मोरालेसद्वारा राष्ट्रपतिमा विजयी भएको दाबी

ला पाज, ८ कात्तिक । बोलिभियाका राष्ट्रपति इभो मोरालेसले आइतबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा आफू पुनः विजयी भएको दाबी गरेका छन । राष्ट्रपतिको दाबीपछि बोलिभियाका विपक्षी दलहरुले आमहडताल आह्वान गर्नुका साथै देशव्यापी विरोध प्रदर्शन भइरहेका छन् । बोलिभियाको निर्वाचन आयोगले करिब ९९ प्रतिशत मतगणना हुँदा राष्ट्रपति मोरालेस विजयी भएको घोषणा गरेको छ ।

मोरालेसले कूल खसेको मतको ४७.१ प्रतिशत मत प्राप्त गरेको आयोगको भनाई छ । उनका विपक्षी कार्लोस मेसाले ३६.५ प्रतिशत मत प्राप्त गरेका छन । बोलिभियाको संविधान र निर्वाचन कानुन अनुसार दोस्रो चरणको मतदानका लागि दुई उम्मेदवारबीच न्यूनतम १० प्रतिशत मतान्तर हुनु आवश्यक छ ।

निर्वाचन आयोगको मतगणना प्रक्रियामाथि विपक्षीहरुले निरन्तर आलोचना गरिरहेका थिए । मोरालेसका उपराष्ट्रपति समेतले निर्वाचन प्रक्रियाको विरोध गरेका थिए । मोरालेसले नयाँ पदावधिका लागि सपथ लिएसँगै उहाँ आगामी सन् २०२५ सम्म मुलुकको राष्ट्रपति हुन पाउनेछन ।

बोलिभियाको संविधानमा लगातार दुई कार्यकाल मात्र राष्ट्रपति हुन पाउने प्रावधान छ, तर सर्वोच्च अदालतले उक्त प्रावधान फुकुवा गरेको छ । सर्वोच्चकै आदेश बमोजिम उहाँ राष्ट्रपतिका लागि चौथो पटक उम्मेदवार भएका थिए । विपक्षी नेता मेसाले मोरालेसको दल मुभमेन्ट फर सोसलिज्म मास ले निर्वाचनमा व्यापक धाँधली गरेको आरोप लगाए ।

Loading...