आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका रास्वपा सांसद पोखरेलले मागे माफी

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेल जंगिएका थिए । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो । त्यसक्रममा उनले प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पनि […]

प्रधानमन्त्री र मन्त्रीलाई समान कूटनीतिक आचारसंहिता लागू गराउँदैछौं : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताए । […]

नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नियमावलीलाई सुपर–कानुन बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ: संसद् कानुन बनाउने संस्था हो कि कानुनभन्दा माथि रहेको संस्था हो ?’ उनी थप लेख्छन्– ‘प्रस्तावित नियमावलीमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए […]

स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकलाई थर्काउने रास्वपा सांसद विश्वराजको चौतर्फी विरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयको प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेलले दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । […]

अमेरिका र इरान शान्ति वार्ताका लागि ट्रम्पका विशेष दूत विटकोफसहितको टोली पाकिस्तान पुग्दै

काठमाडौँ । अमेरिका र इरानबीचको द्वन्द्व समानधानका लागि पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा फेरि शान्ति वार्ताको तयारी गरिएको छ । वार्ताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र ट्रम्पका ज्वाइँ तथा सल्लाहकार जेरेड कुश्नर शनिबार बिहान पाकिस्तान प्रस्थान गरेको ह्वाइट हाउसले जनाएको छ । इरानी विदेशमन्त्री अब्बास अराघचीसहितको टोली भने शुक्रबार नै इस्लामावाद पुगिसकेका […]

बालेनलाई हर्कको आग्रह– जनतालाई धेरै दुःख नदिनु

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बोलेन शाहलाई सुझाव दिँदै जनतालाई धेरै दुःख नदिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्– ‘बालेन जी… तपाईँलाई मेरो सुझाव– जनतालाई धेरै दुःख नदिनु ! जग्गा जमिन तेरो न मेरो कसैको हुँदैन १ सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय […]

तत्कालका लागि सुकुम्बासीलाई यी ५ स्थानमा राखिँदै, होल्डिङ सेन्टरहरू तयार

काठमाडौं।  काठमाडौंको नदी किनारामा बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीलाई सरकारले होल्डिङ सेन्टरहरू तयार पारेको छ। पहिलो चरणमा काठमाडौंको थापाथली, गैरीगाउँ र मनोहरा क्षेत्रको सुकुम्बासी बस्ती हटाउन लागेको हो। जसको सुरुवात शनिबार थापाथली क्षेत्रबाट भइसकेको छ । यसरी बस्ती हटाएर त्यहाँका सुकुम्बासीहरूलाई सरकारले राख्नका लागि केही स्थान छनौट गरेको प्रधानमन्त्री बालेन शाहकी प्रेस सल्लाहकार एवं अनुसन्धान […]

थापाथली सुकुमबासी बस्तीमा चल्यो डोजर : छैन कुनै अवरोध, सामान सार्न सघाउँदै प्रहरी

काठमाडौँ । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्तीमा डोजर चलेको छ । सार्वजनिक जग्गा र नदी कोरिडोर अतिक्रमण गरेर बनाइएका अनधिकृत संरचनाहरू खाली गराउने सरकारी अभियानअन्तर्गत शनिबार बस्तीमा डोजर प्रवेश गरेको हो। बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् । यसपटकको दृश्य विगतका भन्दा निकै फरक […]

पश्चिमी वायुको प्रभावले यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने अन्य हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदलीको अवस्था छ। तराई भेगमा भने मौसम मुख्यतया […]

सुकुमबासी मोर्चाका महासचिवसहित ३ जना पक्राउ, बस्ती आजदेखि खाली गरिँदै

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयको पूर्व सूचना अनुसार नदी किनारका सार्वजनिक तथा सरकारी जग्गामा रहेका अनधिकृत सुकुमबासी बस्तीहरू हटाउने कार्य आज (शनिबार) बिहानैदेखि सुरु हुने भएको छ । नदीको प्राकृतिक बहावमा नकारात्मक असर परेको र सहरी पूर्वाधार निर्माणमा अवरोध पुगेको भन्दै प्रशासनले वैशाख ११ गते (शुक्रार) साँझ ७ बजेसम्म ती संरचना खाली गर्न अन्तिम समय […]