नेपाली काँग्रेसको केन्द्रिय समित वैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई काउसो बनेको केन्द्रिय समिति बैठक आज सकिएको हो । चुनावको समिक्षामा केन्द्रित बनेर नेताहरु देउवा माथि खनिएपछि उनी निरिह बनेका बताइएको छ । उनले नाम नै लिएर युवा नेता गगन कुमार थापालाई आफ्नो विरुद्धमा बाहिर जथाभावी न बोल्न कडा चेतावनी दिएको स्रोतको दावी […]
Author: Sanjeep Ghimire
गतिरोध हट्नका लागि एमालेकै कमजोरी रहेको नेता नेम्वाङको दावी
नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः अधिकार र कर्तव्य’ विषयमा गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै नेम्वाङले वाम गठबन्धन मिल्नुको कुनै पनि विकल्प नभएको बताए। ”पार्टी एकताको बिकल्प […]
आयोगले अयोग्य सिफारिस गरेपछि २० सांसदको पद धरापमा
भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ । उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले जनाएको छ । “निर्वाचन आयोगले २० जना सांसदका विरुद्धमा कारबाहीका लागि सिफारिस गरेको छ, उनीहरु सवै जना दिल्लीका मुख्य मन्त्री अरबिन्द […]
जकार्तामा एक नेपाली गोली हानी मारिए
काठमाडौं, ३ माघ । मलेसियमा मारिएकाे भनेर समाचारमा अाएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे खुलेकाे छ । यसअघि उनी मलेसियन प्रहरीद्वारा मारिएकाे भन्ने समाचार प्रकाशित भएकाे थियाे । मारिएका नेपाली मलेसियामा नभर्इ इन्डाेनेसियामा मारिएकाे थाहा भएकाे हाे । मारिने व्यक्ति ३४ वर्षीय शरण तामाङ हुन् । लागू औषध तस्करको आरोपमा उनि मारिएकाे प्रारम्भिक जानकारी अाएकाे […]
जँहा सिस्नो हान्दाहान्दै हुन्छ बिबाह
जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाइदै छ । माघे संक्रान्तिका दिन सिस्नु हानाहान गरेर पर्व मनाउने यहा अनौठो प्रचलन रहेको छ । जिल्लाको नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ । मामा छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ । सिस्नु […]
१९ वर्षीय म्यादी प्रहरी पूजा धामीले गरिन् आत्महत्या
कञ्चनपुर । मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अस्थायी सुरक्षाकर्मीको भूमिका खेलेकी एक जना म्यादी प्रहरीले सोमबार आत्महत्या गरेकी छन् । कञ्चनपुर झलारी-१० घर भएकी १९ वर्षीय युवती पूजा धामीले सोमबार घरमै विष सेवन गरेर आत्महत्या गरेकी छन्। पूजाले घरमा कोही नभएको मौका छोपी विष सेवन गरेको बताइएको छ । उनले विष सेवन गरेको […]
साधारण शेयर खरिद गर्दै हुनुहुन्छ ? नेपाल धितोपत्र बोर्डले गर्यो नयाँ व्यवस्था
काठमाडौँ । हितग्राही खाता नहुनेले अब साधारण शेयर खरिद गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले गरेको नयाँ व्यवस्थाअनुसार शेयर खरिदका लागि अनिवार्यरुपमा उक्त खाता हुनैपर्ने व्यवस्था गरेको छ । बोर्डका अनुसार अझै पनि तीन लाख बढीले त्यस्तो खाता खोलेका छैनन् । हितग्राही खाता नहुनेले निकट भविष्यमा नै आउन लागेको साञ्जेन जलविद्युत् कम्पनीको साधारण […]
एमाले-माके नेताहरु आन्तरीक तयारीमा
प्रकाश सिलवाल,काठमाडौँ । एउटै कम्युनिष्ट पार्टी निर्माणको घोषणासहित निर्वाचनमा तालमेल गरेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरु अनौपचारिक र आन्तरिक छलफलमा व्यस्त हुन थालेका छन् । दुई वाम दलको चुनावी गठबन्धनले सुविधाजनक बहुमत ल्याएपछि नेताहरुको जिम्मेवारी बाँडफाँड र सैद्धान्तिक आधारका विषयमा फरक फरक धारणा सार्वजनिक भए पनि एकतालाई निष्कर्षमा पुर्याउन दुवै दलका तर्फबाट […]
नयाँ बसपार्कमा नयाँ प्रहरी निरीक्षक : सेवा कम सास्ती बढी
गोङ्गबुको नयाँ बसपार्क प्रहरीको रोजाइमा पर्ने क्षेत्र हो तर काम गरेर देखाउने भन्दा कमाउने उदेश्यले नयाँ बसपार्क आउने प्रहरीदेखी स्थानीय आजीत बनेका छन् । यस अघि ५० हजार घुस रकम सहित रङेहात समातिएका प्रहरी निरीक्षकका कारण बदनाम नयाँ बसपार्क प्रहरी बृत्तमा नयाँ निरीक्षक प्रताप पौडेल आएका छन् । नयाँ प्रहरी निरीक्षक युवा भएकाले केहि […]
अस्थायी शिक्षक परीक्षाको सम्पूर्ण प्रकृया स्थगित
भक्तपुर । पटक पटक सर्दैआएको अस्थायी शिक्षकको परीक्षा यस पटक भने मिति तय हुनु अगाडी नै सरेको छ । यसपटक परिक्षा सम्बन्धी विज्ञापनको सम्पूर्ण प्रक्रिया नै सरेको हो । अस्थायी शिक्षकको समस्या समाधान गर्ने गरि गरिएको भनिएको परीक्षाको विज्ञापनको सम्पूर्ण प्रक्रिया सारिएको छ । शिक्षक सेवा आयोगमा आन्दोलनरत बिद्यार्थीहरुसंग एक सहमति भएपछी परीक्षा सारिएको आयोगका […]