टोक्यो- जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिएका छन् । आबेले शुक्रबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिएका हुन् । स्वास्थ्यमा समस्या देखिएका कारण आफूले राजीनामा दिएको बताएका छन् । जापानी सञ्जारमाध्यम एनएचकेका अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित भएको र पछिल्लो समय स्वास्थ्य अवस्थामा बिग्रिएको […]
विश्व
विश्वभर कोरोना संक्रमित २ करोड ४० लाखभन्दा बढी नाघे
काठमाडाैं । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड ६६ लाख २० हजार ९४३ पुगेको छ। यस्तै २ करोड ४० लाख ७० हजार ८१२ जना संक्रमित भएका छन् भने ८ लाख २३ हजार ६८७ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ। कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको […]
विदेशी सेनाले देशमा अस्थिरता पैदा गरी नयाँ राष्ट्रपति चयन गर्न लागेको बेलारुसका राष्ट्रपतिको आरोप
एजेन्सी । राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले भनेजस्तो बेलारूसको सीमा क्षेत्रमा आफ्नो कुनै किसिमको उपस्थिती नरहेको नेटोले प्रष्ट्याएको छ । बेलारूसका राष्ट्रपति लुकाशेन्कोले नेटोलाई लक्षित आफ्नो देशको सीमा क्षेत्रमा विदेशी सेनाको तैनाथी बढेको बताएपछि अमेरिकासहित विभिन्न युरोपेली देशहरूको सैन्य गठबन्धन नेटोले उक्त आरोपको खण्डन गरेको हो । विगत २६ वर्षदेखि बेलारुसको सत्तामा रहँदै आएका एलेक्सान्डरले नेटो सेना […]
कोरोनाबाट विश्वभर ८ लाख ८ हजारको मृत्यु, २ करोड ३३ लाख बढीमा संक्रमण
काठमाडौं । विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ […]
फाइभ–जी प्रविधि विस्तार भएको विश्वकै पहिलो शहर बन्यो चीनको सेनजेन
एजेन्सी । विश्वका कयौं देश र शहरहरु अझै फाइभ–जी प्रविधिको पर्खाइमा छन्। तर चीनको प्रविधिको केन्द्र मानिएको सेनजेन शहर जसलाई चिनियाँ सिलिकन भ्याली पनि भनिन्छ, यहाँको पुरै क्षेत्रमा फाइभ–जी विस्तार भइसकेको मेयर चेन रुगुईले बताए। चिनियाँ सरकारी संचारमाध्यमले पनि गुवाङदोङको सेनजेन फाइभ–जी विस्तार गर्ने विश्वकै पहिलो शहर भएको बताएको छ। सेनजेनमा मात्र ४६ हजार फाइभ–जी […]
रुसका विपक्षी नेता नभाल्नीलाई उपचारका लागि जर्मनी लगियो
एजेन्सी । विष खुवाइएको आशंका गरिएका रुसी राष्ट्रपति भ्लादमिर पुटिनका कट्टर आलोचक तथा विपक्षी नेता एलेक्सी नभाल्नीलाई उपचारका लागि जर्मनी लगिएको छ। गम्भीर अवस्थामा रहेका नभाल्नीलाई उपचारका लागि साइवेरियाबाट जर्मनी लगिएको बीबीसीले जनाएको छ। नभाल्नी गत बिहीबार नै अचेत अवस्था पुगेका थिए। उनका समर्थकहरुले विष हालिएको चिया सेवन गरेका नभाल्नी अचेत बनेको बताएका छन्। जर्मन […]
नाभाल्नीलाई उपचारका लागि जर्मनी लान रुसी चिकित्सकहरु सहमत
एजेन्सी । विपक्षी नेता एलेक्सी नाभाल्नीको उपचार गरिरहेका रुसी डाक्टरहरु उनलाई जर्मनी जान दिन सहमत भएका छन्। विमानमा रहेका बेला बिरामी परेर कोमामा गएका रुसी सत्ताका आलोचक नाभाल्नीको उपचार गरिरहेका डाक्टरहरु सुरुमा उनलाई जर्मनी जान नदिने पक्षमा थिए । तर अहिले उनीहरु नाभाल्नीलाई विमान मार्फत जर्मनी जान दिन सहमत भएको बिबिसीले जनाएको छ। नाभाल्नीको साइबेरियन […]
भारतमा एकैदिन ६८ हजार बढी संक्रमित, ९८१ जनाको मृत्यु
काठमाडौँ । काेराेना संक्रमणबाट नराम्ररी प्रभावित भएकाे भारतमा मृत्युकाे संख्या पनि बढ्दै गएकाे छ । भारतमा पछिल्लाे समय एकै दिन ९८१ जनाकाे मृत्यु भएकाे छ । त्यसैगरी एकैदिन ६८ हजार भन्दा धेरै मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो चौबिस घण्टामा ६८ हजार पाँच सय भन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले […]
राष्ट्रपति र प्रधानमन्त्रीसहित उच्च अधिकारीलाइ बन्धक बनाएर मालीमा ‘सैन्य कु’ को प्रयास
एजेन्सी । अफ्रिकी देश मालीमा ‘सैन्य कू’ को प्रयासमा सुरक्षाकर्मीले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्धक बनाएका छन्। राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। काती क्याम्पमा माथिल्लो तहको आदेश मान्न अस्वीकार गरेका सैनिकले नियन्त्रण कायम गरेका थिए। मालीका सैनिकमा पारिश्रमिकलाई […]
कोरोनाले भारतमा मृत्यु हुनेको संख्या ५० हजार नाघ्यो
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५० जनाको मृत्यु भएसँगै भारतमा आइतबार यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै भारतमा एकैदिन ६३ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६३ हजार […]