१. ‘नानीदेखि लागेको बानी’ अर्थात बच्चा बेलादेखि लागेको बानी छुट्न गाह्रो हुन्छ । त्यसैले आफ्नो बालबच्चाहरुलाई सानैदेखि राम्रो कुरा सिकाउन जरुरी छ । जसले गर्दा बच्चालाई राम्रो मानिस बन्नको लागि मद्दत गर्छ ।बच्चालाई राम्रो बानी सिकाउने जिम्मेवारी आमाबुबा र अभिभावकको हो । कतिपय कुराहरु बच्चा आफैले भोगेर सिक्छन् । कतिपय कुराहरु आमाबुवाले नै सिकाउनुपर्ने हुन्छ […]
शिक्षा
पढाइ छाडेका बालिकालाई पठाइदैछ पुनः विद्यालयमा
बाँके, २७ असोज । मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए । स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए । केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा । यी बालिकामध्ये केहीले सामान्य फित्तावाल चप्पल लगाएका थिए । बाँकीका खुट्टा खाली थिए । उनीहरुको अवस्था हेरेरै अभिभावकको आयस्तर न्यून रहेको अनुमान […]
तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित
भद्रपुर, २० असोज । तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ । साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उनी सम्मानित भएकी हसन् । सम्मानमा प्रमाणपत्रसहित उनलाई रु ११ हजार नगद प्रदान गरिएको थियो । प्रतिष्ठानका […]
गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै
भोजपुर, १९ असोज । गाउँमै उच्च तहको शिक्षा पाएपछि पछिल्लो समय गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै गएको छ । घरपायकमा क्याम्पस तथा कलेज खुल्न थालेपछि महँगो खर्च गरेर शहरबजारमा बस्नुपर्ने अवस्था कम भएको हो । आफ्नै गाउँठाउँको क्याम्पसमा रुचिअनुसारको विषय पढ्न पाएपछि ग्रामीण भेगका विद्यार्थीमा सहजता थपिएको छ । उच्च शिक्षाका लागि धनकुटा, खाँदबारी, धरान, […]
त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह
गौशाला, १८ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि शिक्षासँग सरोकारवाला निकायसमक्ष आग्रह गरेका छन् । शनिबार महोत्तरीको गौशालामा आयोजित पढाइका निरन्तरताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बालबालिकालाई विद्यालयमा भर्ना गरेर […]
छ आधारभूत विद्यालय बालविकास केन्द्रमा रुपान्तरित
फिदिम, १८ असोज । विद्यार्थीको अभाव भएपछि पाँचथरको याङवरक गाउँपालिकाका छ वटा आधारभूत विद्यालयलाई बालविकास केन्द्रमा रुपान्तरण गरिएको छ । यहाँका तीन आधारभूत विद्यालयमा आधारभूत तह उमेरका विद्यार्थीको सङ्ख्या शून्य भएको छ भने तीन विद्यालयमा आधारभूत तहका विद्यार्थी आवासीय विद्यालयमा रहने भएपछि विद्यालयलाई बालविकास केन्द्रमा रुपान्तरण गरिएको हो । शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्दै शैक्षिक […]
पढेको हुबहु सम्झिने र पढ्न जाँगर चल्ने यी सरल तरिका
काठमाडौ । धेरै विद्यार्थीहरुको मुख्य समस्या पढ्न बस्दा निन्द्रा लाग्छ । भन्नुको अर्थ के भने विद्यार्थीलाई किताब पढ्न मन लाग्दैन बरु उनीहरु फेसबुक पढ्न मन पराउँछन् । यो बच्चा देखि युवा हरेकमा देखिने गम्भीर खालको समस्या हो । सानै देखि मोबाइल, टिभीसँग नजिक भएका बच्चाहरुलाई किताब हेर्न मन लाग्ने कुरा पनि भएन् । अर्को नेपालमो […]
दशैँ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका
जाजरकोट, १७ असोज । राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको सङ्ख्या पनि ठूलै छ । सयौँ व्यक्ति यही बाटो हुँदै हिँड्ने गर्दछन्, तर यहाँका दलित र जनजाति समुदायका […]
दुर्गम क्षेत्रका विपन्न र सडक बालबालिकाका लागि याङवरकमा आवासीय विद्यालय
फिदिम, १७ असोज । पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका विपन्न तथा सडक बालबालिकाका लागि आवाशीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाँउपालिकाको वडा नं १ च्याङथापूमा रहेको विष्णु माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले विष्णु माविकै छेउमा एक घर भाडामा लिई विद्यार्थीलाई आवासको व्यवस्था गरेको छ । आवाशमा विद्यार्थीका लागि आवश्यक […]
एसइई पुरक परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सूचना जारी गरेको छ । गत १ भदौदेखि ११ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गरेको पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । पुरक परीक्षामा एक लाख […]











