नेप्सेमा धेरै पछि हरियाली, करिब २७ अंकको बढोत्तरी

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री डा युवराज खतिवडाले ‘अहिले धितोपत्र बजारमा लगानी गर्ने उपयुक्त समय’ भएको टिप्पणी गरेलगत्तै लगातार ओरालो लाग्दै आएको धितोपत्र बजार आज एकाएक बढेको छ । कर्मचारी सञ्चय कोषको ५८ औँ वार्षिकोत्सवका क्रममा आज अर्थमन्त्री खतिवडाले शेयर बजार घटिरहेको अहिलेको स्थितिमा नवप्रवेशीका लागि उपयुक्त समय रहेको धारणा राखेपछि बजार एक्कासि बढेको हो […]

खुल्यो अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण

काठमाडौँ, ३१ भदौ । लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस्थलबाट हुने दुबैतर्फका उडान भने रोकिएको थिएन । डेढघण्टापछि अवरुद्ध अवतरण शुरु गरिएको विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीले जानकारी […]

बिरामी बोकेको ट्याक्सीे बगायो

पर्वत, ३१ भदौ । कुस्मा नगरपालिका–४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले आज बिहान ४ः४५ बजे ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामबहादुर भट्ट क्षेत्रीका अनुसार बिरामी बोकेको उक्त ट्याक्सी म्याग्दीको बेनीबाट बिरामी लिएर पोखरा जाँदै थियो […]

गायनसङ्गीतमा उज्यालो भविष्य छ – सदस्य सचिव तमोट

काठमाडौँ, ३१ भदौ । “गाउँ गाउँबाट उठ, बस्ती बस्ती बाट उठ।।।” जनतालाई उठाउन गाइएको यो गीत नसुन्ने नेपाली को होला ? यसलगायत धेरै प्रगतिशील गीतले नेपालको वामपन्थी आन्दोलनलाई आजको अवस्थासम्म ल्याइपु¥याएका छन् । यस गीतले पञ्चायतकालदेखि संसदीय व्यवस्था हुँदै गणतन्त्रसम्म आइपुग्न धेरै ऊर्जा दिएको थियो । यस्ता कालजयी गीतका गीतकार श्याम तमोटको नाम भने गीत […]

बाढीबाट पाँच सय घरपरिवार समस्यामा

पोखरा, ३१ भदौ । गत रातिदेखिको अविरल वर्षाका कारण हर्पन खोलामा आएको बाढीले पोखरा महानगरपालिका–२३ का विभिन्न स्थानका ५०० भन्दा बढी घरपरिवार समस्यामा परेका छन् ।बेलुका १० बजेदेखि बिहान ३ बजेसम्म लगातारको मुसलधारे पानीका कारण खोला उर्लिएपछि रातको समयमा नै सुरक्षित स्थानतर्पm जान स्थानीयवासी बाध्य भएको स्थानीयवासी दानबहादुर विकले जानकारी दिए । बाढीले नयाँबस्ती, डुढेको […]

आन्तरिक लगानीका लागि भरपर्दो स्रोत : सञ्चयकोष

काठमाडौैँ, ३१ भदौ । आन्तरिक लगानीका लागि भरपर्दो र विश्वासिलो संस्थाका रुपमा स्थापित हुँदै गएको कर्मचारी सञ्चयकोषले तीन खर्ब ४५ अर्ब बराबरको वित्तीय स्रोतको व्यवस्थापन गर्दै आएको छ । करीब छ लाख सञ्चयकर्ताले मासिक कोष कट्टी गरेर जम्मा गरेको रकम बढ्दै गएको सन्दर्भमा लगानीका विविध क्षेत्र र आयामको खोजीमा कोष क्रियाशील भएर लागेको छ । […]

नलगाड जलविद्युत् आयोजनाको क्षमता वृद्धि

जाजरकोट, ३१ भदौ । जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ । आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो । चारसय दश मेघावाटबाट बढेर ४१७ मेघावाट पुग्ने आयोजनाले जनाएको छ । आयोजनाको विद्युत् उत्पादन क्षमता बढेसँगै स्थानीयवासी खुशी भएका छन् । […]

साफ च्याम्पियनसिपका लागि नेपाली टोलीे घोषणा

काठमाडौँ, ३१ भदौ । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिपका लागि नेपालले २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको आज घोषणा गरेको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो चरणमा रहेका २५ खेलाडीमध्ये २३ सदस्यीय टोलीको घोषणा गर्नुभएको अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ । गोलरक्षक रोहित कार्की र मिडफिल्डर दिपेश गुरुङ […]

दुर्घटनामा एकको मृत्यु

चितवन, ३१ भदौ । भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा नेपाली रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । रामनगरबाट आँपटारीतर्फ आउँदै गरेको ना १ ज ५२९९ नम्बरको सो म्याजिक भ्यान आफैँ […]

वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन सक्छ : राउत

जनकपुरधाम, ३१ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विगतमा सही तथ्याङ्कको अभावले नीति र योजनाको निर्माण सोचेअनुरुप हुन नसकेको बताएका छन् । फ्याक्टस रिसर्च एण्ड एनालाइटिक्स नामक संस्थाद्वारा प्रकाशित प्रदेश नं २ को तथ्याङ्क पुस्तकको आज यहाँ विमोचन गर्दै मुख्यमन्त्री राउतले वस्तुगत तथ्याङ्कले सार्थक परिणाम दिन सक्दछ भने । कुनै पनि योजना […]