काठमाडौँ । नेकपा एमालेले यसअघि विधानमा रहेको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र २ नेतृत्वमा कार्यकाल भन्ने विधानमा रहेको व्यवस्था संशोधन सम्बन्धी प्रस्ताव पारित गरेको हो । बैठकमा उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित […]
फ्लास न्यूज
नेपालमा विद्युतको बजार अपार, १७ लाख हेक्टर जमिन सिँचाइ ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई मात्रै ५०० भन्दा बढी इलेक्ट्रिकल इन्जिनियर आवश्यक पर्ने बताएका छन्। निजी हाइड्रोपावर र अन्य कम्पनीहरूका लागि यो संख्या हजारभन्दा बढी पुग्ने उनको भनाइ छ। काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा आयोजित ‘एकीकृत जलस्रोत व्यवस्थापनमार्फत आर्थिक रूपान्तरण’ विषयक प्रवचन कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै घिसिङले भने, “विद्युत […]
ओली निरङ्कुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिको नेता : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरङ्कुश, स्वेच्छाचारी र प्रतिशोधी प्रवृत्तिका नेता भएको आरोप लगाएका छन्। शनिबार राजधानीमा आयोजित गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले ओलीले विपक्षी दलहरूका नेतामाथि निरन्तर प्रतिशोधको राजनीति गरिरहेको बताए। उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबाट […]
३ दिन बाढीको उच्च जोखिम, जलविद्युतमा पूर्वतयारीका लागि इप्पानको आग्रह
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले सम्पूर्ण जलविद्युत आयोजनाहरूलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागबाट यही श्रावण ३, ४ र ५ गते देशभर अत्यधिक वर्षा भई नदीहरूमा पानीको सतहले सतकर्ता बिन्दु पार गर्न सक्ने पूर्वानुमान गरेर जलविद्युत आयोजनामा पूर्वतयारीका लागि पूर्वसूचना दिएपछि इप्पानले प्रेस […]
ब्राजिलका पूर्वराष्ट्रपतिको शरीरमा निगरानी उपकरण जडान गर्न अदालतको आदेश
काठमाडौं । ब्राजिलको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति जेयर बोल्सोनारोलाई ‘इलेक्ट्रोनिक निगरानी उपकरण’ लगाउन त्यहाँको सर्वोच्च अदालतको आदेश दिएको छ । इलेक्ट्रोनिक निगरानी उपकरण व्यक्तिको खुट्टाको गोलीगाँठोमा बाँधिन्छ । यो यस्तो उपकरण हो जसले त्यो व्यक्ति कहाँ छ, कुनै निश्चित क्षेत्रभन्दा बाहिर गएको छ/छैन ट्रयाक गर्छ । यो आदेश प्रहरीले ब्रासिलियामा बोल्सोनारोको घर र उनको पार्टीको मुख्यालयमा छापा […]
औद्योगिक ग्रामको उल्टो गति : १२० निर्माणको घोषणा, ४ मात्र सम्पन्न
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकभर १ सय २० वटा औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ । तर अहिलेसम्म कुल ४ वटा मात्रै औद्योगिक ग्राम निर्माण भएको छ । मन्त्रालयका प्रवक्ता, सहसचिव जितेन्द्र बस्नेतका अनुसार हालसम्म जम्मा चार वटा औद्योगिक ग्राम निर्माण भएका छन् । अछामको मेल्लेख गाउँपालिका, तनहुँको आँबुखैरेनी, गुल्मीको मदाने र स्याङ्जाको अर्जुनचौपारी […]
समाचार झुटो भएको भन्दै वाल स्ट्रिट प्रमुखविरुद्ध ट्रम्पले दायर गरे मुद्दा
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन्। सन् २०१९ मा नै आत्महत्या गरेका एप्सटनको जन्मोत्सवमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुभकामना दिएको भन्ने वाल स्ट्रिट जनरलमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै मुद्दा दायर गरेका हुन्। ट्रम्पले वाल स्ट्रिटका प्रमुख रुपर्ट मर्डकविरुद्धमा मुद्दा दायर गरेका हुन्। ट्रम्पले मुद्दा […]
एमाले पोलिटब्युरो बैठकमा आज पनि प्रतिवेदनमाथि छलफल हुने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्ने भएको छ । हिजोबाट जारी बैठक पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजेबाट सुरु हुनेछ । हिजोको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा राखेका थिए । विधान संशोधन प्रस्तावमाथि लालबाबु पण्डित, डा राजन भट्टराई, काशीनाथ अधिकारी, किरण […]
देशभर मनसुनी वायुको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। शनिबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। […]
सन्तान मोह नै नेताका ठुलो कमजोरी : बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ले सन्तान मोह नै नेताहरूको सबैभन्दा ठुलो कमजोरी भएको भनेका छन् । शुक्रबार आफ्नो पुस्तक ‘जेलका चिट्ठीहरु’को अङ्ग्रेजी संस्करण सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेंले नेताका छोराछोरीलाई अरुले आफ्नो स्वार्थ अनुरुप प्रयोग गर्नसक्ने भएकोले सचेत रहनुपर्ने आवश्यकता औल्याए । “विश्वमा ठुला मानिएका नेताहरूलाई बदनाम […]











