सुदूरपश्चिममा कांग्रेसका खाती र एमालेकी भण्डारी विजयी

धनगढी । राष्ट्रिय सभाको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेकपा एमालेकी लिलाकुमारी भण्डारी विजयी भएका छन् । खातीले ३ हजार ९६९ मतभारत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी नेकपाका टिकाराम जैशीले १ हजार ८०५ मतभार प्राप्त गरे । यसैगरी भण्डारीले ३ हजार ९८४ मतभार प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी […]

रामकुमारी झाँक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमारी झाँक्री निर्वाचित भएकी छिन् । झाँक्रीले ६३०३ मतभार प्राप्त गरी विजयी भएकी हुन् । नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बनेकी झाँक्रीले उनका प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गरेकी थिईन् । राष्ट्रिय जनमोर्चाको तर्फबाट महिला समूहमा पद्मा पण्डित पनि चुुनावी मैदानमा होमिएकी थिइन् । […]

लुम्बिनीमा कांग्रेसबाट केसी र घिमिरे निर्वाचित

दाङ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीका चन्द्रबहादुर केसी निर्वाचित भएका छन् । केसी ५९७७ मतभार प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसबाट खुल्ला समूहतर्फ उम्मेदवार बनेका थिए । उनका प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका वृहस्पती अधिकारीले १८३२ मतभार प्राप्त गरेका थिए । यस्तै कांग्रेसबाटै बासुदेव घिमिरे पनि निर्वाचित भएका छन् । घिमिरे नेपाली काँग्रेसबाट अपाङ्ग […]

गण्डकीमा खुलाबाट कांग्रेसका तिमिल्सिना र महिलाबाट एमालेकी देवकोटा विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकीमा भएको निर्वाचनमा अन्य क्लष्टरबाट कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् । उनले ५ हजार ३३ मतभार पाए । त्यस्तै महिला क्लष्टरमा एमालेकी सम्झना देवकोटा विजयी भएकी छिन् । एमालेबाट उम्मेदवार बनेकी उनले ५ हजार १४ मतभार पाइन् । गण्डकीका २ सय २८ मतदतामध्ये २ सय २३ मत खसेको थियो […]

राष्ट्रिय सभामा कोशीबाट थापा, पोर्तेल र मेचे निर्वाचित

विराटनगर । राष्ट्रिय सभा सदस्यको ६ वर्षे कार्यकालका लागि कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, एमालेका सोम पोर्तेल र रोशनी मेचे निर्वाचित भएका छन् । कोशी प्रदेश अन्तर्गत ३ सिटका लागि भएको निर्वाचनमा थापा निर्विरोध बने भने पोर्तेल र मेचेलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का खेम सुन्दास र नमिता न्यौपानेले चुनौती दिएका थिए । तर, कांग्रेस, […]

उम्मेदवारी खारेजीविरुद्ध रेशम चौधरीको रिटमा सर्वोच्चले दियो कारण देखाऊ आदेश

काठमाडौं । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । निर्वाचन अधिकृतले गैरकानुनी रुपमा आफ्नो उम्मेदवारी रद्द गरेको भन्दै चौधरीले निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतको निर्णय बदर हुनुपर्ने माग गरेका थिए । […]

प्रलोपासंग तालमेलपछि रुकुम पश्चिम र पूर्वमा एमालेले जनार्दन र पुनलाई मत दिने

काठमाडौँ । नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बिच तालमेलको सहमति भएको छ । आइतबार दुई पार्टीबिच तालमेलको सहमति हुँदा एमालेले रुकुम पश्चिममा जनार्दन शर्मा र रुकुम पूर्वमा नेकपाका उम्मेदवार प्रचण्डविरुद्ध उठेका प्रलोपाका सन्दीप पुनलाई सघाउने भएको छ । तीन बुँदे सहमति पत्रको पहिलो बुँदामा भनिएको छ, ‘प्रगतिशील लोकतान्त्रिक पार्टी, पश्चिम रुकुमका उम्मेदवार जनार्दन […]

राष्ट्रिय सभा निर्वाचन : मतदान सकिएसंगै गणना सुरु

काठमाडौँ । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी र गण्डकी प्रदेशमा मत गणना सुरु भएको छ । निर्वाचन अन्तर्गत आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समयावधि तोकिएको थियो । मतदान गर्ने समयावधि सकिएसँगै मत गणना कार्य सुरु गरिएको हो । कोशीमा स्थानीय तहका २५८ र प्रदेश सभाका ८७ जनाले मतदान गरेका छन् । कोशीमा स्थानीय […]

साँझ ५ बजेभित्र राष्ट्रिय सभाको एकमुष्ट नतिजा आउँछ : रामप्रसाद भण्डारी

काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेभित्र राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताएका छन् । रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । त्यसमध्ये कोशी प्रदेशको १ पद निर्विरोध भैसकेको छ । ‘राष्ट्रिय सभा सभा सदस्य निर्वाचनको मतदान ३ […]

राष्ट्रिय सभामा नेकपा दलको नेता बेदुराम र प्रमुख सचेतकमा गरिमा नियुक्त

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी राष्ट्रिय सभा संसदीय दलको नेतामा बेदुराम भुसाल नियुक्त भएका छन् । आज आइतबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले भुसाललाई दलको नेता नियुक्त गरेको हो । त्यसैगरी, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ। दलको नेता नारायणकाजी श्रेष्ठ राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनेपछि भुसाललाई नियुक्त गरिएको […]