‘गैरकानूनीरूपमा खाडीतर्फ इन्धन आपूर्तिमा सम्लग्न जहाज’ इरानी कब्जामा

तेहरान, इरान, २१ भदौ । इरानी सामुद्रिक सुरक्षा गार्डले खाडीतर्फ गैरकानूनीरूपमा इन्धन आपूर्तिमा सम्लग्न भएको आरोपमा पुनः अर्को एक जहाजलाई इरानबाट कब्जामा लिएको इरानी सञ्चारमाध्यमले शनिबार जनाएका छन् । इरानले कार्गो बोक्ने उक्त पानी जहाजमा चालक दलका सदस्यसहित कम्तीमा १२ जनालाई पनि आफ्नो नियन्त्रणमा लिएको इकोफार समाचार संस्थाले जनाएको छ । नियन्त्रणमा लिइएका चालक दलका […]

अफगानिस्तानमा बाह्र लडाकू मारिए

मजार ए शारिफ, अफगानिस्तान, २१ भदौ । अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी थप १२ लडाकू मारिएका छन् । देशको उत्तरी बाल्ख प्रान्तमा पछिल्लो २४ घण्टामा भएको सुरक्षा कारबाहीमा परी उनीहरु मारिएका हुन् । उत्तर क्षेत्रीय सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले शनिबार दिएको जानकारी अनुसार मारिने सवै जना तालिबान लडाकू हुन् । अफगानिस्तानको सुरक्षा बलले चाम्ताल जिल्ला […]

मुगाबेको सम्मानमा राष्ट्रिय शोक दिवस र राष्ट्र नायक घोषणा

हरारे, २१ भदौ । जिम्बाब्वेका राष्ट्रपति इम्मर्सन मनाङ्ग्वाले पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई राष्ट्र नायक घोषणा गरेका छन् । उनको अन्त्येष्टी नगर्दासम्म राष्ट्रिय शोक घोषणा गरिएको पनि राष्ट्रपति मनाङ्ग्वाले बताए । मुगाबेको गत अप्रिलदेखि सिंगापुरमा उपचार भइरहेकोमा गत शुक्रबार बिहान ९५ वर्षको उमेरमा उनको निधन भएको थियो । राष्ट्रका नाममा सम्वोधन गर्दै राष्ट्रपति मनाङ्ग्वाले राष्ट्र नायक र […]

डोरियन आँधीबाट बहमासमा ४३ को मृत्यु

बहमास, २१ भदौ । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको छ । उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छा्डेका हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री […]

विकास र समृद्धिको मुख्य आधार पर्यटन ः मुख्यमन्त्री राउत

महोत्तरी, २१ भदौ । प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले कृषि, उद्योग र पर्यटन विकास समृद्धिको मुख्य आधार रहेको बताएका छन् । बर्दिवासमा आज नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ प्रदेश २ को प्रथम महाधिवेशनको उद्घाटन गर्दै उनले नेपाली समाजको विविधतालाई अवसरका रुपमा उपयोग गरी समृद्धि र विकासको बाटो पहिल्याउनुपर्ने बताए । […]

चिनियाँलाई लगानी गर्न आह्वान

काठमाडौँ, २१ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल लगानीका लागि प्रचुर सम्भावनाको मुलुक भएको बताएका छन् । काठमाडौँस्थित चिनियाँ राजदूतावासले आज आयोजना गरेको नेपाल–चीन व्यापारसम्बन्धी फोरममा मन्त्री भट्टराईले नेपालको राजनीतिक सङ्क्रमण अन्त्य भई लगानीको वातावरण निर्माण हँुदै गएकाले चिनियाँ उद्योगपति तथा व्यापारीलाई लगानी गर्न आह्वान गरे । उनले सामाजिक पूर्वाधार तथा […]

नेपाल–चीन परराष्ट्रमन्त्रीस्तरीय बैठक आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने

काठमाडौँ, २१ भदौ । नेपाल र चीनबीच आगामी सोमबार दुवै देशका परराष्ट्रमन्त्रीको नेतृत्वमा राजधानीमा हुने प्रतिनिधिमण्डलस्तरीय वार्ता आर्थिक र विकास साझेदारीमा केन्द्रित हुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको भोलिदेखि हुने नेपालको औपचारिक भ्रमण र द्विदेशीय प्रतिनिधिमण्डलस्तरीय वार्ताबारे सङ्क्षिप्त कुराकानीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल–चीन सम्बन्धका समग्र पक्षका साथै पारस्परिक हित र चासोका सबै विषयमा […]

दार्चुलामा पनि डेङ्गुको जोखिम

दार्चुला, २१ भदौ । तराई क्षेत्रमा बढ्दो मात्रामा देखिने डेङ्गु पछिल्लो समय दार्चुला जिल्लामा पनि फैलिन थालेको छ । एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोग गत साउनयता चार जनामा देखापरेको जिल्ला अस्पतालले जनाएको छ । डेङ्गुका कारण चार जना बिरामी अस्पताल आएकामा तीन जनालाई थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी पठाइएको छ […]

एउटै वडाबाट १५ करोडको आलु निर्यात

सल्यान, २१ भदौ । कुनै बेला जिल्लाकै विकट र दुर्गम मानिने वाफुखोला अहिले करोडौँको आलु निर्यात गर्ने गाउँ बनेको छ । बागचौर नगरपालिका–१२ वाफुखोलाबाट यस वर्ष रु १५ करोडको आलु निर्यात भएको छ । आलुखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यस क्षेत्रका बासिन्दाले अन्नबाली छाडेर आलुखेती गर्दै आएका छन् । वाफुखोलाका ८० प्रतिशत जमीनमा वर्षे आलुखेती […]

मैत्रीपूर्ण फुटबल खेलको उपाधि कर्मचारीलाई

रुकुमपूर्व, २१ भदौ । जिल्लामा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ । रुक्मिणी रङ्गशाला रुकुमकोटमा सञ्चालन भएको निजामती कर्मचारी र जनप्रतीनिधिबीचको मैत्रीपूर्ण फुटबल खेलमा कर्मचारीको समूहले जित हासिल गरेको छ । जनप्रतिनिधि र कर्मचारीबीचमा भएको खेलमा कर्मचारीको समूह ७–१ ले विजयी भएको हो । सङ्घीयताले जन्माएको नयाँ जिल्ला रुकुमपूर्वमा पहिलोपटक कर्मचारी मिलन केन्द्रको स्थापना भएसँगै […]