध्यपुर थिमि-३ गठ्ठाघर चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । भक्तपुरबाट काठमाडौ तर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख १८८४ नम्बरको ट्रकले सोही दिशा तर्फ जाँदै गरेको बा ३१ प ४४४ नम्बरको मोटर साइकललाई बुधबार अपराह्न ठक्कर दिँदा दुर्घटना भएको हो । ज्यान गुमाउनेमा भक्तपुर नगरपालिका-६ बस्ने ३६ वर्षिय श्यामकृष्ण कायस्थ रहेका […]
बेनिघाट रोराङ गाउँपालिकालाई प्रदेश सरकारको ग्रामिण अल्ट्रासाउन्ड मेसिन
बागमती प्रदेश सरकारले धादिङको बेनिघाट रोराङ गाँउपालिकालाई ग्रामिण अल्ट्रासाउन्ड मेसिन उपलब्ध गराएको छ । प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठलाई बुधबार सो मेसिन हस्तान्तरण गरेका हुन् । स्वास्थ्य मन्त्री थापाले दुर्गम क्षेत्रमा स्वास्थ्य सुविधा पुर्याउन यसले मद्दत गर्ने बिश्वास व्यक्त गरे । ग्रामीण क्षेत्रका गर्भवती महिलाको भ्रुण जाँचमा मेसिन प्रयोग […]
चितवनस्थित नमूना विद्यालय वीरेन्द्रआदर्श माविको विब्यसमा तेस्रोपटक पनि कँडेलकै नेतृत्व
चितवन । चितवनको राप्ती-७ वीरेन्द्रनगरस्थित वीरेन्द्र आदर्श माद्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुनः घनश्याम कँडेल चयन भएका छन् । कँडेल तेस्रो पटक पनि अध्यक्ष कायम रहन सफल भएका हुन् । वडाध्यक्ष सुमिता डल्लाकोटी र नगरपालिकाको शिक्षा शाखाकी अधिकृत रवीना देउजा लगायतको उपस्थितिमा बुधबार सम्पन्न भेलाले कँडेललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । अध्यक्ष कडेलसंगै सबै […]
भ्रष्ट नेताका कारण जनताले राजसंस्था माग गरेका संयोजक राणाको भनाइ
बर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन्। नेपाली जनताले राजसंस्था माग गरेको राणाको भनाइ छ। ‘भ्रष्ट नेताहरूको बिदाइ गर्न र देशमा अमनचैन कायम गर्न राजसंस्था आवश्यक भएको छ, जनताको चाहना पनि यही देखिएको छ। धर्म, संस्कृति, परम्परा बचाउन सनातन हिन्दु अधिराज्य […]
आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा नेपाल : देउखुरी, धनगढी र उपत्यकामा बढी प्रदुषण
काठमाडौ । नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा परेको छ। स्विट्जरल्यान्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार लामो समयदेखि पानी नपर्दा नेपालको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको हो । प्रदुषित शहरको शीर्ष स्थानमा भारत रहेको छ । आज बिहान दाङको देउखुरी क्षेत्रको वायुको गुणस्तर सबैभन्दा खराब रहेको र त्यहाँको वायुको गुणस्तर १९२ […]
कर्तव्य ज्यान कसुरमा ३७ वर्षदेखि फरार दुई पक्राउ
काठमाडौं । कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन्। फागुन २५ गते गम्भीरलाई रुपन्देही मायादेवी गाउँपालिका-८ बसडिलवा र तेजबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख […]
राजतन्त्रमा गणतन्त्र माग्दा टाउकाको मोल तोकिए, अहिले राजावादी संसदमै हुनु उदारता हो
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८१ फागुन २७ गते मंगलबार प्रतिनिधिसभा बैठकमा गरेको सम्बोधनको पूर्णपाठ : सभामुख महोदय, सबभन्दा पहिले त म संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि जीवन वलिदान गर्ने हजारौं वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, हजारौं बेपत्ता योद्धा र घाइतेहरु अनि लाखौं लाख जनसमुदायप्रति […]
चीनका एक सय फोटो पत्रकार नेपालमा
काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ फोटोग्राफरको एक सय सदस्यीय टोली नेपाल आएको छ । चाइना नेपाल फ्रेन्डसिप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने “लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन” कार्यक्रमअन्तर्गत यो टोली नेपाल आएको हो । नेपाल भ्रमणमा आएका चिनियाँ […]
राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण अवरुद्ध
काठमाडौ । राष्ट्रिय परिचय पत्र ब्यवस्थापन प्रणालीको सर्भर अवरुद्ध हुँदा सेवा स्थगित भएको छ । मंगलबारबाट सर्भर मर्मतको कार्य भैरहेकोले सेवा अवरुद्ध भएको हो । राष्ट्रिय परिचय पत्रको विवरण संकलन र कार्ड बितरण कार्य हाललाई रोकिएको राष्ट्रिय परिचय पत्र एवं पञ्जिकरण बिभागका अधिकृत खुमराज आचार्यले जनाएका छन् । बिभागले एक सूचना जारी गर्दै सर्भर मर्मत […]