काठमाडौं । जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासमा तोडफोड र लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बैतडीको मेलौली नगरपालिका–७ का १८ वर्षीय विशाल सिंह कार्की, सुर्नया गाउँपालिका–८ का १९ वर्षीय दीपक बोहरा, र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहरा रहेका छन्। प्रहरीका अनुसार उनीहरूले आन्दोलनका क्रममा शीतल […]
फ्लास न्यूज
भारत–अमेरिकाबीच रक्षा साझेदारी सम्झौतामा हस्ताक्षर
काठमाडौ । भारतका रक्षामन्त्री राजनाथ सिंह र अमेरिकी युद्धमन्त्री पिट हेगसेथले शुक्रबार मलेसियाको राजधानी क्वालालम्पुरमा ऐतिहासिक १० वर्षे ‘भारत–अमेरिका प्रमुख रक्षा साझेदारी ढाँचा’ मा हस्ताक्षर गरेको छ । २ देशबीच बढ्दो रणनीतिक सहकार्यलाई बलियो बनाउने उद्देश्यले गरिएको यो सम्झौताले भारत–अमेरिका रक्षा सम्बन्धलाई नयाँ युगतर्फ अग्रसर गराउने बताइएको छ । सम्झौतापछि अमेरिकी युद्धमन्त्री हेगसेथले आफ्नो सामाजिक […]
हिडन भ्यालीमा हराइरहेका पर्यटकसहित १५ जनाको उद्धार
मुस्ताङ । मुस्ताङ जिल्लाको हिडन भ्याली ईलाकाको हिमपातमा फसेका तीन विदेशी सहित १५ जना पर्यटकहरुलाई उद्धार गरिएको छ । नेपाली सेनाको उच्च शिखर शिक्षालयबाट खटिएको उद्धार टोलीले तीन दिनको अथक प्रयासपछि उनीहरूलाई फेला पारी उद्धार गर्न सफल भएको नेपाली सेनाले जनाएको हो । करिब ४९०० मिटरको बतासेडाँडा ईलाकामा उनीहरू फेला परेका र साधारण स्वास्थ्य परिक्षण […]
काठमाडौमा अतिक्रमित टहरा हटाउन सातदिने अल्टिमेटम
काठमाडौं । काठमाडौं महानगर भित्र अतिक्रमित जग्गा हटाउन ७ दिनको अल्टिमेटम दिइएको छ । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले ७ दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन अल्टिमेटम दिएका हुन् । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद ७ र दफा ४५ विपरीत भवन जन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको […]
मजदुर नेता गौतमको बोल्दाबोल्दै निधन, कारण यस्तो
रुपन्देही । रुपन्देहीमा उद्योगहरूमा गरिएको विद्युत् कटौतीविरुद्ध आयोजित विरोधसभामा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का उपाध्यक्ष कमल गौतमको निधन भएको छ। ६४ वर्षीय गौतमले बुटवलमा आयोजित कार्यक्रममा सरकारको निर्णयले २५ हजार मजदुरको रोजीरोटी संकटमा परेको भन्दै आक्रोश व्यक्त गरिरहेका थिए। “हामी ती २५ हजार श्रमिकको रोजीरोटी गुमाउन चाहन्नौं, अतः यो कारणले…” यति भन्नासाथ उनी मञ्चमै […]
अनुसन्धानमा भक्तपुरलाई लगातार सर्वोत्कृष्ट बनाउन सफल प्रमुख टेकराजको सरुवा
भक्तपुर । गुप्तचरी संगठन राष्ट्रिय अनुसन्धान विभागका उपनिर्देशक एवं भक्तपुर जिल्ला इन्चार्ज टेकराज तिमल्सिनाको सरुवा भएको छ । भक्तपुर प्रमुखको भूमिकामा ४ वर्ष लामो अनुभव संगालेका तिमल्सिनाले बिहीवार विभागमा हाजिर गरेका छन् । भक्तपुरका ७ जना प्रमुख जिल्ला अधिकारीसंग काम गरेको अनुभवसहित उनी बिदा भए । भक्तपुरमा शान्ति सुरक्षा र सुशासनसंग सम्बन्धित ४५ प्रकारका सूचनाहरुको […]
बिपी र मध्यपहाडी लोकमार्गमा राति सवारीसाधन निषेध
सिन्धुली । अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि बिपी राजमार्ग र मध्यपहाडी लोकमार्गमा आज र भोलि राति सवारी आवागमन निषेध गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कात्तिक १३ र १४ गते साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालन नगर्न आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालयले यात्रुको सुरक्षा सुनिश्चित गर्न र दुर्घटना रोक्न रातको समयमा […]
एकैदिनमा ह्वात्तै घट्यो काठमाडौंको प्रदुषण, चौथोबाट एक्काइसौं स्थानमा
काठमाडौं । राजधानी काठमाडौंको प्रदूषण ह्वात्तै घटेको छ । बुधबार विश्वको चौथो प्रदूषित सहरको सूचीमा परेको काठमाडौं अहिले २१ औ स्थानमा पुगेको छ । बुधबार काठमाडौंको वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) १६७ पुगेकोमा बिहीबार भने घटेको छ । यसदिन पानी पर्दा वायुको गुणस्तर मापन इन्डेक्स (एक्यूआई) ९० मा झरेको छ। हाल काठमाडौं विश्वमै प्रदूषणको हिसाबले […]
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकका तयारी पूरा भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। असोज २८ गते सुरु भएको बैठक कातिक १ गते स्थगित भएको थियो। सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बैठक स्थगित भएको थियो। त्यसपछि […]
काठमाडौंमा काश्मिरको सम्झना
काठमाडौं । पाकिस्तानी दूतावासले काठमाडौंमा “काश्मिर – कब्जा अन्तर्गत मानव र आर्थिक अधिकारको मुद्दा” विषयक प्रवचन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ७८ वर्षअघि २७ अक्टोबर १९४७ मा भारतीय सेना सृङ्गार विमानस्थलमा अवैध प्रवेश गरी अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन गरेको स्मरण गरिएको थियो । यसबाट आधुनिक इतिहासकै एक दीर्घकालीन विवादको शुरुआत भएको भन्दै कालो दिनको रुपमा स्मरण […]










