सिन्धुली अस्पताल कागजरहीत, सचिव डा गौतमलाई भब्य सम्मान

Dr. Sumitra Gautam

सिन्धुली । बागमती प्रदेश सरकार मातहत सञ्चालित सिन्धुली अस्पताल कागजरहित हुने भएको छ । बिरामीको पूर्जा देखि सबै रिपोर्ट अब अनलाइन हुने भएको हो । बिहीवार प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पेपरलेस प्रविधिको उद्घाटन गर्दै सिन्धुली अस्पतालमा कागजरहीत सेवा शुभारम्भ भएको घोषणा गरेका हुन् । कार्यक्रममा स्वास्थ्य मन्त्री किरण थापाले प्रदेश मातहतका १३ वटै अस्पताललाई […]

सिन्धुपाल्चोक-१ मा नेपाली कम्युनिस्ट पार्टीबाट सापकोटा सर्वसम्मत

सिन्धुपाल्चोक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक–१ बाट नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा सुवोधको एकल नाम सिफारिस गरेको छ । नेपाली कम्युनिष्ट पार्टीका क्षेत्रीय समन्वय समिति, जिल्ला समिति तथा सम्पूर्ण नेतृत्वले सर्वसम्मत रुपले सापकोटाको नाम सिफारिस गरेको हो । उनी बिघटित प्रतिनिधि सभामा तत्कालीन नेकपा माओवादी केन्द्रको उम्मेदवार रही निर्वाचित सदस्य हुन् […]

१८ वर्षमा इताछेँ विनायक सहकारी, स्थापना दिवसमा रक्तदान

भक्तपुर । इताछेँ विनायक बचत तथा ऋण सहकारी संस्था स्थापनाको १८ वर्ष पुगेको छ । सो अवसरमा संस्थाले सामाजिक उत्तरदायित्वसँग जोडिएका विविध कार्यक्रम सम्पन्न गरी स्थापना दिवस मनाएको छ। १८ औं स्थापना दिवसका अवसरमा सहकारीले रक्तदान कार्यक्रम र झोल साबुन बनाउने तालिम सम्पन्न गरेको संस्थाकी व्यवस्थापक अञ्जली देसेमरुले जानकारी दिइन्। बागमती प्रदेश सभा सदस्य भुवनकेशरी […]

रबिपछि बालेनलाई भेटेर निस्किए शिशिर खनाल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेट गरेर रास्वपा नेता शिशिर खनाल बाहिरिएका छन् । मेयर शाहलाई भेटन् नेता खनाल ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा पुगेका थिए । उनी भर्खरै निस्किएका हुन् । आजै बालेनले रास्वपा सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए । रवि बाहिरिएपछि खनाल पुगेका थिए । उनी पनि […]

प्रतिनिधिसभा चुनावमा रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस

चितवन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई चितवन क्षेत्र नं. ३ बाट आगामी निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । सो पार्टीको चितवन निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत जगतपुरमा बसेको बैठकले दाहाललाई सर्वसम्मत रूपमा प्रत्यक्षतर्फको उम्मेदवारमा सिफारिस गरेको हो । उनको सिफारिस जिल्ला कमिटी हुँदै प्रदेश कमिटीमार्फत केन्द्रमा पठाइने […]

बालेनसँग वार्ता सकेर निस्किएपछि रविले पत्रकारलाई उल्टै सोधे – मेरो अनुहारले के भन्छ ?

काठमाडौं । रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग वार्ता गरेर निस्किएका छन् । ललितपुरको ज्वागलस्थित मेयर शाहका सहयोगी कुमार बेनको घरमा उनीहरूबीच वार्ता भएको थियो । वार्ता सकेर लामिछाने भर्खरै निस्किएका हुन् । बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए । सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो […]

रवि र बालेनसंगको भेटपछि कांग्रेस नेता शर्माले भने – संसद् पुनर्स्थापनाको विषयमा छलफल भयो

काठमाडौँ । नेपाली कांग्रेसका नेता सुनिल शर्माले संसद् पुनर्स्थापनाको विषयमा छलफल भएको बताएका छन् । आज रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह लगायतसँग भएको भेटपछि सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै उनले सो कुरा बताएका हुन् । नेता शर्माले भने- ‘संसद् सद पुनर्स्थापना गर्दा के हुन्छ/हुँदैन भन्ने विषयमा हाम्रो छलफल केन्द्रित भयो ।’ उनले बालेनले […]

पार्टी बनाउन बालेनको ‘मिडनाइट मिटिङ’, कुमार बेनको घरमा क-कसलाई भेटे ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ‘मिडनाइट मिटिङ’ गरेका छन् । बालेनले बुधबार राति विभिन्न क्षेत्रका सक्रिय व्यक्तिहरूसँग लामो छलफल गरेका छन्। ललितपुरको कुपन्डोलस्थित व्यञ्जनकार कुमार बेनको निवासमा भएको यो भेटघाटले बालेनको भावी राजनीतिक योजना प्रष्ट देखिएक छ । मेयर बालेनको सचिवालय स्रोतका अनुसार यी भेटघाटहरू प्रत्यक्ष निर्वाचन लड्न सक्ने सम्भावित पात्रहरूसँग […]

मोटरसाइकल दुर्घटनामा क्रिकेटर मिनष थापाको मृत्यु

विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ […]

आयोगले जारी गर्‍यो निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ। निर्वाचन आयोग ऐन, २०७३ को दफा […]