काठमाडौं, २३ माघ । काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महलको भवन बनाउन ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान दिएको छ । काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्ष प्रतिकरत्न ताम्राकारलाई बुधबार चेक हस्तान्तरण गरे । महानगरको वडा १० शंखमूलमा ७ रोपनी ६ आना ३ पैसामा फैलिएको केन्द्रलाई चेक हस्तान्तरपछि नगरप्रमुख […]
Author: Sangeeta Aryal
कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु
काठमाडौं, २३ माघ । काठमाण्डौको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा दुवै रौतहट निवासी हुन् । प्रदेश ०३-००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । टिपर भने ठक्कर दिएपछि […]
जोगिए डोनाल्ड जे ट्रम्प महाअभियोगबाट
काठमाडौं, २३ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड जे ट्रम्प आफूमाथि लागेको माहाअभियोगको प्रस्तावबाट मुक्त भएका छन्। गएको डिसेम्बरमा अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले महाअभियोग लगाए पनि ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको नियन्त्रण रहेको माथिल्लो […]
हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब पैँतीस अर्ब लगानी
काठमाडौं, २३ माघ । आगामी पाँच वर्षमा हवाई क्षेत्रको विकास र विस्तारका लागि तीन खर्ब ३५ अर्ब रुपियाँ लगानी गरिने भएको छ । यसबाट नेपालको हवाई क्षेत्रले अतुलनीय फड्को मार्ने सम्बद्ध निकायको विश्वास रहेको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भने, “आगामी पाँच वर्षमा उड्डयन […]
विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु: बाबुराम भट्टराई
काठमाडौं, २३ माघ। समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललितानिवास जग्गा हिनामिना प्रकरणमा असहजता महसुस गरेको प्रतिक्रिया दिएका छन् । ‘मन्त्री दोषी तर प्रम निर्दोष देखिँदा मैले पनि असहजता महसुस गरेको छु । सुर–असुर द्वन्द्वबाट निस्केको कालकुट विष पिएर शिवजी नीलकण्ठ बनेझैं देशलाई आवश्यक पर्छ भने म पनि नीलकण्ठ बन्न तयार छु । […]
नेपाली सेनाको अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट) मा जागिरका लागि विज्ञापन
भक्तपुर, २३ माघ । नेपाली सेनाले खुला प्रतिस्पर्धाबाट भर्ना गर्ने माथिल्लो पद अधिकृत क्याडेट सेकेन्ड लेफ्टिनेन्ट मा आवेदन फारम खुलाएको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डाले बिहीवार एक सूचना जारी गर्दै जागिरका लागि विज्ञापन गरेको हो । खुला र समावेशी समेत गरि १ सय ५० जना सेकेन्ड लेफ्टिनेन्ट सेना लाई […]
लुम्बिनी प्रादेशिक अस्पतालका सटरमा चल्यो डोजर
बुटवल, २३ माघ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका ब्यबसायिक सटरमा डोजर चलेको छ । प्रदेश सरकारले अस्पतालको बिकाससँगै प्रदेश गौरवको आयोजनाको रूपमा अगाडि बढाउन थालेको छ । पटक पटक सूचना प्रकाशित गरेर सटर खाली गर्न ब्यबसायीलाई आग्रह गरेपनि अटेर गरेपछि अस्पतालका सटरमा बिहिवार बिहान डोजर चलेको हो । अस्पतालका ७३ वटा ब्यवसायिक सटरहरू रहेका छन् […]
अध्यक्ष बिजुक्छेँले गरे ३ दिने शैक्षिक प्रदर्शनीको उद्घाटन
भक्तपुर, २३ माघ । भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप माविको २० औं, ख्वप कलेजको १८ औं र शारदा क्याम्पसको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित शैक्षिक प्रदर्शनीको उद्घाटन गरिएको छ । बुधबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहित ले उक्त प्रदर्शनी उद्घाटन गरेका हुन । बुधवार शुरु भएको प्रदर्शनी शुक्रवार सम्म सञ्चालन हुने र प्रवेश […]
प्रचण्ड र बेलायती राजदूत निकोलाबीच भेटवार्ता, आर्थिक विकास र शान्ति प्रक्रियाबारे छलफल
काठमाडौं, २३ माघ ।नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेकी छन् । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग […]
चीनलाई नरुचाउनेहरुले कोरोनाबारे गलत प्रचार गरे : प्रचण्ड
पोखरा २२ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइरसबारे अनावश्यक भ्रम फैलाइएको बताएका छन् । चीनलाई मन नपराउनेहरुले उसलाई त्रसित बनाउन अनावश्यक भ्रम फैलाएको प्रचण्डको भनाइ छ । बुधबार पोखरामा पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले भ्रमण वर्षको मुखैमा चीनमा कोरोना भाइरसको प्रकोप फैलिइरहँदा नेपालको पर्यटनमा थोरै […]