कलंकी अन्डरपासमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु

काठमाडौं, २३ माघ । काठमाण्डौको कलङ्कीको अण्डरपासमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ । गएराति पौने १ बजे टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ । मृत्यु हुनेमा दुवै रौतहट निवासी हुन् ।

प्रदेश ०३-००४ प ५५० नम्बरको मोटरसाइकललाई टिपरले ठक्कर दिएको थियो । टिपर भने ठक्कर दिएपछि फरार भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रौतहटका राकेशकुमार चौधरी र मुन्ना चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी दिए । उनका अनुसार घाइते दुवै जनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको हो ।

Loading...