लगातार सुनको मूल्य ओरालो कति पुग्यो त आजको मूल्य हेर्नुहोस

काठमाडौँ, २६ भदौ । दुई महीनादेखि लगातार उकालो लाग्दै गएको सुनको मूल्य पछिल्लो साता भने ओरालो लागेको छ । गत साताको शुक्रबारसम्म वृद्धि भइरहेको सुनको मूल्य आइतबारदेखि ओरालो लागिरहेको छ । शनिबार प्रतितोला रु ७२ हजारमा कारोवार भएको छापावाला सुन आइतबार प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार ५०० पुगेको थियो । त्यस्तै मङ्गलबार […]

धितोपत्र बजार: नेप्से परिसूचकको ओरालो यात्रा कायमै

काठमाडौँ, २५ भदौ । साताको शरुआतदेखि नै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज पनि सम्हालिन सकेन । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज शेयर कारोबार मापक नेप्से परिसूचक ३.४६ अङ्कले घटेर एक हजार १६३.२१ मा पुगेको छ । त्यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.७९ बिन्दुले घटेर २५४.७८ मा पुगेको छ । […]

बैंक खाताप्रति महिलाको बढ्दो आकर्षण

डोटी, २५ भदौ । जिल्लाको शिखर नगरपालिका–५, धामीगाउँकी २५ वर्षीया ईश्वरी विकका श्रीमान् खेमराज विक रोजगारीका लागि भारतको मुम्बई गइका छन् । ईश्वरीको बिहे ११ वर्षपहिले १४ वर्षकै उमेरमा भएको थियो । रोजगारीका लागि भारतमा रहेका खेमराज विकले विगतमा आफूले कमाएको पैसा घर पठाउँदा कुनै व्यक्तिसँग पठाउने गर्दथे । कहिलेकाहीँ आफू घर आउँदा उनले आफँै […]

खडेरीको चिन्ताले किसान पिरोलिँदै

महोत्तरी, २५ भदौ । दिनहुँ झमझम पानी परी रहेर धान गोड्न खेतमा हुनुपर्ने बेला प्रचण्ड घामले घरबाट निस्कन नसकिने भएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका छन् । लामो खडेरीले धान रोपिएको खेत चिरा परेर (धाँजा फाटेर) रोपो पहेँलिदै गएपछि यहाँका किसान अनिकालको चिन्ताले पिरोलिएका हुन् । महोत्तरीसहितका मध्यपूर्वी तराईमा गत साउनमध्ययता नै पानी परेको छैन […]

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजिनामा

बेइजिङ । विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्पनीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिएका छन् । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले एकाएक राजिनामा दिएका हुन् । चीनमा स्थापित यस अनलाइनले विश्वमै इ–कमर्शका क्षेत्रमा प्रभाव सिर्जना गरेको छ । चीनकै एकजना सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका […]

भ्रष्टाचारका उजुरी पर्ने सूचीमा तनहुँ तेस्रो

दमौली, २५ भदौ । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचारका उजुरी पर्ने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा परेका उजुरीका आधारमा तनहुँ भ्रष्टाचार हुने तेस्रो जिल्लाका रुपमा सूचीकृत भएको हो । जिल्लाबाट गत आर्थिक वर्षमा ६९ भ्रष्टाचारका उजुरी आयोगको कार्यालयमा परेका आयोगका सूचना […]

बहुप्रतिक्षित पेट्रोलियम पाइप लाइन सुरु भएसँगै घट्यो इन्धनको मुल्य

काठमाडौँ, २४ भदौ । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न समुद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर समुद्घाटन गरे । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ […]

डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौँ, २४ भदौ । नेपाल आयल निगमले डिजेल÷मट्टितेल र पेट्रोलको मूल्य घटाएको छ । आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेल/मट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । मूल्य घटेसँगै प्रतिलिटर डिजेल/मट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ । निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्रयाउँदै […]

ओरालो लाग्यो सुनचाँदीको मूल्यः आज सुन ७ सयले घट्यो

काठमाडौं, २४ भदौ । आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार बजारमा सुन ७ सय र चाँदी १० रुपैयाँले घटेको हो । सोमबार प्रतितोला ७१ हजार ७ सय मा कारोबार भएको छापावाला सुन आज ७ सयले घटेर प्रतितोला ७१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन प्रतितोला […]

दक्षिण एशियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन मोदी र ओलीले दिल्ली र काठमाडौंबाट स्वीच दबाएर सुरु हुने

वीरगञ्ज, २३ भदौ । दक्षिण एशियाको पहिलो क्रस बोर्डरका रुपमा रहेको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको सम्पूर्ण तयारी पूरा भएपछि मङ्गलबार नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नेछन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालय सिंहदरबार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीस्थित कार्यालयबाट संयुक्तरुपमा स्वीच थिची सो पाइपलाईनको दिउँसो १२.१५ मा उद्घाटन गर्ने कार्यक्रम रहेको […]