दाङ २८ साउन । घोराही दाङका एक शिक्षक घुससहित पक्राउ परेका छन्। माध्यमिक विद्यालय रझेनाका शिक्षक गणेश केसी रंगेहात पक्राउ परेका हुन् । केसीलाई १० हजार रुपैया घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । डिप्लोमा इन सिभिल इन्जिनियरिङको प्रवेश परीक्षा उत्तीर्ण गराइदिन सहजीकरण गरिदिने भन्दै शिक्षक केसीले परीक्षार्थीसँग घुस लिएको […]
शिक्षा
विद्यालयका कर्मचारी मृत फेला
गोरखा । २८ साउन् । गोरखा नगरपालिका–१० टक्कसारस्थित बहिरा आवासीय माध्यमिक विद्यालयमा कार्यरत एक कर्मचारी मृतावस्थामा फेला परेका छन् । सोमबार साँझ ८ः३० बजेपछि विद्यालयको काम सकेर घर फर्किएका सोही ठाउँका ५० वर्षीय श्यामहरि घिमिरेको शव स्थानीय कवाडी सामुदायिक वनमा फेला परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडानन्द रेग्मीले जानकारी दिए । हरेक दिन विद्यालयको काम […]
६७२ उपप्राध्यापक नियुक्ति गर्न तय गरिएको परीक्षा अचानक स्थगित
काठमाडौं, २८ साउन । ६ सय ७२ जना उपप्राध्यापक नियुक्त गर्न तय गरिएको परीक्षा त्रिभुवन विश्वविद्यालयले फेरि स्थगित गरेको छ। त्रिवि सेवा आयोगको कार्यालयले एक सूचना जारी गर्दै परीक्षाको तयारी नपुगेका कारण उपप्राध्यापक पदको परीक्षा स्थगित गरिएको जानकारी दिएको छ । तर, पटक पटक परीक्षा स्थगित भएपछि यसलाई मान्छेहरुले शंकाको दृष्टिले हेरेका छन् । यसअघि […]
शिक्षक लाइसेन्सको परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्चमा मुद्दा, परीक्षा अन्योलमा
काठमाडौं । शिक्षक अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) परीक्षा खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियन(हिस्टुन)ले सोमबार साढे १० बजे सर्वोच्च अदालतमा मुद्दा दायर गरेको हो ।मुद्दाको पेशी भोलि बुधबार १० बजेका लागि तोकिएको छ । शिक्षक सेवा आयोगले खुलाएको शिक्षक लाईसेन्सको विज्ञापनमा ३५ नम्बरको विज्ञापनले कक्षा ११ […]
एमबीएसको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच पक्राउ
जनकपुरधाम, २८ साउन । एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्र ‘आउट’ गर्ने पाँच जनालाई सोमबार पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार रामस्वरूप रामसागर बहुमुखी क्याम्पसमा सञ्चालनमा रहेको एमबीएस प्रथम वर्षको तथ्याङ्कशास्त्र विषयको प्रश्नपत्रको उत्तर तयार गरिएको पानाको ‘फोटोकपी’ गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका–१२ का […]
पहिलो पटक एमपिपिएम कोर्ष शुरु गर्दै काठमाडौं विश्वविद्यालय
साउन २७, काठमाडौं । काठमाडौं यूनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम)ले सरकारी तथा नीजि क्षेत्रमा सार्वजनिक नीति र यसको व्यवस्थापनमा जोड दिन पहिलो पटक स्नातकोत्तर तहमा सार्वजनिक नीति र व्यवस्थापन (पब्लीक पोलीसी एण्ड म्यानेजमेन्ट) कोर्षको अध्यापन शुरु गर्दैछ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राजधानीमा आयोजना गरेको नेपालमा सार्वजनिक नीति र व्यवस्थापन शिक्षाको आवश्यकता र […]
पत्रकार पराजुली र संग्रौलालाई एजुकेशन जर्नालिष्ट अवार्ड
काठमाडौ । पन्ध्रौ वाइ वाइ नेशनल अवार्ड अन्तर्गतको एजुकेशन जर्नालिष्ट अवार्डबाट नेपाल टेलिभिजनका रविचन्द्र पराजुली र कारोबार दैनिकका गोपाल संग्रौला पुरस्कृत भएका छन् । कमलपोखरीस्थित रसियन कल्चर सेन्टरमा सोमबार भएको एक कार्यक्रमबीच पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष्न पुष्पकमल दाहाल प्रचण्डले अवार्ड विजेताहरुलाई पुरस्कृत गरेका हुन । कार्यक्रममा १३ विधामा १६ जनालाई पुरस्कृत गरिएको […]
दुनियाकै एकमात्र ब्यक्ति जसले १०० पुर्णाङ्कमा ११० अंक ल्याए
एजेन्सी । भारतका चर्चित वैज्ञानिक तथा गणितज्ञ सत्येन्द्र नाथ बोस यो दुनियाका एकमात्र यस्ता व्यक्ति हुन् जसले परीक्षामा पूर्णांक भन्दा बढि अंक प्राप्त गरेका थिए । बच्चादेखि नै विलक्षण प्रतिभाका धनी बोसको जन्म कलकत्तामा भएको थियो । प्रारम्भिक शिक्षा घर नजिकैको स्कुलमा लिएपछि उनलाई हिन्दु स्कुलमा भर्ना गरियो । हिन्दु स्कुलमा प्रसिद्ध अध्यापक उपेन्द्र बक्सीले […]
प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ
२७ साउन, जनकपुर । जनकपुरमा एमबिएसको प्रश्नपत्र आउट गरेको आरोपमा ५ जना पक्राउ परेका छन् । एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत आउट गरेको प्रश्नपत्रको फोटोकपी गराइरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् । स्थानीय राराव क्याम्पसमा परीक्षा सुरु भएलगत्तै एक परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका थिए । सोमबार राराव क्याम्पसमा परीक्षार्थीलाई प्रश्नपत्र वितरण गरेलगत्तै एमबीएस […]










