अमेरिकी पर्यटकसँगै भुटान पुग्यो कोरोना भाइरस

काठमाडाैं, २३ फागुन । एकजना अमेरिकी पर्यटकमार्फत हिमाली राज्य भुटानमा पनि कोरोना भाइरस पुगेको छ। गत सोमबार हवाईजहाजमार्फत राजधानी थिम्पु पुगेका ७६ वर्षीय अमेरिकी पर्यटकसँगै कोरोना भाइरस पुगेपछि भुटाले सजगता अपनाएको छ। थिम्पु पुगेका ती अमेरिकी पर्यटकमा कोरोना भाइरस पोजिटिभ भेटिएपछि भुटानले शुक्रबारदेखि लागू हुने गरी दुई साताका लागि विदेशी पर्यटकको प्रवेशमा प्रतिबन्ध लगाएको छ। […]

एप्पललाई फोन स्लो पार्दा ५० करोड डलर जरिवाना

काठमाडौं, २३ फागुन । एप्पलले पुरानो आइफोन स्लो बनाएको मुद्धामा ५० करोड अमेरिकी डलर तिर्न सहमती जनाएको छ । एप्पलले तिर्ने जरिवाना अदालतबाट स्विकृत हुन बाँकी छ । एप्पलले फोन स्लो भएको उजुरीकर्ताहरुको बाँड्ने गरी यस्तो सहमती जनाएको हो । एप्पलले पुराना आइफोनलार्य ब्याट्रीमार्फत् स्लो बनाउने गरेको खुलासा भएपछि अमेरिकी अदालतमा मुद्धा परेको थियो । […]

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट मर्नेको संख्या १४८ पुग्‍यो, देशभरका स्कूल कलेज बन्द

एजेन्सी, कोरोनाभाइरसको संक्रमणबाट इटालीमा बिहीबार थप ४१ जनाको मृत्यु भएको छ। योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ । यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो। संसारभर हालसम्म ३२०० सय जना भन्दा बढिको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएका छन्। इटालीका सम्पूर्ण २२ क्षेत्रमा […]

कोरोनाभाइरस नियन्त्रण गर्न सकिन्छ: विश्व स्वास्थ्य संगठन

एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस फ्लूभन्दा घातक भएपनि नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठन जनाएको छ । कोरोनाभाइरस कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक प्रतिशतको मृत्यु हुने सिजनल फ्लूकोभन्दा बढी हो । तथापि नयाँ कोरोनाभाइरसको प्रकोपलाई नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस […]

समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु

एजेन्सी, अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यको समुद्रमा डुबेर एक नेपाली विद्यार्थीको मृत्यु भएको छ । पोखरा स्थायी घर भएका निकेस श्रेष्ठको ज्यान गएको हो । बुधबार दिउँसो पौडी खेल्ने क्रममा निकेसलाई छालले बगाएको थियो । छालमा बगेर बेपत्ता भएपछि उनीसँगै पौडी खेलिरहेका साथीहरूले उद्धारकर्मीलाई सम्पर्क गरेका थिए। उद्धारकर्मीले ५ मिनेटपछि किनारबाट २ सय मिटर पर तैरिरहेको अवस्थामा […]

कोरोना त्रास: आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न ट्वीटरको आग्रह

एजेन्सी, २० फागुन । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सामाजिक सञ्जाल ट्वीटरले सावधानी अपनाएको छ । ट्वीटरले आफ्ना कर्मचारीलाई कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप घरबाटै काम गर्न आग्रह गरेको छ । सामाजिक सञ्जाल ट्वीटरले ब्लग पोस्ट गरेर हङकङ, जापान र दक्षिण कोरियाका कर्मचारीलाई घरबाट काम गर्नु अनिवार्य रहेको जनाएको छ । यस्तै ट्वीटरले विश्वभर […]

कोरोनाभाइरसको प्रकोप: अमेरिकामा थप चारको मृत्यु

एजेन्सी, २० फागुन । संयुक्त राज्य अमेरिकाको वासिङ्टनमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । योसँगै त्यहाँ यसको संक्रमणबाट मर्नेको सङ्ख्या ६ पुगेको छ । कोभिड–१९ बाट अमेरिकामा ज्यान गुमाउने यी पहिलो केसहरु हुन् । संक्रमण फैलिएपछि वासिङ्टनले राज्यमा आपत्कालको घोषणा गरिसकेको छ । ज्यना गुमाउने ६ मध्ये पाँच जना किङ्ग काउन्टीका रहेका […]

विदेशीले अब ‘अनअराइभल’ भिसा नपाउन

काठमाडौँ, १९ फागुन । सरकारले कोरोना भाइरसको जोखिम हेरेर नेपाल आउनेहरूलाई ‘अन-अराइभल’ भिसा नदिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद बैठकले यही फागुन २४ गतेबाट ‘अन–अराइभल’ भिसा स्थगित गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण देखिएका देशहरूबाट नेपाल आउने व्यक्तिले सम्बन्धित देशमा रहेको नेपाली दूतावासबाटै भिसा ल्याउनु पर्नेछ र भिसाका लागि […]

भारतीय प्रधानमन्त्रीद्वारा ओलीको सफल शल्यक्रियाको कामना

काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी तपाईं शल्यक्रियाको सफलता र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।” उनले सन्देशमा अगाडि भनेका छन, “भगवान पशुपतिनाथसँग तपाईंको सुस्वास्थ्य, खुशी […]

कोरोना त्रास: भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी

काठमाडौँ, १९ फागुन । सरकारले नेपालमा कोरोना भाइरसको उच्च जोखिम रहेको कुरा ध्यानमा राखी नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा संवाद कार्यक्रम स्थगित गर्ने तयारी गरेको छ । दुबै कार्यक्रम स्थगित गर्नेबारे आइतबारको मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भए पनि औपचारिक घोषणा भने हुन बाँकी छ । सम्भवतः एक दुई दिनभित्रै औपचारिक निर्णय हुनेछ […]