काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले वैकल्पिक सबै शक्तिहरु एक हुनुपर्ने बताएका छन् । सके एकता, नसके कार्यगत एकता गरेर भए पनि जानुपर्ने उनको धारणा छ । आज बिहान पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै कुलमानले भने, ‘सही नेतृत्वहरु, वैकल्पिक शक्तिहरु सबै एक भएर जानुपर्छ । सकेसम्म एक भएर जाने, नभए कार्यगत एकता […]
फ्लास न्यूज
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ७० हजार नाघ्यो
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो । सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ […]
रवि र बालेनको सम्झौतालाई हर्क साम्पाङले भने- विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने काम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको सम्झौताप्रति धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कटाक्ष गरेका छन्। आइतबार बिहानै रवि र बालेनबिच सम्झौतापत्रमा हस्ताक्षर भएपछि मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमार्फत भिडिओ सन्देश जारी गर्दै उक्त सम्झौताको कटाक्ष गरेका हुन्। उनले विदेशी हस्तक्षेपलाई संस्थागत गर्नका लागि बालेनले रवि लामिछानेसँग […]
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यो वर्ष पनि ग्रामकाली मावि अमारे प्रथम
सिन्धुली । सुनकोशी गाउँपालिकाले आयोजना गरेको छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ मा ग्रामकाली माध्यमिक विद्यालय, अमारेले पुनः प्रथम स्थान हासिल गर्दै आफ्नो खेलकुद प्रभुत्व कायम राखेको छ। नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान, राष्ट्रिय खेलकुद परिषद्को संयोजकत्व तथा सुनकोशी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगिता पुस १० गतेदेखि १२ गतेसम्म मुलकोटको […]
आजदेखि दुई दिनभित्र दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउनुपर्ने
काठमाडौँ । आगामी फागुन २१ को आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवारको बन्द सूची पेश गर्ने समय आइतबारदेखि सुरू भएको छ। दलहरूले आइतबार र सोमबार गरी दुई दिनभित्र समानुपातिक उम्मेदवारको बन्द सूची पेस निर्वाचन आयोगमा पेस गरिसक्नुपर्नेछ।उम्मेदवारको बन्द सूची पेस गर्दा ऐनले तोकेबमोजिम विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गर्न आयोगले दलहरूलाई भनिसकेको छ। […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशको पहाडी तथा हिमाली भूभागमा […]
रवि र बालेनबिच भएको ७ बुँदे सहमतिमा के छ ? हेर्नुहोस् पूर्णपाठसहित
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच आज बिहान ‘बृहत् एकता’मा सहमति जुटेको छ । सहमति पत्रमा दुवै नेताले हस्ताक्षर गरेका छन् । सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका […]
रास्वपा–बालेनबिच सहमति: रवि लामिछाने पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबिच ‘बृहत् एकता’ सम्बन्धी सहमति भएको छ । आज (आइतबार) भएको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहने छन् भने आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा बालेन शाह अघि सारिने भएको छ । रास्वपा […]
एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा (एमाले)ले सचिवालय बैठक बस्दै छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा आइतबार बिहान ११ बजे सचिवायल बैठक बस्न लागेको एक नेताले जानकारी दिए। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। त्यसबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाइएको ती नेताले जानकारी दिए। साथै […]
कुलमानद्वारा रास्वपाको प्रस्ताव अस्वीकार
काठमाडौं । उज्यालो नेपाल पार्टीले रास्वपाले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । शनिबार दिउँसो १ बजेदेखि काठमाडौंको एक होटलमा बसेको पार्टी केन्द्रीय समितिको बैठकले रास्वपाको प्रस्ताव अस्वीकार गर्ने र एकताको प्रयासमा थप गृहकार्य गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले सभापतिमा रवि लामिछाने, वरिष्ठ नेतामा कुलमान घिसिङ र प्रधानमन्त्रीमा […]











