उपाकुमार्ग खुलाइँदै

काठमाडौँ, १९ भदौँ । धरहरा क्षेत्रमा पर्ने परम्परागत उपाकुमार्ग खोल्ने सहमति भएको छ । स्थानीय जनप्रतिनिधि, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रतिनिधि एवं धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनीका प्रतिनिधिसहितको छलफलमा उक्त समझदारी बनेको हो । उक्त समझदारीअनुसार यस वर्षको लागि अस्थायी मार्ग निर्माण गरी त्यस क्षेत्रबाट हिँड्ने यात्रु तेबहालबाट छिरेर भोटेबहाल जाने बाटोतिर निस्कन सक्नेछन् । उक्त […]

एटीएम काण्डः नेपाली बैंकबाट इन्टरनेशनल ह्याकरले करोडौं रकम लुटे

अहिले नेपालमा जहाँ तही एटीएमको प्रयोग बढ्दै गईरहेको छ। प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान गर्न छिटो सहज हुने र जुनसुकै अवस्थामा जुनबेला पनि निकाल्न मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको हो । यसले गर्दा आम मानिसहरूको समय बचत भएको त छँदैछ यसको जोखिम र […]

लोकतन्त्रको चिरहरणः कोही कान्दानी–बाइमात्रा मिलाएर मार्ने त, कोही खुकुरी उध्याउने

फलाम सिध्याउन फलामभित्रकै खिया काफी भएजस्तै गणतन्त्र मास्न गणतन्त्रवादीहरुकै उत्ताउला क्रियाकलाप जिम्मेवार देखिएका छन् । अहिलेसम्मका राजनीतिक उपलब्धि संस्थागत नहुनु पछाडिको एउटै कडी भनेको निरंकुशताको विरोध गर्दागर्दै नेताहरुले निरंकुश शास्त्रमा पीएचडी हासिल गर्नु नै रहेको अन्तिम सत्य हो । ०७ सालको क्रान्तिपछि शक्तिविहीन राजालाई ‘बिजुली गारत’ नामको सैनिक टुकडी ‘टिप्स’ नदिएको भए लोकतन्त्रवादी नेताहरुको त्यो […]

आखिर कृष्ण किन भगवान भए, यस्ता छन अनौठा कारण

सर्वप्रथम यो लेख उनै योगेश्वरलाई समर्पण, जसको प्रतापले उनको बारेमा जान्ने र लेख्ने इच्छा जन्मियो । त्यसपछि मेरा समस्त ज्ञात/अज्ञात गुरुहरुलाई समर्पण, जसका दीक्षाले यति लेख्न समर्थ भएँ । यो लेख सनातन धर्मको निन्दा गर्न नभएर विभिन्न स्रोतहरूको अध्ययनमननपश्चात् तथ्यगत रूपमा विश्लेषण गर्ने प्रयत्नको रूपमा लिइदिनुहुन सादर अनुरोध गर्दछु । खोजीको सुरुवात को हुँ म […]

किन मनाइन्छ गाईजात्रा ?

दिनदिनै देखिने नेपालमा राजनैतिक गाईजात्रा भन्दा फरक वर्षको एक पटक मनाइने यो पर्व गाइजात्रा नेवारहरूको मौलिक पर्व हो । गाइजात्रालाई साधारणतया बुझ्दा मृतकको सम्झनामा झाँकी, ब्यङ्य, प्रहसन गर्ने दिन भनेर पनि बुझिन्छ । पितृको सम्झनामा नेवार समुदायले नेवारीभाषी भएको ठाउँमा यो जात्रा मनाउने चलन छ। दिवङ्गत आफन्तको सम्झना तथा आत्माको शान्तिका लागि गाईजात्रा पर्व मनाउने […]

नेताले यसरी डुबाइदैछन् देशः तीन वर्षमा किनियो २१ अर्बको गाडी

कानूनको धज्जी उडाउँदै उच्च सरकारी पदाधिकारी र कर्मचारी सवारी साधन चढ्न थालेपछि गरीब देशको ठूलो सरकारी धन गाडी किन्नमा सकिंदैछ । पछिल्लो वर्ष त विनियोजित भन्दा चारगुणा बढी रकम रकमान्तर गरेर समेत गाडी किनेको भेटियो । रु.२१ अर्ब १८ करोड ६५ लाख । बितेको तीन वर्षमा सवारी साधन शीर्षकमा संघ र प्रदेश सरकारले खर्च गरेको […]

देउरालीको कथा भन्छु है त

गाउँ पहाडमा देशभर छ थुम्को र, त्यही थुम्कोलाई भनिन्छ देउराली । मेरो गाउँँको एक थुम्कोको नाउँ थियो देउराली । उहिले उहिले बाजेका पालामा उकाली ओराली गर्दा फुलपाती ढुंगा चढाउने हलो गाड्ने स्थान थियो रे हाम्रो गाउँँको देउराली ! त्यही थियो गन्धर्व गीतको झल्को : बल्छी र जाल खेलिन्थ्यो मिसिन्थ्यो जहाँ, दुई खोली फूल र पाती […]

यसरी हुन्छ पुँजीको विकास र व्यापार युद्ध

अहिले विश्वमा राष्ट्रवादको लहर चलेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रवादको चर्को नारा दिएरै चुनाव जिते । भारतका प्रधानमन्त्रीले हिन्दू राष्ट्रवादको नारा दिएर दोस्रो पटक पनि चुनाव जिते । चीनका राष्ट्रपति सी जिनपिङले राष्ट्रवादकै नारा दिएर माओ र तेङ स्याओ पिङ जतिकै शक्तिशाली राष्ट्रपति बने । विश्वका धेरै देशहरुमा अहिले राष्ट्रवादको लहर चलिरहेको छ […]

मठ मन्दिर परिसरमा मागेर बस्न पाउनु बाध्यता की व्यवसाय

केही समय पहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अब भाेकै मर्ने दिन गए भन्दै आफ्नाे सफलताकाे दावी प्रस्तुत गरे । उनले सडकमा मागेर हिड्ने र भाेकै बस्ने काेही पनि नभएकाे तथ्य नै पेश गरिदिए । देशकाे प्रधानमन्त्रीले नै यस्ताे दावी गरेपछि धेरैकाे आँखा सडकपेटी र मठ मन्दिरवरिपरि गयाे । सधै देख्ने ती दृष्यहरु कतै नभएकै हुन् […]

पुष्पलालः आँधी हुरीमा ननिभेका रातो लाल्टिन

पाली कम्युनिस्ट आन्दोलनमा पुष्पलाल रातो लाल्टिन थिए । तत्कालीन राजनीतिक अवस्थामा उनलाई प्रभावित पार्न सक्ने धेरै प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि प्रभावित नभई अडेको एक ‘अर्गानिक लिडर’ । प्रजा परिषद्मा रहँदा होस् वा प्रजातन्त्र संघ बनाउँदा अथवा नेपाल राष्ट्रिय कांग्रेसमा आउँदा उनको हरेक खोजको केन्द्रमा श्रमजीवी वर्ग थियो । झन् उनैले पार्टी गठन गर्न खोज्दा त्यो खोज र हाँक […]