मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री सोमबार अस्पताल भर्ना हुँदै, नातिनीले मिर्गौला दिने

फागुन १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना हुँदैछन् । उनको दोस्रो पटक मिर्गौला प्रत्यारोपण बुधबार हुँदैछ । प्राप्त जानकारी अनुसार उनलाई आफ्नो नातेदार पर्ने नातिनीले मिर्गौला दिँदैछिन् । ती नातिनीसँग उनको मिर्गौला म्याच भएपछि उनी दिन तयार भएकी हुन् । उनको नाम भने गोप्य राखिएको छ । प्रधानमन्त्रीको […]

तुलसी सिवाकोटीको नयाँ गीत(भन्देउ मायाले)को भिडियो सार्वजनिक

काठमाडौँ, गायक तुलसी सिवाकोटीको नयाँ गीत भन्देउ मायालेुको म्युजिक भिडियो सार्वजनिक भएको छ । डी पी खनालको शब्द र विश्व अधिकारीको संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियोमा नयाँ डान्सग्रुप फ्युचर क्रु र अन्जिता कंडेललाइ फिचारिंग गरिएको छ प्रहिल कार्कीको निर्देशनमा बनेको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी र माधव बेलबासेको सम्पादन रहेको छ । फ्युचर क्रु चितवनमा […]

प्रधानमन्त्री ओलिको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिने

काठमाडौँ, १८ फागुन । एपेन्डिसाइटिसको शल्यक्रियामा सफलता प्राप्त गरी संक्रमणबाट जोगिन प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने भएका छन । आइतबार बसेको नेकपा सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गरिने जानकारी दिए। ‘सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्य उपचारको योजनाको बारेमा जानकारी […]

फेरि घट्यो सुनको मूल्य

काठमाडौं, १८ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ । आज आईतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य १२ सय रुपैयाँले घटेको छ । शुक्रबार तोलामा ७९ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १२ सय रुपैयाँ घटेर तोलामा ७८ हजार रुपैयाँमा कारोबार भएको […]

नेपालको लगातार दोस्रो हार, हङकङसँग ४३ रनले पराजित

काठमाडौं, १८ फागुन । नेपाल हङकङसँग पराजित भएको छ। एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो। हङकङले दिएको १ सय ५५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपालले १८ ओभर १ बलमा अलआउट हुँदै १ सय ११ रन मात्र […]

राष्ट्रियसभा सदस्य मनोनयनका लागि नेकपा सचिवालय वैठक बस्दै

काठमाडौं, १८ फागुन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  को आज (आइतबार) सचिवालय बैठक बस्दैछ । राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक डाकेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ः३० बजेका लागि बैठक तय भएको नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित […]

घर बाहिर शौच गर्न गएका व्यक्तिमाथि गोली प्रहार

फागुन १८, महोत्तरी । महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले हानेको गोली लागि गम्भीर घाइते भएकान छन् । विहान घर बाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको […]

एसीसी क्रिकेट: नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दियो

काठमाडौं, १८ फागुन । थाइल्याण्डमा जारी एसीसी इष्टर्न रिजन टी२० क्रिकेट प्रतियोगितामा नेपाल आज हङकङसँग खेलिरहेको छ । खेल नेपाली समय अनुसार सवा ८ बजे सुरु भएको छ । नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको छ । अहिले हङकङ ब्याटिङ गरिरहेको छ । नेपालले बलिङ रोजेको छ । हङकङ पहिलो खेल खेल्न लागेको हो […]

सामान बोकेको पानीजहाज माछा मार्ने डुंगासँग ठोक्किदा १३ जना बेपत्ता

एजेन्सी, जापानमा शनिबार राति सामान बोकेको एउटा पानी जहाज माछा मार्ने डुंगासँग ठोक्किदा १३ जना बेपत्ता भएका छन्। शनिबार राति स्थानीय समयअनुसार साढे १० बजेतिर दक्षिण कोरिया आउँदै गरेको चीनको गोउसिङ १ कार्गोजहाज र जापानी डुंगा ठोक्किएका थिए। दुर्घटनामा परी जहाजको चालक दलका १३ जना बेपत्ता भएका हुन्। बेपत्ता हुनेमध्ये सात चिनियाँ, पाँच भियतनामी र […]

विवाहको रकम जोगाएर विद्यालयमा अक्षयकोष

बाग्लुङ, १८ फागुन । यहाँका एक नवजोडीले विवाहको रकम जोगाइ विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। जैमिनी नगरपालिका–४ सर्कुवाका तारा शर्मा र काठेखोला गाउँपालिका–७ रेशका तीर्थप्रसाद गौतमले काठेखोला–७ रेशस्थित रेश नुन्थला माध्यमिक विद्यालयमा एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन्। विवाहमा सुन किन्दा लाग्ने खर्च कटाइ पिता चन्द्रप्रसाद गौतमको स्मृतिमा अक्षयकोष स्थापना गरेको […]