गोरु काट्नेविरुद्ध मुद्दा

गाईघाट, १५ भदौ । उदयपुरको चौदण्डी नगरपालिका–३ हात्तीसारका चार जना गोरु काट्नेलाई इलाका प्रहरी कार्यालय बेल्टारले पक्राउ गरी आज जिल्ला अदालतमा मुद्दा चलाइएको छ । अवैधरूपमा गोरु काट्दै गरेको अवस्थामा पक्राउ गरी प्रहरीले मुद्दा चलाएकामा चौदण्डी–३ का ५५ वर्षीय रामप्रसाद राई, २८ वर्षीय रामकुमार राई, २१ वर्षीय मनिष राई र २२ वर्षीय प्रविन राई रहेका […]

सागका लागि महिला भलिबल खेलाडी छनोट

काठमाडौँ, १५ भदौ । नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता ९साग० का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा १८ खेलाडी छनोट गरिएको हो । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई आधार मानेर यसअघि १३औँ सागका लागि २५ खेलाडी छनोट गरिएको थियो । प्रारम्भिक […]

दुर्घटनाबाट सबैभन्दा बढीको मृत्यु मोरङमा

विराटनगर, १५ भदौ । हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ प्रमुख नाराका साथ ट्राफिक प्रहरीले आज यहाँ सचेतना कार्यक्रम गरेको छ । खासगरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा प्रदेश नं १ मा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु हुने जिल्ला मोरङ देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा प्रदेशभरिमा सवारी दुर्घटनाबाट ३६४ […]

हुलाकी राजमार्गको कालोपत्र अन्योलमा

धनगढी, १५ भदौ । निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी सडक निर्माण भएको भूमि आफूहरुको भएको भन्दै भारतीय पक्षले बखेडा झिकेपछि कञ्चनपुरको पचुई हुलाकी सडकखण्डमा कालोपत्र गर्ने कार्य अन्योलमा परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बखेडा झिकेपछि बेलौरी नगरपालिकको पचुई हुलाकी सडकखण्डमा कालोपत्र गर्ने काम अघि बढ्न नसकेको हुलाकी सडक आयोजना कार्यालयका सूचना अधिकारी पदमबहादुर […]

हात्तीको आक्रमणबाट मृत्यु

इनरुवा, १५ भदौ । सुनसरीको कोशी गाउँपालिका–३ मा हात्तीको आक्रमणबाट आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३२ वर्षीय अनमोल मुखिया रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय खरेखोलामा माछा मार्ने क्रममा कोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको जङ्गली हात्तीले आक्रमण गरेपछि मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । […]

डेङ्गुविरुद्ध भक्तपुरमा पदयात्रा

भक्तपुर, १५ भदौ । डेङ्गु रोगको सङ्क्रमण बढेपछि यसलाई रोक्न जनचेतनामूलक ¥याली प्रदर्शन गरिएको छ । नेपाल स्काउटले स्थानीय तदर्थ परिषद् भक्तपुर नगरपालिकाको सहयोगमा प्रदर्शन गरेको ¥याली दत्तात्रयबाट शुरु गरिएको थियो । दत्तात्रयबाट शुरु गरिएको ¥याली इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी, गहिटी, बंशगोपाल, भार्वाचो, खौमा, दरबारक्षेत्र हुँंदै जिल्ला स्काउट कार्यालय दरबार स्क्वायर पुगेर समापन भएको थियो […]

घुस लिएको आरोपमा प्रहरी विरुद्ध नै मुद्दा दायर

काठमाडौँ, १५ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोक बनेपाका प्रहरी हवल्दार रामहरि मानन्धर र प्रहरी जवान हरिचन्द्र बानियाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । मेलम्चीदेखि काठमाडौँतर्फ बालुवा लिई आउने क्रममा राजमार्गमा पर्ने बनेपा ट्राफिक पोष्टसमेतका कर्मचारीले नदीजन्य पदार्थ ढुवानी गरेवापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा केही समय […]

शेयर बजार ः नेप्से दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १५ भदौ । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको आज पहिलो दिन कारोवार मापक नेप्से ११.६३ विन्दुले घटेर एक हजार १८४.७८ विन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक समेत १.९५ विन्दुले घटेर २५९.२९ मा पुगेको छ । नेप्से परिसूचक घटेसँगै कारोवार रकमसमेत सस्तैमा […]

बेलायती प्रधानमन्त्री विरुद्ध हजारौंको प्रदर्शन

लण्डन, १५ भदौ । संसदीय कार्यवाही निलम्बन गर्ने निर्णयप्रति असन्तुष्टी जनाउँदै बेलायतका प्रधानमन्त्री बोरिस जोनसन विरुद्ध शनिबार देशभरी प्रदर्शन भएका छन् । राजधानी लण्डनसहित देशका दर्जनौं सहरमा हजारौं प्रदर्शनकारी भेला भएको अधिकारीहरुले जानकारी दिएका छन् । प्रदर्शनकारीहरुले ‘संसद निलम्बन फिर्ता गर,’ ‘लोकतन्त्रको रक्षा गर,’ जस्ता नारा लेखिएका घरमै निर्मित प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा […]

Promotion of technical education realised as need for Nepal’s economic prosperity

Germany, Sept 1. During the 21st Conference of NGOs held in Germany, Germany-based NGOs have expressed interest to assist Nepal for the promotion of technical and vocational education which has been realized vital to make headway to economic progress. The conference organised by German Nepal Friendship Association discussed the possibilities to bring in foreign investment, […]