नयाँ दिल्ली, ३ असोज । भारतीय राष्ट्रिय काँग्रेसकी नेत्री प्रियन्का गान्धीले भारतको आर्थिक मन्दीलाई यथोचित सम्बोधन गर्न भारतको केन्द्र सरकारले पर्यात नीतिगत सुधार गर्न नसकेको भन्दै मोदी सरकारको आलोचना गरे । भारतीय जीवन बीमा निगम एलआइसी लाई अढाई महिनाको अवधिमा ५७ हजार करोड भारतीय रुपैयाँ नोक्सान भएको समाचार प्रकाशन भएलगत्तै नेत्री गान्धीले ट्वीट गर्दै उक्त […]
विश्व
वासिङटन डि.सी.मा गोली चोल्यो, एकको मृत्यु, पाँच घाइते
वासिङ्टन, ३ असोज । उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ । घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका घटना स्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताएका छन । सो गोलाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ […]
संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डद्वारा शुभकामना
काठमाडौँ, ३ असोज । संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरे । भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वयम् र भारत तथा त्यहाँका जनताका तर्फबाट संविधान दिवसको शुभकामना व्यक्त गरे । सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा […]
चिनियाँ प्रधानमन्त्रीको तीन दिने रुस भ्रमण सम्पन्न
रुस । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गरेका छन । उनको तीन दिने रुस भ्रमण बुधबार सम्पन्न भएको हो । त्यस भ्रमणका क्रममा द्विपक्षीय सहयोग र समझ्दारीका विषयहरुलाई थप मजबुत बनाउने विषयमा सहमति भएको थियो । सो भेटका क्रममा उनले रुसी प्रधानमन्त्री दिमीत्री मेदभेदेभसँग द्विपक्षीय भेटवार्ता गरेको थिए । त्यसैगरी उनले रुसी […]
कोरिया जापान कूटनीतिक वार्ता
सोल, २ असोज । जापान र कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद देखिएको बेला यी दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ । समाचारमा जनाइएअनुसार यसै हप्ता जापान र कोरियाका महानिर्देशक तहका अधिकारीबीच सो वार्ता हुने भएको हो । दक्षिणको कोरियाको विदेश मन्त्रालयले बिहीबार जनाएअनुसार दक्षिण कोरियाको विदेश मन्त्रालयका एसिया प्यासिफिक क्षेत्रीय मामिलाका महानिर्देशक […]
नेपालबाट बेपत्ता भएका आफ्ना भूतपूर्व सैनिक खोज्न भारतले सहयोग नगरेको पाकिस्तानको आरोप
पाकिस्तानले झन्डै साढे दुई वर्षअघि नेपाल-भारत सीमा क्षेत्रबाट बेपत्ता भएका पाकिस्तानी सेनाका एक पूर्वअधिकारीको खोजीमा सघाउन भारतलाई बारम्बार अनुरोध गरे पनि सकारात्मक उत्तर नपाएको बताएको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले सन् २०१७ को एप्रिलमा नेपालको लुम्बिनी क्षेत्रबाट हराएका पूर्वसैनिक कर्नल मोहम्मद हबिब जाहिरको विषयमा बुधवार यस्तो धारणा सार्वजनिक गरेका हुन्। भारतीय विदेशमन्त्री एस जयशंकरले नयाँ दिल्लीमा […]
टीभीमा रजस्वला हुँदाको रगत देखाउने विज्ञापन नियमसम्मत भएको ठहर
रजस्वला हुँदा आएको रगत भएको दृश्य समाविष्ट विज्ञापन नियमसम्मत रहेको र त्यसले प्रसारणको मापदण्ड उल्लङ्घन नगरेको निष्कर्ष अस्ट्रेलियाको टेलिभिजन नियमनकारी निकायले निकालेको छ। महिनावारी हुँदा महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड उत्पादन गर्ने कम्पनी लिब्राले गत महिना उक्त विज्ञापन अस्ट्रेलियाली टेलिभिजनमा प्रसारण गरेको थियो। विज्ञापनमा रगत लागेको कट्टु र एउटी महिलाका खुट्टा देखाइएको थियो। दर्शकहरूले उक्त विज्ञापन अनुपयुक्त […]
यसकारण राख्छ अमेरिकाले गुफामा तेल
साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका छन्। तेलको मूल्य बढ्दै जाँदा राष्ट्रपति डोनल्ड ट्रम्पले बजारमा पर्याप्त आपूर्ति सुनिश्चित गर्न उक्त तेललाई प्रयोगमा ल्याउन सकिने बताए। राष्ट्रपति ट्रम्पले उल्लेख गरेको तेलको परिमाण ६४ करोड ब्यारेल छ र त्यो […]
ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त
वाशिङटन, १ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्नुभएको छ । केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गर्नुभएको हो । “मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उहाँले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुुहुनेछ,” रोबर्टलाई नियुक्त गरेपछि […]
राष्ट्रसङ्घीय महासभामा इरान सहभागी नहुने सम्भावना
तेहरान, १ असोज । इरानका राष्ट्रपति हसन रौहानी र विदेश मन्त्री जावाद जारिफ संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी नहुने सम्भावना देखिएको छ । राष्ट्रसङ्घीय वार्षिकसभामा सहभागी हुनेगरी उहाँहरूले अहिलेसम्म पनि कुनै प्रक्रिया अगाडि नबढाएको इरानी सञ्चारमाध्यमहरूले बुधबार जनाएका छन् । “विदेश मन्त्री मोहम्मद जावाद जारिफ आगामी शुक्रबार सेप्टेम्बर २० तारिखका दिन र राष्ट्रपति हसन रौहानी सेप्टेम्बर […]











