भक्तपुर । नेकपा(माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिस्ट लिग, नेपाल(वाइसीएल, नेपाल) का इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले अब वाइसीएल पार्टी कार्यक्रमको गेटपाले नबन्ने बताएका छन् । शनिबार वाइसीएलको भक्तपुर जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै इन्चार्ज दीपशिखाले वाइसीएलले हरेक ठाँउमा जिम्मेवारी पाउनुपर्ने प्रष्ट पारे । “अब वाइसीएल गेटपाले होइन, संंसद भित्र सांसद भएर पस्ने ल्याकत राख्छ ।” […]
फ्लास न्यूज
ऋषिहरूको तपोभूमि ‘ऋषेश्वर क्षेत्र’ विकास समिति’ अध्यक्षमा लामा
मकवानपुर । थाहा नगरपालिका क्षेत्रभित्रको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गठित ऋषेश्वर क्षेत्र विकास समितिको अध्यक्षमा बिनोद लामालाई नियुक्त गरिएको छ। थाहा नगरपालिका क्षेत्रको ऐतिहासिक, धार्मिक सम्पदा एवं सांस्कृतिक क्षेत्र व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८१ को परिच्छेद ३, दफा २ (क) अनुसार नगर प्रमुखले समितिको अध्यक्ष तोक्न सक्ने व्यवस्था रहेको छ। यही प्रावधानअनुसार […]
भक्तपुरको लिटल वर्ल्डमा मतदानमार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित
भक्तपुर । भक्तपुरको भक्तपुर-१ दुधपाटीस्थित लिटल वर्ल्ड इङ्लिस् स्कूलले मतदानमार्फत विद्यार्थी प्रतिनिधि निर्वाचित गरेको छ । विद्यार्थीलाई निर्वाचन प्रक्रियाबारे जानकारी दिनुकासाथै प्रतिनिधि छनौटको अभ्यासमा समेत सामेल गराउँदै शुक्रवार निर्वाचन सम्पन्न भएको हो । मतदानमा विद्यालयका कक्षा ४ देखि १० सम्म अध्ययनरत २ सय ६८ मतदाता रहेका थिए । शुक्रवार विद्यालय प्रांगणमा सम्पन्न मतदानमा ९० प्रतिसत […]
अघोषित लोडसेडिङले सिंहदरबारसमेत अन्धकार, मोबाइलको उज्यालोमा शिक्षा उपसमितिको बैठक
काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार अघोषित लोडसेडिङका कारण अँध्यारोमा डुबेको छ। विद्युत आपूर्तिमा लगातार अवरोध हुँदा आज संसदीय शिक्षा उपसमितिको बैठक मोबाइलको उज्यालोमा चलाउनुपरेको पूर्व सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सामाजिक सञ्जमा तस्बिर पोस्ट्याउदै सार्वजनिक गरेकी छन् । बैठकमा सहभागी सांसदहरू र अधिकारीहरूले अँध्यारो कोठामा बसेर राष्ट्रिय शिक्षाका विषयमा छलफल […]
भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टले आईपिओ जारी गर्ने
भक्तपुर । भक्तपुरको सूर्यविनायक-८ स्थित डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस प्रालिले आफ्नो स्वामित्वलाई पब्लिक गर्ने तयारी गरेको छ । रिसोर्टलाई प्रालिबाट पब्लिक कम्पनी बनाउन र आईपिओ जारी गर्न तयारी गरिएको हो । त्यसका लागि रिसोर्ट र सिटिजन्स क्यापिटल बीच संस्थागत परामर्श सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म […]
हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
काठमाडौं, २ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो भन्ने यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरिएको बताएका छन् । नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उद्घाटनसत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यही गहिरो अन्तरनिर्भर यथार्थभित्र—इमानदार संवाद र आपसी ज्ञान साटासाट गर्न तथा […]
आज देखि कुलेखानी-कलंकी-हुमाने सडक पूर्णरूपमा बन्द
काठमाडौं, २ जेठ । आज देखि कुलेखानी-कलंकी-हुमाने सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ। सो खण्डमा कालोपत्रे हुने भए पछि आज देखी बैशाख २० गतेसम्म पुर्ण रूपमा बन्द गर्न लागिएको हो । नेपाल प्रहरीका अनुसार १९ दिनसम्म साे सडक खण्ड पुर्ण रूपमा बन्द हुने भएकाले अब हेटौंडा-काठमाडौं, काठमाडौं-हेटौंडा यात्रा गर्नु पर्ने सवारी […]
न्यूनतम पारिश्रमिक पुनरावलोकनको माग
काठमाडौँ, जेठ १ । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनले श्रमिकहरूको न्यूनतम पारिश्रमिक आर्थिक वर्ष ०८२/८३ को बजेटमै समेट्न माग गरेको छ। काठमाडौँको रिपोर्टर्स क्लबमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा यूनियनले सरकारलाई श्रमिकका हक र हितप्रति संवेदनशील हुन आग्रह गर्यो। अध्यक्ष प्रेम बहादुर कार्कीले जारी विज्ञप्तिमा न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया कानुनअनुसार समयमा नहुँदा श्रमिकहरू मर्कामा परेको जनाउँदै, […]
राजधानीमै नक्कली प्रमाण पत्र तथा छाप बनाउने समूह पक्राउ
काठमाडौं, १ जेठ । काठमाडौंमा नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह चलाएको आरोपमा प्रहरीले एक समूहलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको बताएको हो । बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा […]
मेरिटोक्रेसी मान्छु, मेरो गभर्नर नियुक्त गर्दिन : प्रधानमन्त्री ओली
काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा योग्यताक्रमको आधारमा क्षमतावान व्यक्ति नियुक्त गरिने स्पष्ट पारेका छन्। पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले व्यक्तिगत निकटता होइन, मेरिटोक्रेसीलाई प्राथमिकता दिने बताएका हुन्। उनले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। […]











