काबुल, १ असोज । अफगानिस्तानमा मङ्गलबार भएको दुई वटा विस्फोटमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ । राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने हिसाबले भएका यी विस्फोटमा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । पारवान प्रान्तको मध्यभागमा भएको यस घटनामा २४ जनाको मृत्यु हुनुको साथै अरु ३२ जना घाइते भएका पुष्टि […]
विश्व
एक प्यालेस्टाइनी महिलाको हत्या
जेरुसेलम, १ असोज । जेरुसेलम र पश्चिमी किनाराको बीचमा रहेको एक प्रहरीचौकी परिसरमा एक महिलाको छुरा प्रहार गरी हत्या भएको छ । कलान्डिया जाँचचौकी नजिकै ती महिलामाथि छुरा प्रहार भएको थियो । पछि ती व्यक्ति पनि प्रहरीले गरेको कारबाहीमा मारिएमा छन् । छुरा प्रहार गर्ने अज्ञात ती व्यक्तिको खोजीका क्रममा प्रहरीको गोलीबाट मृत्यु भएको प्रहरी […]
जापानमा डुङ्गा दुर्घटना
टोकियो। १ असोज जापानको उत्तरी भेगको समुद्री क्षेत्रमा माछा मार्ने डुङ्गा दुर्घटना हुँदा एक व्यक्तिको मृत्यु भएको उद्धारकर्ताहरुले जनाएका छन् । दुर्घटनाग्रस्त उक्त डुङ्गामा रहेका अरु सात जना बेपत्ता छन् । किमीमारु नाम गरेको २९ टन वजनको उक्त डुङ्गामा माछा मार्ने आठ व्यक्ति सवार थिए । तटीय सुरक्षाकर्मीका अनुसार होक्काइडोको तटीय क्षेत्रबाट करिब ६४० किलोमिटर […]
अमेरिकासँग वार्ताका लागि तालिबान खुला
काबुल, १ भदौ । अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै खुला रहेको बताए । युद्धग्रस्त मुलुक अफगानिस्तानमा मंगलबार दुईवटा भिषण बम हमला गरिएको केही घण्टा नबित्दै तालिबानका तर्फबाट उक्त भनाई सार्वजनिक भएको हो । तालिबान समूहले जिम्मेवारी लिएका दुईवटा चुनावी र्याली लक्षित आत्मघाती बम आक्रमणमा कम्तीमा ४८ जनाको मृत्यु हुनुका […]
चीन र अमेरिकासँगको व्यापारमा मन्दी आएसँगै जापानको निर्यात घट्यो
टोकियो, १ असोज । जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्ट महिनामा १२ प्रतिशतले घटेको छ । संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापार तनाब र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरुले बताएका छन् । जापानी सामानको प्रमुख बजार चीन र अमेरिका नै रहेकाले पनि जापानको निर्यातमा असर परेको हो । जापानका मेसिनरी, सवारी साधन […]
एक बर्षमा डेढ लाख सिरियाली स्वदेश फर्केका जोर्डनको भनाइ
अम्मान, ३१ भदौ । सन् २०१८ को अक्टोबरदेखि अहिलेसम्म डेढ लाख सिरियाली स्वदेश फर्केका जोर्डनको गृहमन्त्रालयले मङ्गलबार जारी एक तथ्याङ्कमा जनाइएको छ । फिर्ता भएका एक लाख ५३ हजारमध्ये सवै जोर्डनको जाबेर सीमा नाका हुँदै स्वदेश फर्किएका हुन् । उनीहरूमध्ये ३३ हजार संयुक्त राष्ट्रसंघद्वारा शरणार्थीको मान्यता प्राप्त सिरियाली रहेका जोर्डनले बताएको छ । मन्त्रालयले स्वेच्छिकरूपमा […]
दुई छुट्टाछुट्टै स्थानमा भएका तालिवान आक्रमणमा ४६ को मृत्यु
काबुल, ३१ भदौ । मङ्गलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै वम आक्रमणमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुवै आक्रमणको जिम्मेवारी तालिवान समूहले लिएको छ । देशको उत्तरी क्षेत्र पर्वानमा स्थानीय समय अनुसार विहान ११ बजेर ४० मिनेटमा गराइएको विस्फोटमा २४ जनाको मृत्यु भएको थियो भने र यसको केहीबेर (करिब एक घण्टा)पछि […]
जन्मदिन मनाउन प्रधानमन्त्री मोदी गान्धीनगरमा
गान्धीनगर, गुजरात, ३१ भदौ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ६९ औँ जन्मदिनका अवसरमा आशिर्वाद ग्रहण गर्न मङ्गलबार गान्धीनगर पुग्नुभएको छ । आफ्नो विशेष दिनका अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीबाट आशिर्वाद लिनुभएको थियो । उहाँले बूढी आमासँगै बसेर गुजुराती थालीमा भोजनसमेत गरेको तस्वीर भारतीय सञ्चारमाध्यमहरूले छापेका छन् । भारतीय जनता पार्टीले निर्वाचनमा पाएको […]
चुनावी अभियानलाई लक्षित गरी गराइएको विस्फोटमा २४ को मृत्यु
काबुल, अफगानिस्तान, ३१ भदौ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीको चुनावी अभियान प्रभावित गर्ने लक्षका साथ गराइएको विस्फोटमा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मङ्गलबार स्थानीय अस्पताल स्रोतले पारवान प्रान्तको मध्यभागमा भएको घटनामा २४ जनाको मृत्यु भएको र ३२ जना घाइते भएका पुष्टि गरेको छ । पारवान अस्पतालका निर्देशक डा अब्दुल कासिम साङ्गीनले […]
सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्यो
वेलिङ्टन, न्यूजील्याण्ड । प्रशान्त महासागरीय मुलुक सोलोमन द्वीपले ताइवानसँगको कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेको छ । प्रशान्त महासागर क्षेत्रमा सोलोमन द्वीप ताइबानको सबैभन्दा ठूलो गठबन्धन मुलुक थियो ।सोलोमनले आफ्नो कुटनीतिक सम्बन्ध चीनसँग जोडेको छ । विज्ञहरुका अनुसार प्रशान्त महासागर क्षेत्रका अरु मुलुकले पनि ताइवानसँगको कुटनीतिक सम्बन्ध तोड्ने सम्भावना छ । सोलोमनको पछिल्लो निर्णयले ताइबान मात्र […]










