खस्यौली, २१ भदौ । प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सङ्घीयता स्थापना नहुँदासम्म पूँजी बजारको विस्तार हुन नसक्ने बताएका छन् । नेपाल पत्रकार महासङ्घ रुपन्देही र नेपाल धितोपत्र बोर्डको संयुक्त आयोजनामा आज बुटवलमा भएको ‘आर्थिक तथा शेयर बजारसम्बन्धी अभिमुखीकरण’मा उनले पूँजी बजारको विषयमा जनसहभागिता नभएको उल्लेख गर्दै एउटा किसान र मजदूरलाई […]
Author: ननस्टप संवाददाता
डुबेर तीनको मृत्यु
घोराही, २१ भदौ । दाङमा डुबेर आज तीन जनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा तुलसीपुरमा दुई र घोराहीमा एक शिशुको खेल्ने क्रममा कुलोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विनोदविक्रम शाहका अनुसार आज बिहान करीब १०ः३० बजेतिर घोराही उपमहानगरपालिका–७ राजपुरकी एक बालिकाको कुलोमा डुबेर मृत्यु […]
एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु
संयुक्त राष्ट्रसंघ, २१ भदौ । काममै कार्यारत्त रहेका बेलामा नै एक बर्षमा संयुक्त राष्ट्रसंघका ७२ कर्मचारीको मृत्यु भएको छ । मृत्यु भएका राष्ट्रसंघका ती कर्मचारी मध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार जना प्रहरीको कामकै शिलशिलामा मृत्यु भएको हो । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रमको […]
पर्यटन वर्षलाई सघाउन उपसमिति गठन
बागलुङ, २१ भदौ । गण्डकी प्रदेशले घोषणा गरेको पर्यटन वर्ष (सन् २०१९–२०२२) सफल पार्न जिल्लास्तरीय समन्वय उपसमिति गठन गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको उपस्थितिमा उपसमिति घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुङ्गानाको अध्यक्षतामा गठित उपसमितिको उपाध्यक्षमा जिससका उपप्रमुख विष्णुप्रसाद भुसाल रहेका छन् । पदेन सदस्यमा […]
सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन
मिक्लाजुङ, २१ भदौ । पाँचथरको दक्षिणी भेग कुम्मायक गाउँपालिका–१ साबिक यासोकको विकट गाउँखाल्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि नागरिक हर्षित भएका छन् । सामुदायिक स्वास्थ्य एकाइको भवन निर्माण गरिएपछि हर्षित भएका हुन् । निर्माण गरिएको भवनको शुक्रबार उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले वडाकै दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य एकाइ भवन निर्माणपछि त्यस भेगका अढाई सय […]
पीडामा बित्दै मुक्त हलियाको दैनिकी
अमरगढी, २१ भदौ । हलियामुक्त घोषणा भएको ११ वर्ष बितिसक्दा पनि सुदुरपश्चिमका अधिकांश मुक्त हलियाको अवस्था झनै दयनीय बन्दै आएको छ । सरकारले विसं २०६५ भदौ २१ गतेका दिन नेपालका १२ जिल्लाका १९ हजार ५९ हलियालाई विधिवतरूपमा कानूनसम्मत हलिया प्रथाको अन्त्य गर्दै हलिया मुक्त घोषणा गरेको थियो । जग्गाधनीबाट बाध्यतावश एउटा पुस्ताले ऋण लिएर त्यसको […]
भारत चल्ने बस रोक्दै होटल व्यवसायी
राँझा, २१ भदौ । नेपालगन्जका होटल व्यवसायी नेपालगन्ज हुँदै भारतका विभिन्न शहरमा सञ्चालन भइरहेका यात्रुवाहक बस रोक्न सडकमा उत्रिएका छन् । पर्यटकीय इजाजत लिएर भारतका विभिन्न शहरमा यात्रु ओसार–पसार गर्ने नेपाली बसलाई रोक्नका लागि सरोकारवाला निकायलाई पटक–पटक अनुरोध गर्दा बेवास्ता गरेपछि आफैँले बस रोक्नु परेको होटल व्यवसायी सङ्घले जनाएको छ । नेपालगन्ज हुँदै दैनिक दर्जनभन्दा […]
हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, २१ भदौ । मनसुनी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यूनचापीय रेखा औसत स्थान आसपासमै रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद् मञ्जु बासीले बताइन् । उक्त न्यूनचापीय रेखा तलतिर सर्ने क्रम जारी […]
लोप हुँदै कुमालेको पेशा, सङ्कटमा तेली
बाँके, २१ भदौ । नेपालगञ्जको रामनगरमा बस्दै आएका सोनु कुमालले बनाएका माटाका सामग्रीहरुले आजभोलि यहाँका बजारमा स्थान पाउँदैनन् । उहाँले बनाएका माटाका पाला, दियो, खुत्रुकेलगायका सामग्रीमा पनि बिक्री नभएपछि बाक्लै धुलो जमिसकेको छ । नेपालगञ्जमा प्लाष्टिकका सामग्रीहरुको बढ्दो प्रयोगका कारण उहाँले माटाका सामग्री बनाउन पनि छाडिसकेका छन् । सोनुलाई कामको फुर्सदसँगै अहिले जीविका चलाउन धौ–धौ […]
सुनसरीमा माछा र मासु उत्पादनमा वृद्धि
इनरुवा, २१ भदौ । सुनसरीमा माछा र मासु उत्पादनमा वृद्धि भएको छ । जिल्लामा आर्थिक वर्ष २०७५÷७६ मा ११ हजार ८५५।१ मेट्रिक टन मासु उत्पादन भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको तथ्याङ्कले जनाएको छ । सुनसरीमा आव २०७४/७५ मा ११ हजार ६६६.४९ मेट्रिक टन मासु उत्पादन भएको थियो । जिल्लामा कृषकको आकर्षण […]











