तनहुँ जलविद्युत् आयोजना ः ४४ प्रतिशत वित्तीय प्रगति

दमौली, ३१ भदौ । कूल १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले एक वर्षको अवधिमा ४४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । आयोजनाका लागि आर्थिक वर्ष ०७५÷७६ मा विनियोजित रु पाँच अर्बमध्ये दुई अर्ब २२ करोड ९२ लाख ८२ हजार मात्रै खर्च भएको छ । आयोजनाको पूँजीगततर्फ विनियोजित रकममध्ये दुई अर्ब ७७ करोड ७ लाख […]

‘सङ्घीयता सफल हुन सहकार्य आवश्यक’

हेटौँडा, ३१ भदौ । प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले स्थानीय केन्द्र, प्रदेश र स्थानीय सरकारबीच सहकार्य भए मात्र सङ्घीयता सफल हुने बताएका छन् । स्थानीय तहका लागि प्रदेश सरकारले नियुक्त गरेको कानूनी सहजकर्तालाई आज यहाँ सम्बोधन गर्दै सहजकर्ताले प्रदेश सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसँग समन्वय गरेर कार्यसम्पादन गर्न निर्देशन दिए । […]

इलामको चियाः न लाग्छ शनिबार, न छुन्छ सार्वजनिक बिदाले

इलाम, ३१ भदौ । राधा दर्जीले चियाको बोट सुम्सुम्याउन थालेको ३५ वर्ष भयो । सूर्योदय नगरपालिकाकी दर्जी कन्याम चिया बगानमा कार्यरत छिन् । मेची राजमार्ग छेउमा पर्ने कन्याम चिया बगानमा चिया हेर्न, फोटो खिच्न, घुम्न अनी रमाइलो गर्न दैनिक सयौँ पर्यटक आउँछन् तर दर्जीलाई कोही कसैले भुल्याउन सक्दैनन् । पिठ्यूँमा डोको र थाप्लोमा डोको अड्याउन […]

गलकोटमा व्यावसायिक कागतीखेती

गलकोट, ३१ भदौ । बाग्लुङ गलकोट नगरपालिका–९ छिसमा स्थानीय मित्रलाल खरेलले व्यावसायिकरुपमा कागतीखेती शुरु गरेका छन् । परीक्षणका लागि तीन वर्ष पहिला लगाइएका एक सय कागतीका बिरुवाले राम्रो फल दिन थालेपछि अहिले व्यावसायिक रुपमै कागतीखेती थालिएको ४९ वर्षीय किसान खरेलले बताए । गत वर्ष ४०० कागतीका बिरुवा रोपेर व्यावसायिक रुपमै कागती खेती थालेको उनको भनाइ […]

गाउँपालिका कार्यालय तोडफोडको आरोपमा वडाध्यक्ष पक्राउ

कास्की, ३१ भदौ । गाउँपालिका कार्यालय तोडफोडको आरोपमा कास्कीको माछापुच्छ«े गाउँपालिका–१ का वडाध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष वीरेन्द्र गुरुङ, वडा नं २ का वडासदस्य गणेश आचार्य र तरुण दलका विपुल भनिने टीकाराम पौडेल छन् । पक्राउ परेका वडाध्यक्ष र सदस्य नेपाली काङ्ग्रेसका तर्फबाट निर्वाचित थिए । कार्यालय तोडफोडमा संलग्न […]

सांस्कृतिक ग्राम बन्दै प्रचण्डको सिक्लेस

पोखरा, ३१ भदौ । कास्कीको मादी गाउँपालिकास्थित पर्यटकीय गाउँ सिक्लेसलाई सांस्कृतिक ग्रामकारुपमा विकास गरिने भएको छ । गुरुङ समुदायको प्राचीन बस्ती सिक्लेलको ऐतिहासिक एवं संस्कृतिक महत्वलाई जीवन्त राख्ने सोचका साथ सांस्कृतिक ग्राम बनाउने अवधारणा अघि सारिएको हो । मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले सिक्लेसलाई मादी गाउँपालिकाकै सांस्कृतिक ग्राम बनाउने तयारी गरिएको बताए । सांस्कृतिक […]

वाङ्यमयमा पहिलो राष्ट्रिय गौरवको आयोजनाः सातै प्रदेशको इतिहास ग्रन्थ

काठमाडौँ, ३१ भदौ । वाङ्यमय क्षेत्रमा पहिलो राष्ट्रिय गौरवको आयोजनाका रुपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रअनुकूल सातै प्रदेश र समग्र देशको अद्यावधिक इतिहास ग्रन्थ प्रकाशन हुने भएको छ । देशको मानवीय मूल्य र संस्कृतिको प्रवद्र्धन गर्न सातै प्रदेश र समग्र देशको लेखन यस महत्वाकांक्षी योजना कार्यान्वयन गर्न नेपाल प्रज्ञा प्रतिष्ठानलाई सरकारले अतिरिक्त बजेट दिने भएको हो । […]

७४ छाडा कुकुरको बन्ध्याकरण

मेलम्ची, ३१ भदौ । बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले हेलम्बु गाउँपालिकाले नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि गाउँपालिकाले स्थायी बन्ध्याकरण शुरु गरेको हो ।उक्त गाउँपालिका र नेपाल एनिमल वयल्फेयर एण्ड रिचर्सको आर्थिक सहयोगमा जिल्ला पशुसेवा कार्यालयले कुकुर आतङ्क नियन्त्रणका लागि ४३ भाले कुकुरलाई भ्यासेक्टोमी र ३१ […]

डल्फिन चरन क्षेत्र अनुसन्धानकर्ताको रोजाइमा

धनगढी, ३१ भदौ । डल्फिन चरन क्षेत्रका रुपमा रहेका कैलालीको दक्षिण–पूर्वका विभिन्न नदीका दोभान क्षेत्र प्राणीशास्त्रका विद्यार्थीको थप अध्ययन, सोध, खोज र अनुसन्धानका लागि पहिलो रोजाइमा पर्न थालेका छन् । नजिक र छोटो दूरीबाट विभिन्न उमेर समूहका डल्फिन सहजरूपमा देख्न सकिने भएपछि कैलालीका ती नदीका दोभान क्षेत्र सोध, खोज र अनुसन्धानकर्ताका लागि पहिलो रोजाइमा पर्ने […]

कर्णाली प्रदेशसभाको बैठक अवरुद्व

सुर्खेत, ३० भदौ । कर्णाली प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दल नेपाली काङ्गे्रसले आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै बैठक अवरुद्ध गरेको छ । विनियोजन विधेयक र त्यससँग सम्बन्धित अन्य विधेयकहरु पारित गर्नुपूर्व सभासमक्ष राखेका प्रतिबद्वता पूरा नगरेको भन्दै काङ्गे्रसले बैठक अवरुद्व गरेको हो । चालू अधिवेशनको २२ औँ बैठकमा आर्थिक मामिला तथा […]