गिद्ध संरक्षणमा जोड

धादिङ, २१ भदौ । जिल्लाको आँखुखोला र बुढीगण्डकीको किनारमा बथानमा देखिने गिद्ध पछिल्ला दिनहरुमा हराउँदै गएको छ । आज सेप्टेम्बर ७ अर्थात भदौ २१ गते ११ औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा पनि मनाइँदैछ । प्रत्येक वर्ष सेप्टेम्बर महीनाको पहिलो शनिबार तथा त्यस सप्ताहभर मनाइने अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवसका अवसरमा गिद्धको महत्व, लोप हुनुको कारण […]

‘ज्येष्ठ नागरिकका लागि सरकार संवेदनशील छ’

ललितपुर, २१ भदौ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले ज्येष्ठ नागरिकका लागि सरकार सदैव सहयोग गर्न संवेदनशील रहेको बताएकीछन् । गोदावरी नगपालिका–१४ बाडेगाउँस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रले आज आयोजना गरेको ‘स्मारिका विमोचन तथा छैटौँ साधारणसभा’ कार्यक्रममा उनले मुलुकमा ज्येष्ठ नागरिकको हक–अधिकार सुनिश्चित गराउन विभिन्न कार्यक्रम अघि बढिरहेका स्मरण गराईन् । उनले भनिन्, […]

डेङ्गुका बिरामी बढेसँगै रगतको अभाव

चितवन, २१ भदौ । डेङ्गुका बिरामी बढेसँगै जिल्लामा रगतको अभाव देखिएको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार नियमित रक्तदान नहुँदा डेङ्गु सङ्क्रमितलाई आवश्यक पर्ने सेतो रगत पु¥याउन कठिन भएको हो । अहिले दैनिक १०० युनिट सेतो रगतको माग रहेको बताउँदै उहाँले केन्द्रले ६० देखि ७० युनिट मात्रै उपलब्ध गराउन सकेको जानकारी […]

इन्द्रध्वजोत्थानको साइत मङ्गलबार बिहान ९ः१७ बजे

काठमाडौँ, २१ भदौ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको इन्द्रध्वजोत्थान (लिङ्गो ठड्याउने) साइत यही भदौ २४ गते मङ्गलबार बिहान ९ः१७ बजे रहेको जनाएको छ । इन्द्रध्वजोत्थान इन्द्रजात्राको महत्वपूर्ण दिन हो । भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राकोे लिङ्गो शुक्रबार बिहान ९ः३५ बजे भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको थियो । पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर […]

‘उपलब्धि रक्षाका लाग सङ्घर्ष जरुरी’

काठमाडौँ, २१ भदौ । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले दलित समुदायका सन्दर्भमा प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएकाले रक्षाका लागि सचेत रहनुपर्ने बताएका छन् । समता फाउण्डेशनको १०औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले पछिल्लो समयमा संविधानले दिएको समावेशिता र समानुपातिक सिद्धान्तविपरीत अनावश्यक बहस शुरु भएको भन्दै प्राप्त अधिकार रक्षाका लागि एकीकृतरूपमा सङ्घर्ष गर्नुपर्नेमा जोड […]

कर्णाली राजमार्ग अवरुद्ध

मान्म, २१ भदौ । शुक्रबार रातिदेखिको अविरल वर्षाका कारणले कर्णाली राजमार्गअन्तर्गतको तिलागुफा नगरपालिका–७ टाकुल्ला खोलामा पहिरो गएको छ । अविरल वर्षापछिको पहिरोका कारणले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग खुलाउन सडक डिभिजन कार्यालय जुम्लाबाट डोजर पठाइएको जनाइएको छ । राजमार्ग अवरुद्ध हुँदा यातायातका साधन चल्न नसकेको तिलागुफा नगरपालिकाका प्रमुख रतनबहादुर शाहीले बताए । […]

वाग्मतीलगायत नदी र चक्रपथ सफाइ अभियान जारी

काठमाडौँ, २१ भदौ । उपत्यकाका सभ्यताका स्रोतका रुपमा रहेका वाग्मतीलगायत नदी एवं चक्रपथ सफाइ अभियान जारी छ । वाग्मती सफाइ महाअभियानको ३३०औँ हप्तामा त्रिपुरेश्वरस्थित गुसिङ्गाल पुल क्षेत्रको नदी किनारमा सफाइ गरियो । सफाइमा १९ संस्थाका ४०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सफाइबाट छ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका […]

हनुमन्तेमा दुई टन फोहर सङ्कलन

मध्यपुरथिमि, २१ भदौ । हनुमन्ते सफाइ अभियानको ८०आँै हप्तामा आज मध्यपुरथिमि नगरपालिका–३ कौशलटारदेखि गठ्ठाघरसम्मको सडक सरसफाइ गरिएको छ । सूर्यविनायक नगरपालिकाको नेतृत्वमा भएको सफाइ अभिायनको क्रममा कौशलटारदेखि गठ्ठाघरसम्मका सडकमा रहेको फोहर सङ्कलन गर्नुका साथै भित्तामा कुरुप हुने गरी टाँगिएका ब्यानर एवं फ्लेक्सप्रिन्ट हटाइएको छ । अभियानमा जिल्लाका विभिन्न सङ्घसंस्था, नगरपालिका, अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, […]

नेपाली भाषा ज्ञान प्रतियोगिता

पोखरा, २१ भदौ । विज्ञहरू शब्द उच्चारण गर्थे, विद्यार्थीहरू त्यसको वर्णविन्यास अनुसारको हिज्जे उच्चारण गरिरहेका थिए । अर्को पटक फेरि शब्द सोधिन्थ्यो, विद्यार्थी त्यसको पर्यायवाची, विपरीतार्थी आदि शब्द जे पर्छ, त्यसैको उत्तर फटाफट दिन्थे । घरिघरि विद्यार्थी अलमलिन्थे र अर्को समूहलाई पास गरिदिन्थे । जुन दृश्य नेपाली भाषा शिक्षक परिषद् कास्कीको संयोजन एवम् नेशनल प्याब्सन […]

सिङ्गो गाउँ नै भाइरल ज्वरोबाट सङ्क्रमित

बेझाड, २१ भदौ । पाल्पाको पूर्वखोला गाउँपालिका–३ अर्खलडाँडा क्षेत्रमा भाइरल ज्वरोको प्रकोपले सताएको छ । यहाँका एकै गाउँका ७३ जनामा भाइरल ज्वरोको सङ्क्रमणले सताएको छ । गाउँमा चार दिनअघि देखि भाइरल ज्वरोका बिरामी देखापरेका हुन् । गाउँमा भाइरल ज्वरोका बिरामी बढ्न थालेपछि गाउँपालिकाले शिविर नै खडा गरेर स्वास्थ्य उपचार सेवा दिएको स्वास्थ्य शाखा उपसंयोजक मोहन […]