काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानलाई ‘विनाश’ गरिरहेको युद्ध धेरैले आशङ्का गरेभन्दा पहिले नै समाप्त हुने बताएका छन् । नेतन्याहुको भनाइपछि कच्चा तेलको मूल्य शुक्रबार घटेको छ । व्यापारीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीलाई पनि स्वागत गरेका छन् । बुधबार खाडी राष्ट्र कतारको एक प्रमुख ग्यास फिल्डमा भएको आक्रमणले खाडीमा इन्धन प्रशोधन केन्द्रहरू विरुद्ध […]
फ्लास न्यूज
अमेरिकी डलरको मूल्य घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलरको भाउ
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १४७ रूपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रूपैयाँ ५२ पैसा थियो। युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ […]
पश्चिमी र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । देशका बाँकी भूभागमा साधरणतया बादल लागेको छ । आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, […]
काठमाडौंसहित देशभर हावाहुरीसहितको वर्षाले अस्तव्यस्त, कहिलेसम्म रहन्छ यस्तो अवस्था ?
काठमाडौं । हावाहुरीसहितको वर्षाले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । शुक्रबार देशको पश्चिमी क्षेत्रबाट सक्रिय भएको मनसुन सक्रिय भएको हो । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार शक्तिशाली पश्चिमी वायुको प्रभावका कारण दिउँसै कतिपय ठाउँमा अन्धकार भएको थियो । दाङ, रुपन्देही, काठमाडौं उपत्यका सहितका जिल्लामा दिउँसै अन्धकार भएकाले सवारी चालकहरु बत्ती बालेर हिंड्नुपरेको थियो । […]
गगनको राजीनामा अस्वीकृत गर्न विश्वले राखे यस्ता ७ तर्क
काठमाडौं । कांग्रेस सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्न उपसभापति विश्वप्रकाश शर्माले ७ वटा तर्क अघि सारेका छन् । पार्टी केन्द्रीय कार्य समितको बैठकमा उनले पेश गरेको दस्तावेजमा गगनले दिएको राजीनामा अस्वीकृति गर्ने सम्बन्धित छुट्टै शीर्षकमा आफ्ना तर्क अघि सारेका छन् । उनले भनेका छन्- पचास दिनको छोटो अवधिमा कसैले पनि दिग्विजयको परिणाम खोज्नु युक्तिसंगत […]
होर्मुजबाट एक नेपाली इरानको कब्जामा, को हुन् उनी ?
काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको बताइएको छ । परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् […]
यूएईमा सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा ७ नेपाली पक्राउ
काठमाडौं । सामाजिक सञ्जाल मार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन् । इजरायल–अमेरिका र इरानबीच जारी युद्धपछि इरानले यूएईमा मिसाइल तथा ड्रोन आक्रमण गर्दै आएको छ । आक्रमणपछि खसेका ड्रोन तथा मिसाइलका फोटो, भिडियो खिच्ने, सामाजिक सञ्जालमा हालेको आरोपमा यूएई प्रहरीले हालसम्म ७ जना नेपालीलाई पक्राउ गरेको […]
खमेनीको मृत्युमा समवेदना प्रकट गरेपछि खुल्यो भारतलाई हर्मुजबाट ग्यास ल्याउने बाटो
काठमाडौँ । इरानका सर्वोच्च नेता आयातोल्लाह खलि खमेनीको मृत्युप्रति समवेदना प्रकट गरेपछि भारतलाई स्ट्रेट अफ हर्मुजबाट ग्यास ल्याउने बाटो खुलेको छ। अमेरिका र इसराइलको आक्रमणबाट इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खमेनी मारिएपछि भारतले पाँच दिनसम्म केही प्रतिक्रिया दिएको थिएन। संयुक्त आक्रमणको सुरूआतमै फेब्रुअरी २८ मा सर्वोच्च नेता खमेनीसहित कैयौं वरिष्ठ सैन्य र राजनीतिक अधिकारीहरू मारिए। […]
कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति गगन थापा गएनन्, लिखित रूपमा दुई वटा प्रस्ताव पेश
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा गत फागुन २१ गते भएको प्रतिनिधिसभा बैठकमा पार्टीले अप्रत्याशित हार व्यहोरेको भन्दै सभापति पदबाट राजीनामा दिएका सभापति गगन थापा उपस्थित छैनन् । बैठकको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गरिरहेका छन् । तर, बैठकमा सभापति थापाको कुर्सी खाली राखिएको छ । […]
साउदी अरबले भन्योः अवरोध कायमै रहे तेलको मूल्य १८० डलर नाघ्न सक्छ
काठमाडौं । ‘होर्मुज स्ट्रेट’ मा अप्रिलको अन्त्यसम्म अवरोध कायमै रहेमा तेलको मूल्य प्रति ब्यारेल १८० डलरसम्म पुग्न सक्ने साउदी अरबका अधिकारीहरूले आकलन गरेका छन् । द वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका धेरै स्रोतहरूलाई उद्धृत गर्दै प्रकाशित सामग्रीमा साउदी अरबका अधिकारीहरूले यस्तो विश्वास व्यक्त गरेको हो । फेब्रुअरी २८ मा इरान युद्ध सुरु भएयता तेलको मूल्यमा […]










