भक्तपुरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको ज्यान गएको छ । ज्यान गुमाउने महिला भक्तपुर-६ भोलाछें घर भई सूर्यविनायक-५ कटुन्जे बस्ने ६९ वर्षीया बिमला प्रधानाङ्ग हुन् । पैदल हिडिरहेकी बिमलालाई मंगलवार अपराह्न कटुन्जेचोक सल्लाघारीमा मोटरसाइकलले ठक्कर दिएको थियो । सूर्यविनायकबाट सल्लाघारी तर्फ जाँदै गरेको बागमती प्र.०२-०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी […]
फ्लास न्यूज
भक्तपुरमा सरकारलाई गिज्याइरहेको योजना सुचारु गर्न सांसद थापाको आग्रह
भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले अलपत्र परेको राष्ट्रिय प्राणी उद्यान निर्माण कार्य सुचारु गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई भेटी उनले निर्माण कार्य सुचारु गर्न आग्रह गरेका हुन् । सांसद थापाले शिलान्यास भएको लामो समयसम्म पनि निर्माण कार्यले गति लिन नसकेको प्रति मन्त्रीलाई ध्यानाकर्षण गराएका […]
उडान समय छोटिएपछि बुद्ध एयरको उडान निर्देशिका
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिका कारण उडान समय छोटिएपछि निजी क्षेत्रको हवाई सेवा कम्पनी बुद्ध एयरले उडान निर्देशिका जारी गरेको छ । यही कात्तिक २३ गते शुक्रबारदेखि करिब पाँच महिना अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काम हँुदैछ । सोही कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म ‘नोटिक टु एयर म्यान’ (नोटाम) जारी भएको छ । स्तरोन्नतिपछि विमानको आवतजावत […]
ज्यान मार्ने उद्योगमा दीपक मनाङे दोषी ठहर
गण्डकीमा पटक पटक मन्त्री भएका प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसलालाई सदर गरेको हो । उच्च अदालत पाटनले ज्यान मार्ने उद्योगमा मनाङेलाई पाँच वर्ष कैदको फैसला सुनाएको थियो […]
बक्यौता उठाउने विषयमा कुलमानलाई बिपक्षी बनाई हालिएको रिट सर्वोच्चद्वारा खारेज
डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता उठाउने नेपाल विद्युत् प्राधिकरणको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । नेपाल विद्युत् प्राधिकरण र कुलमान घिसिङलाई विपक्षी बनाइ हिमाल आइरन एण्ड स्टिल प्रालिले दायर गरेको रिट मंगलबार सर्वोच्च अदालतले खारेज गरेको हो । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले उक्त रिट खारेज हुने […]
चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक, उत्कृष्ट पाँच पुरस्कृत
“चक्रपाणि” कथा प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । चक्रपाणि स्मारक प्रतिष्ठानले मंगलवार प्रतियोगिताको नतिजा सार्वजनिक एवं पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको हो । कथा प्रतियोगितामा जाजरकोटका युवा कथाकार शिवराज शाहीको कथा ”सन्तानको फोटो”ले प्रथम पुरस्कार जितेको छ । उनले प्रमाणपत्र संगै रु ३० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । लौहकिल्थली भक्तपुरका मनीषकुमार शर्मा ‘समित’ […]
सखी प्रतिष्ठानले देवकोटा साहित्य सम्मान गर्ने
२०८१ कात्तिक १५ गते लक्षमीपूजा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्म जयन्तीको अवसरमा सखी प्रतिष्ठानले साहित्य एवं समासेवामा समर्पित विभिन्न स्रष्टाहरूलाई देवकोटा साहित्य सम्मान एवं पुरस्कार- २०८१ अर्पण गर्ने घोषणा गरेको छ। सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला शर्माका मन्जिला अनिलकाअनुसार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म तिथिअनुसार लक्ष्मीपूजाको दिन भएतापनि गतेअनुसार कात्तिक २७ गतेका दिनलाई अवसर […]
भारतलाई पराजित गर्दै नेपाल फाइनलमा प्रवेश
महिला फुटबलको साफ च्याम्पियनशिपमा नेपाल फ़ाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा नेपालले भारतलाई टाइब्रेकर(पेनाल्टी सुट)मा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । निर्धारित समयमा १–१ गोलले बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेपालले ४–२ को अग्रता हासिल गर्दै बिजयी बनेको छ । खेलको दोश्रो हाफको ७१ औं मिनेटमा भारतीय टोलीले […]
नेपाल र भारतबीचको सेमिफाइनल सुचारु, नेपालले फर्कायो गोल
दक्षिण एशियाली देशका समूह सम्मिलित साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र भारतबीचको सेमिफाइनल खेल पुनः शुरु भएको छ । १० खेलाडीमा सीमित नेपालले भारतलाई फेरिपनि गोल गरेको छ । सावित्रा भण्डारी साम्बाले उक्त गोल गरेकी हुन्। खेलको दोश्रो हाफको ७१ औं मिनेटमा भारतीय टोलीले गोल गरेको थियो । सो खुशी मनाउन नपाउँदै रेफ्रीले खेल शुरु […]
भरतपुरका विद्यालयहरुले महानगरपालिकासँग गरे नतिजा सुधार्ने लिखित प्रतिवद्धता
चितवन । भरतपुर महानगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुले आगामी वर्ष कक्षा ८ र एसईईको नतिजा सुधार्ने प्रतिवद्धता जनाएका छन् । विद्यालयहरुले महानगरपालिकासँग आगामी वर्ष नतिजा सुधार्ने लिखित प्रतिवद्धता जनाएका हुन् । पछिल्लो समय सार्वजनिक शिक्षा सुधारका लागि कम्मर कसेर लागेको भरतपुर महानगरले नगरभित्रका सबै सामुदायिक विद्यालयहरुसँग एसईईको नतिजा सुधार गर्ने प्रतिबद्धता लिएको हो । सबै विद्यालयहरुसँग […]











