चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)को नेतृत्वको एक टोली काठमाडौँ आइपुगेकाे छ । चिनियाँ टोली तीन दिनसम्म नेपाल भ्रमणमा रहने नेपालस्थित चिनियाँ राजदूतावास स्रोतले जनाएको छ । जेनजी आन्दोलनपछि चीनबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । देशको बदलिँदो परिस्थिति, चुनावलगायतका विषय बुझ्न यो टोली नेपाल आएको बताइएको छ । झेङ नेपाल […]
फ्लास न्यूज
दिउँसो ३ बजे मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो । बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही र निर्वाचन तयारीबारे छलफल हुनुका साथै आवश्यक निर्णय हुने एक मन्त्रीले बताए ।
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेदरल्यान्ड्ससँग नेपाल २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल २ रनले पराजित भएको हो । १४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा रुबिना क्षेत्री र सीता राना मगर मिलेर १० रन […]
उम्मेदवारको नामावली आज प्रकाशन हुँदै
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली आज प्रकाशन हुँदै छ । निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा हिजो उजुरी दिने कार्यतालिका थियो । उक्त उजुरीउपर जाँचबुझ एवं आवश्यक निर्णय गरी बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली […]
कस्तो रहला आजको मौसम ? भोलि चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो लागेको छ। आज दिउसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो […]
प्रतिनिधिसभा निर्वाचन : देशभर १५७ जेनजी बने उम्मेदवार, कुन दलबाट कति ?
काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनमा जेन–जी पुस्ताको सहभागिता सिमित देखिएको छ । ठूला राजनीतिक दलहरू अझै पनि युवा नेतृत्वलाई अवसर दिन हिच्किचाएको देखिएको छ । निर्वाचन आयोगको विवरणअनुसार मंगलबार मनोनयन दर्ता गराएका कुल ३ हजार ४९० उम्मेदवारमध्ये १२ देखि २८ वर्ष उमेर समूहका १५७ जना जेन–जी उम्मेदवार छन् । उक्त संख्यामध्ये ७० जना विभिन्न राजनीतिक […]
चैत १९ गतेदेखि २९ गतेसम्म हुने भयो एसईई
काठमाडौं । कक्षा १० को परीक्षा (एसईई) चैत १९ देखि २९ सम्म हुने भएको छ । शैक्षिक क्यालेन्डरअनुसार पहिलो साता हुनुपर्ने भए पनि तर चुनावका कारण धकेलिएको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले १९ गतेदेखि गर्ने निर्णय भएको जानकारी दिए । परीक्षा नियन्त्रणको कार्यालयका अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृततर्फ अनिवार्य संस्कृत रचनाको परीक्षा हुनेछ […]
भ्रष्टाचार मुद्दामा संगिता मिश्रसँग विशेष अदालतले माग्यो ५ लाख धरौटी
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग भ्रष्टाचारको मुद्दामा विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ। बुधबार न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलालसले ५ लाख धरौटी माग गरेको सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। कात्तिक २ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले म्यामोग्राफी मेसिन खरिदमा ठूलो अनियमितता गरेको […]
फागुन २१ को निर्वाचन केन्द्रित केन्द्रीय सुरक्षा समिति बैठक, के-के भयो छलफल ?
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बुधबार गृह मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा फागुन २१ गते हुने निर्वाचनलाई लक्षित सुरक्षा रणनीतिबारे विस्तृत छलफल गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बैठकमा गृह तथा रक्षा मन्त्रालयका सचिवहरू, चार वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। गृह मन्त्रालयका एक उच्च अधिकृतका अनुसार बैठकमा […]
भक्तपुर-२ का दुई उम्मेदवार बिरुद्ध उजुरी दर्ता
भक्तपुर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार विरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजिव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक विरुद्ध उजुरी परेको हो । क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएका सूर्यविनायक- ९ महतगाउँका सविन महतले दुबै उम्मेदवार बिरुद्ध उजुरी दर्ता गराएका हुन् । रास्वपा उम्मेदवार […]











