जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले फागुन २१ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जसपाले घोषणापत्र सार्वजनिक गरेको हो । जसपाले आफ्नो घोषणापत्रमा हालको संविधानले निकास नदिने भन्दै उच्चस्तरीय संविधान पुनरावलोकन आयोग गठन गर्नुपर्ने बताएको छ । जसपाले शासकीय स्वरूपमा परिवर्तन, राष्ट्रिय पहिचानमा सङ्घीयता र प्रादेशिक संरचना निर्माण, न्याय […]

काठमाडौँ आइपुगे पूर्वराजा शाह, निषेधाज्ञाका बाबजुद एयरपोर्ट बाहिर समर्थकहरूको स्वागत

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका छन् । उनलाई समर्थकहरूले विभिन्न नारासहित विमानस्थल गेटबाट स्वागत गरेका छन् । उनले गाडीबाट समर्थकहरूलाई हात हल्लाउँदै धन्यवाद दिएका छन् । विमानस्थलमा उनको समर्थनमा बाक्लो संख्यामा समर्थकहरूको उपस्थिति छ । समर्थकहरूले उनलाई र्‍यालीसहित निर्मल निवास पुर्‍याउने तयारी गरेका छन् । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, राजा […]

बीएनपीले विजयी जुलुस र उत्सव नमनाउने, त्यसको सट्टा ‘प्रार्थना सभा’ गर्ने

ढाका । बङ्गलादेशको आम निर्वाचनमा सानदार जित हासिल गरेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले देशभर विशेष ‘प्रार्थना कार्यक्रम’ को घोषणा गरेको छ। बीएनपीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार शुक्रबारको नमाज (जुम्मा) पछि देशभरका मस्जिदहरूमा विशेष प्रार्थना सभा आयोजना गरिनेछ। यो कार्यक्रम मुख्यतया दिवङ्गत नेता खालिदा जियाको स्मरण र देशवासीको समृद्धिका लागि केन्द्रित हुने समाचारमा उल्लेख […]

राजावादी प्रदर्शनमा पुगे दुर्गा प्रसाईँ, पूर्वराजा शाहलाई लिएर आउने भन्दै विमानस्थलभित्र प्रवेश

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटबाहिर भइरहेको राजावादीहरूको प्रदर्शनमा अभियन्ता दुर्गा प्रसाईँ पनि पुगेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको लागि भएको प्रदर्शनमा प्रसाईँ पनि पुगेका हुन् । उनी समर्थकहरूलाई विमानस्थल बाहिर राखेर अहिले भित्र प्रवेश गरेका छन् । समर्थकहरूलाई आफू पूर्वराजा शाहलाई लिएर आउने भन्दै भित्र प्रवेश गरेका हुन् । पूर्वराजा शाह झापाबाट हेलिकप्टरमार्फत […]

चुनावमा ६ सिट मात्रै जितेपछि बंगलादेशको एनसिपीले भन्यो- मतगणनामा गडबडी भयो

एजेन्सी । बंगलादेशको नेसनल सिटिजन्स पार्टी (एनसिपी)ले मतगणनामा गडबडी भएको आरोप लगाएको छ। एनसिपी बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेपछि स्थापना भएको पार्टी हो। आन्दोलनको नेतृत्व गरेको भए पनि निर्वाचनमा भने खराब प्रदर्शन गरेको छ। एनसिपीले ६ सिटमा मात्रै जित्ने सम्भावना देखिएको भनेर शुक्रबार बिहान बंगलादेशको सञ्चारमाध्यमहरूले समाचार सार्वजनिक गरेको थियो। द डेली […]

तोलामा सुन ३ हजार घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार छापावाल सुनको भाउ ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ । महासंघका अनुसार हिजो बिहीबार सुन तोलाको ३ लाख ६ हजार ५ सय रुपैयाँ पुगेको थियो । त्यसअघि बुधबार ३ लाख ६ […]

माघ मसान्तसम्म ६ खर्ब ६५ अर्ब राजस्व संकलन, आयकर र गैर करमा गिरावट

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को ७ महिना अर्थात साउनदेखि माघ महिनासम्म ६ खर्ब ६५ अर्ब २ करोड ४९ लाख रूपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालय, राजस्व व्यवस्थापन सूचना प्रणालीको तथ्यांकअनुसार यो संकलन गत वर्षको सोही अवधिको तुलनामा ३.४५ प्रतिशतले बढी हो। विभागगत रूपमा हेर्दा भन्सार विभागले गत वर्षको तुलनामा ८.०४ प्रतिशत बढी […]

बंगलादेश निर्वाचन : विद्यार्थी विद्रोहबाट स्थापित एनसीपीको लज्जास्पद परिणाम, रहमान बन्नेछन् पीएम

काठमाडौं । बंगलादेशमा विद्यार्थी विद्रोहको जगमा गठन भएको नेशनल सिटिजन पार्टी (एनसीपी) ले निर्वाचनमा लज्जास्पद परिणाम हासिल गरेको छ । बंगलादशेमा जारी मत गणनाका क्रममा एनसीपीले जितेको सिटका आँकडा फरक फरक छ । ‘ढाका ट्रिब्युन’का अनुसार हालसम्म यो पार्टीले ४ सिट जितेको छ र एक सिटमा अग्रता लिएको छ । सीएनएन र रोयटर्सले भने ५ सिट […]

विमानस्थलमा सुरक्षा व्यवस्था कडा : २० जना डीएसपीको कमाण्डमा प्रहरी परिचालन

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आउँदै छन् । पूर्व राजा समर्थकहरूले उनलाई विमानस्थलमा स्वागत गर्ने तयारी गरेका छन् । नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला भएर भव्य स्वागत गर्न आव्हान गरेका छन् । स्वागत कार्यक्रममा उच्छृङ्खल गतिविधि हुनसक्ने आशङ्कामा स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको […]

जेलेन्स्कीलाई जसरी बालेन र रविहरूलाई अघि सारियो : दुर्गा प्रसाईं

काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले नेपालमा ‘डिप स्टेट’ को आधारमा नयाँ राजनीतिक शक्ति र पात्रहरू उभ्याइएको गम्भीर आरोप लगाएका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, रास्वपाकै बरिष्ठ नेता बालेन शाह र नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई पश्चिमा शक्तिसँग […]