तलुकान प्रान्तको जिल्ला पुनःसरकारको नियन्त्रणमा

८ कात्तिक । अफगानिस्तानमा अफगान सेनाले उत्तरी प्रान्त तलुकानको दर्काद जिल्ला पुनःनियन्त्रण्मा लिएको अफगान सेनाले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।  विशेष सुरक्षाबलको एक समूहले दर्काद जिल्लालाई पुनः नियन्त्रणमा लिन सशस्त्र विद्रोही र तालिबान लडाकूहरु लक्षित हवाई कारबाही गरेको थियो ।सो कारबाहीमा करिब ६० जना लडाकू मारिएका थिए । ती शव छोडेर शुक्रबार बिहान विद्रोहीहरु सो क्षेत्रबाट भागेका जारी विज्ञप्तिमा जनाइएको छ ।
यसप्रकार तलुकान प्रान्तको दर्काद जिल्लामा जारी राखेको सैन्य कारबाहीको क्रममा सो जिल्ला मुक्त भएको बताइएको छ ।

सुरक्षा अधिकारीले नियन्त्रणमा लिएपछि तखार प्रान्तका सरकारी प्रवक्ता मोहमद जाबद हजारी दर्काद जिल्ला पुनः नियन्त्रणमा लिएको पुष्टि गरेका छन।सो जिल्लाको कानूनी शासन फिर्ता हुनको साथै सरकारी कार्यालय र स्थानीय प्रहरी चौकी पुनः सञ्चालनमा आएको विज्ञप्तिमा जनाइएको छ ।तलुकान प्रान्तको दर्काद जिल्लामा तालिबान लडाकूलक्षित कारबाही जारी नै रहने सैनिक स्रोतले जानकारी दिएको छ ।

राजधानी काबुल शहरबाट करिब २ सय ४५ किलोमिटर उत्तरमा रहेको यो प्रान्तमा लामो समयदेखि तालिबान लडाकू र सुरक्षाबलबीच झडप जारी रहेको छ ।अफगान सुरक्षाबलले तालुकान प्रान्तमा तालिबान लडाकूविरूद्धको सुरक्षा अभियानलाई तीव्र बनाएको छ । सो जिल्लामा सक्रिय रहेका तालिबान लडाकू समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

Loading...