अन्तिम ओभर सम्हाल्न नसक्दा नेपाल इंग्ल्यान्डसंग ४ रनले पराजित

मुम्बई । आइसीसी टि-२० विश्वकपको पहिलो खेलमा नेपालले शान्दार प्रदर्शन गरेपनि अन्तिम ओभर सम्हाल्न नसक्दा ४ रनको झिनो अन्तरले पराजित भएको छ ।नेपाल विश्वबिजेता इंग्ल्यान्डसंग झिनो रनले पराजित भएको हो ।  आइतबार मुम्बईको वनखडे रंगशालामा इङल्यान्डले दिएको १ सय ८५ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८० रनमै […]

रेशमको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश, उम्मेदवार हुन नपाउने

काठमाडौँ । रेशम चौधरीको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । कैलाली–१ का निर्वाचन अधिकृतको निर्णयविरुद्ध उनी सर्वोच्च अदालत पुगेका थिए । सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो […]

पशुपति आर्यघाटमा अभिनेता सुनिल थापाको अन्त्येष्टि, मन्त्री सिन्हाले ओढाए राष्ट्रिय झण्डा

काठमाडौँ । दिवंगत वरिष्ठ अभिनेता सुनिल थापाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। थापाकाे पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रदान गरे । थापालाई मन्त्रीसहित नेपाल प्रहरी प्रमुखसहित वरिष्ठ कलाकारहरु नीर शाह, शम्भुजीत बासकोटा लगायत आफन्त, शुभेच्छुक आर्यघाट पुगेर अन्तिम श्रद्धाञ्जली दिएका थिए । उनलाई छोरा अनमोलले दागबत्ति दिएका थिए। […]

कमल थापाको दावी : भोट माग्न जाँदा अधिकांशले अब राजा नभई हुँदैन भन्छन्

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा काठमाडौं ५ का उम्मेदवार कमल थापाले चुनावी अभियानमा घरदैलोमा जाँदा मतदाताले अब राजा नभई नहुने कुरा गरेको बताएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘जहाँ हामी भोट माग्न गएका छौं, अधिकांशले हामी हिन्दु राष्ट्र चाहन्छौँ भन्छन्। अधिकांंशले अब राजा नभई हुँदैन भन्छन्। केवल बुढापाकाले मात्रै होइन, […]

संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश

काठमाडौँ । स्वास्थ्य सेवा विभागको तत्कालीन महानिर्देशक डा‍. संगिता कौशल मिश्रासहितको भ्रष्टाचार मुद्दामा प्रमाण बुझ्ने आदेश भएको छ । विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै प्रमाण बुझ्ने आदेश भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८२ कात्तिक २ गते स्वास्थ्य सेवा […]

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा नेपालले जितका लागि १८५ रनको लक्ष्य पाएको छ । वानखडे क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रन बनाएको हो । इङ्ल्यान्डका लागि जेकब वेथेल र कप्तान हेरी बेकरले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका जेकबले ४ चौका र […]

धादिङमा दुईवटा बस ठोक्किएर यात्रुहरु घाइते, चिया पसलमा क्षति

काठमाडौं । मुग्लिङ–काठमाडौं सडकखण्डअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ दसकिलोमा दुईवटा बस ठोक्किएका छन् । दाङबाट काठमाडौं आइरहेको प्रदेश नम्बर ३–०१–००६ ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवागढीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६–ख १५५२ नम्बरको बस र काठमाडौंबाट रसुवातर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ५२०६ नम्बरको रिजर्भ बस आज बिहान करिब साढे ७ बजे ठोक्किएका थिए । दुर्घटनापछि […]

स्वास्थ्य बीमालाई ‘राष्ट्रिय गौरवको आयोजना’ बनाउने गगन थापाको घोषणा, यस्तो छ ५ वर्षे खाका

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाउने घोषणा गरेका छन् । ‘स्वास्थ्य परोपकार होइन, सुरक्षा हो’ भन्ने मान्यताका साथ अबको सरकारले स्वास्थ्य बीमालाई उच्च प्राथमिकतामा राख्ने उनले बताएका हुन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै थापाले उपचारका लागि नागरिकले घरखेत बेच्नुपर्ने अवस्थाको अन्त्य गर्न कांग्रेसले […]

विजयी भवः भन्दै नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । मुम्बईको प्रतिष्ठित वानखेडे स्टेडियम आज नेपाली क्रिकेटको गौरवशाली इतिहासको साक्षी बन्दैछ। आईसीसी टी–२० विश्वकपको समूह चरणअन्तर्गत आज नेपालले शक्तिशाली टोली इंग्ल्याण्डको सामना गर्दैछ। तेस्रोपटक विश्वकप खेलिरहेको नेपालका लागि यो खेल केवल एउटा प्रतिस्पर्धा मात्र नभई विश्व क्रिकेटमा आफ्नो दरिलो उपस्थिति प्रमाणित गर्ने ऐतिहासिक अवसर पनि हो। यो महत्त्वपूर्ण घडीमा प्रधानमन्त्री सुशीला कार्कीले नेपाली […]

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कस्तो रहला देशभरको मौसम ?

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा […]