ताप्लेजुङ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका समिर राईको पठनपाठन र स्वास्थ्य उपचारका लागि सहयोग प्रदान गरेका छन् । विगतदेखि नै आफ्नो जन्म दिनका अवसरमा असहाय र गरीब बालबालिकालाई सहयोग प्रदान गर्दै आएका उनले यो वर्ष फक्ताङलुङ गाउँपालिका–६ का चार वर्षीय राईलाई नगद २० हजार सहयोग […]
Author: ननस्टप संवाददाता
डेङ्गुविरुद्ध अभियान : खोज र नष्ट गर
बागलुङ २१ भदौ । डेङ्गुको सङ्क्रमण फैलन नदिन यहाँ ‘खोज र नष्ट गर’ अभियान शुरु भएको छ । जिल्लामा डेङ्गुका बिरामी भेटिएपछि सरोकार भएका पक्षले उच्च सतर्कता अपनाएका हुन् । स्वास्थ्य कार्यालय बागलुङका अनुसार शुक्रबार सदरमुकामभित्र लामखुट्टेको सम्भावित बासस्थानको खोजी गरी नष्ट पार्ने काम भएको छ । खाल्डाखुल्डी, पुराना टायर, ड्रम आदिमा जम्मा भएको पानी […]
त्रिदेशीय सीमाका नागरिक सञ्चारविहीन
दार्चुला, २१ भदौ । व्यास गाउँपालिका–१ का सुधा बोहरा एक कल फोन गर्नुपरे झण्डै तीन घण्टा पैदल हिँडेर भारतको छायालेक पुग्छन् । त्यहाँ पुग्दा पनि मुस्किलले एक कल फोन लाग्छ । त्यो पनि कैचुला टावरमार्फत घाम लागेमा मात्र मुस्किलले फोन लाग्छ । नेपाल, भारत र चीनको सीमाक्षेत्रमा बसोबास गर्ने व्यासका स्थानीयवासी अहिले टेलिफोन नभएकै कारण […]
इतिहास कोर्ने हातहरु…
काठमाडौँ, २१ भदौ । राजा प्रताप मल्लले पाँच वर्ष लगाएर बनाएको रानीपोखरी काठमाडौँ उपत्यकाको शोभा हो । यसको बीचमा शिखर शैलीमा मन्दिर बनेको थियो । विसं १७२७ कात्तिकमा रानीपोखरी निर्माण भएपछि आयोजित भव्य सभामा राजा सरिक भएका थिए । त्यही सभाको दृश्यलाई वरिष्ठ कलाकार हरिप्रसाद शर्माले चित्रमा उतारेका छन् । राजा प्रताप मल्ल बाजागाजाका साथ […]
बोक्सी लागेको भन्दै यातना दिने पक्राउ
बनियानी, २१ भदौ । झापामा बोक्सी लागेको भन्दै यातना दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–२ की एक २२ वर्षीया महिलालाई बोक्सी लागेको भन्दै यातना दिने सोही स्थानकी ४० वर्षीया कुमारी बुढाथोकी र ३१ वर्षीय दिनेश दर्जीले यातना दिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । “पीडित महिलालाई ज्वरो आएको रहेछ”, इप्रका […]
केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’
काठमाडौँ, २१ भदौ । मुलुकको सबैभन्दा पुरानो कारागारको रुपमा रहेको केन्द्रीय कारागारमा ‘भिडियो कन्फरेन्स हल’ निर्माण भएको छ । कारागारभित्र रहेका कैदीबन्दीलाई अदालतमा उपस्थित नै नगराई भिडियो कन्फरेन्समार्फत वकीलले वयान लिन पाउने गरी कन्फरेन्स हल निर्माण गरिएको हो । केन्द्रीय कारागारका कारागार प्रमुख लक्ष्मीप्रसाद सापकोटाले भिडियो कन्फरेन्सिङ सेवाको शुरुआतसँगै सम्बन्धित कैदीबन्दीले कारागारभित्रबाटै अदालतमा भिडियोमार्फत वकिलसमक्ष […]
फुटबल रङ्गशालाको ४० प्रतिशत काम
कास्की, २१ भदौ । पोखरा रङ्गशालाभित्र निर्माणाधीन अन्तरराष्ट्रिय मापदण्डको फुटबल रङ्गशालाको ४० प्रतिशत काम सकिएको छ । आगामी डिसेम्बर १ देखि ९ सम्म नेपालमा आयोजना हुने १३ औँ दक्षिण एशियाली खेलकूद (साग) को महिला फुटबल यही रङ्गशालामा खेलाइने भएपछि सागअघिनै तयार पार्नुपर्ने बाध्यता छ । पछिल्लो समय राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले कात्तिक १५ भित्रमा मैदान […]
घरेलु तथा साना उद्योग कार्यालय स्थापना
बागलुङ, २१ भदौ । गण्डकी प्रदेश मातहत रहने गरी जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय स्थापना भएको छ । कार्यालयको शुक्रबार गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्घाटन गरे । सो अवसरमा मन्त्री लम्सालले उद्योगको विकासबिना मुलुकको समृद्धि सम्भव नभएको बताए । “उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि उद्योगको विकास हुन आवश्यक […]
ऊर्जा उद्यमीको गुनासो– बैंकले घर खेत लिलाम गर्न लाग्यो
काठमाडौँ, २१ भदौ । सरकारले दश वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । स्वदेशमा निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको खुला र स्पष्ट लक्ष्य छ । सोहीअनुसार काम पनि भइरहेको छ । निजी क्षेत्रले राखेका अधिकांश माग पनि सरकारले पूरा गर्दै आएको छ । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणकै करीब […]
झाँक्रीपानीमा पूर्वाधार निर्माण ः एक ठाउँबाट अनेक दृश्यावलोकन
गलेश्वर, २१ भदौ । उत्तरतर्फ मुसुक्क मुस्कुराएजस्तै देखिने धौलागिरि, नीलगिरि, अन्नपूर्णलगायत हिमालका लहर । सूर्योदय र सूर्यास्त एकै ठाउँबाट देख्न सकिने । दक्षिण र पूर्वतर्फ ठूलाठूला पहाड र लमतन्न फैलिएको घना जङ्गल । पश्चिमतर्फ सुन्दर गाउँका साथै म्याग्दीका दर्जनौँ ग्रामीण क्षेत्रको एकै ठाउँबाट अनेका दृश्यावलोकन गर्न पाइने रमणीय ठाउँ हो बरङ्जाको झाँक्रीपानी । पश्चिम म्याग्दीको […]











