सञ्चालक समितिद्वारा रेडियोमा तालाबन्दी

मार्तडी, २१ भदौ । बाजुरा सदरमुकाममा विगत सात वर्षदेखि सञ्चालन हुँदै आएको सामुदायिक रेडियो पौरखीमा रेडियो सञ्चालक समितिले तालाबन्दी गरेको छ । सहकारीमार्फत सञ्चालन हँुदै आएको उक्त रेडियो सञ्चालन भइरहेका बेला समितिका अध्यक्ष रामचन्द्र यादव र सहसचिव सुरेन्द्र नाथले कर्मचारीलाई कुनै जानकारी नै नगराई एकाएक बन्द गरेका छन् । शुक्रबार साँझ ४ः०० बजेको समयमा रेडियोमा […]

सहभागितामूलक विकास प्रक्रियामा जोड

काठमाडौँ, २१ भदौ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले समृद्ध नेपाल ः सुखी नेपालीको अभियान पूरा गर्न सहभागितामूलक विकास प्रक्रियामा जोड दिनुपर्ने बताएका छन् । नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त बाँस्कोटाले मुलुकलाई समृद्ध बनाउन मदिरामुक्त गर्नुपर्ने, खाद्यान्न, तरकारी, माछामासुमा आत्मनिर्भर हुनुपर्ने, युवालाई […]

मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको भरमा

राँझा, २१ भदौ । बाँकेमा मानव बेचबिखनविरुद्धको अभियान गैरसरकारी संस्थाको भरमा सञ्चालन हुँदै आएको छ । मानव बेचबिखनजस्तो जघन्य अपराध न्यूनीकरण तथा यसविरुद्धको अभियान सञ्चालन गर्ने सरकारी संयन्त्र क्रियाशील नहुँदा घटना न्यूनीकरणमा चुनौती थपिँदै गएको छ । मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस मनाउनेदेखि लिएर, मानव बेचबिखन तथा ओसारपसारविरुद्धको जिल्लास्तरीय समितिको बैठक सञ्चालनसमेत गैरसरकारी संस्थाको अग्रसरतामा हुने […]

काङ्ग्रेसका भ्रातृ र शुभेच्छुक संस्थाका विधानमा एकरुपता कायम गरिँदै

काठमाडौँ, २१ भदौ । नेपाली काङ्ग्रेसले म्याद समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थालाई छ महीनाभित्र महाअधिवेशन गर्न निर्देशन दिएसँगै सबै भ्रातृ र शुभेच्छुक संस्थाको विधानमा समेत सैद्धान्तिक विषयमा एकरुपता कायम गर्ने भएको छ । यही भदौ १७ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यसमिति बैठकले अवधि समाप्त भएका भ्रातृ र शुभेच्छुक संस्थाका केन्द्रीय समितिलाई अधिवेशन तयारी समितिमा […]

सरकार मिडियामैत्री वातावरणको पक्षमाः परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौँ, २१ भदौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार मिडियामैत्री वातावरण निर्माणमा केन्द्रित रहेको बताएका छन् । पछिल्लो समय मिडिया काउन्सिल विधेयकका सन्दर्भमा विभिन्न किसिमका चर्चा परिचर्चा चलिरहेका बेला उनले सञ्चारमाध्यमको विश्वसनीयता, पारदर्शिता र व्यावसायिकता अभिवृद्धि गर्ने गरी सरकार अघि बढेको बताएका हुन् । वल्र्ड कम्युनिकेटर्स काउन्सिल (डब्लुसिसिआई) को नेपाल च्याप्टर तथा दक्षिण एशिया मिडिया कन्फ्रेन्सको […]

संस्कृत भाषा र पूर्वीय दर्शन कक्षा शुरु

काठमाडौँ, २१ भदौ । पूर्वीय वाङ्मय प्रतिष्ठानको आयोजनामा आजदेखि यहाँ संस्कृत भाषा र पूर्वीय दर्शन विषयको सातौँ सत्रको कक्षा शुरु भएको छ । सो कक्षामा संस्कृत भाषा, देवनागरी लिपिका अक्षर र शब्द संरचना तथा पूर्वीय वाङ्मयका स्रोत, वेद, गीता, वैदिक समाज, संस्कार, मानव विकासक्रम, आत्मा, आयुर्वेद आदि विषयमा ज्ञान दिइनेछ । डा लक्ष्मणप्रसाद गौतम र […]

प्रधानमन्त्री रोजगार कार्यक्रमः बैतडीमा १६७ आयोजना सम्पन्न

बैतडी, २१ भदौ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बैतडीमा १६७ आयोजना सम्पन्न भएका छन् । ती आयोजनाहरुमा घोडेटो र गोरेटो बाटो, प्रसूति सेवा केन्द्र, सार्वजनिक शौचालय निर्माणलगायत रहेका छन् । यो कार्यक्रमअन्तर्गत जिल्लामा पाँच हजार १७ जनाले औसतमा १३ दिनको रोजगारी पाएको जनाइएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दशरथचन्द नगरपालिकामा २५ आयोजना सम्पन्न भएका र ३४८ […]

आर्सेनिक प्रभावित क्षेत्रमा खानेपानी आयोजना विस्तार

परासी, २१ भदौ । प्रदेश नं ५ सरकारले खानेपानी आयोजना सुधार विस्तारलाई जोड दिएको छ । प्रदेश नं ५ स्थित तराईमा पर्ने छ जिल्लाका नागरिक अझै पनि स्वच्छ पिउने पानीको अभावमा आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । संविधानले स्वच्छ पिउने पानी उपभोग गर्न पाउनुपर्ने अधिकारलाई नागरिकको मौलिक हकको रुपमा व्यवस्था गरिएकाले पनि सरकारले खानेपानी आयोजना […]

पूँजीवादको विश्लेषण गरिएको पुस्तक सार्वजनिक

भक्तपुर, २१ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला सचिव डिपी ढकालद्वारा लिखित पुस्तक ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ बजारमा आएको छ । अर्थ राजनीतिमा गहिरो अध्ययन गर्नुभएका नेता ढकालद्वारा लिखित उक्त पुस्तक बजारमा आएको बताइएको छ । उक्त पुस्तक अर्थ राजनीतिसँग चासो एवं सरोकार राख्ने बौद्धिक वर्गका व्यक्तिदेखि अध्येताहरुका लागि निकै उपयोगी मानिएको […]

लगानीको पर्याप्त प्रतिफल पाइन्छ, ढुक्क भएर पूँजी परिचालन गर्नोस् : उपराष्ट्रपति

काठमाडौँ, २१ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्यमका निम्ति उर्वर र लगानीको पर्याप्त प्रतिफल दिने देश नेपालमा ढुक्क भएर पूँजी परिचालन गर्न चिनियाँ व्यवसायीहरूलाई आह्वान गरेका छन् । बेइजिङस्थित नेपाली राजदूतावास र चाइना कमर्सियल स्टक इन्टरप्राइजेजले राजधानीमा आज आयोजना गरेको नेपाल–चीन आर्थिक तथा व्यापार सहयोग मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, “लगानीकर्ताको रकम र […]