मुस्ताङ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजना अन्तर्गत बहुचर्चित कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्डमा २३ वटा पक्की मोटरेबल पुल बन्ने भएको छ । तीमध्ये ८ वटाको काम भइरहेको र १५ वटा पुलको काम आगामी आर्थिक वर्षमा शुरु गरिने कालिगण्डकी करिडोर जोमसोम कार्यालयले जनाएको छ । करिडोरले निर्माण गर्ने पुलबाहेक सडक विभाग पुल सेक्टर आयोजनाले म्याग्दीको तिप्ल्याङ […]
Author: Desk Nonstop
३३ किलो सुनकाण्डका अर्का अभियुक्त घलेद्वारा आत्मसमर्पण
काठमाडौं । तस्करीको ३३ किलो सुन र समन शाक्य हत्याकाण्डका फरार अभियुक्त छिरिङ वांगेल घलेले आत्मसमर्पण गरेका छन्। उनले आइतबार बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए। आत्मसमर्पण गरेका घलेको अदालतमा बयान सुरु भइसकेको छ । तस्करीको सबै व्यवस्था मिलाउने घले लगानीकर्ता मध्येका भुजुङ गुरुङका सालो हुन् । घलेले नै […]
राष्ट्रकवि घिमिरे फेरि अस्पाल भर्ना
काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा उपचार गरेर फर्किएको भोलिपल्टै घिमिरे अस्पताल भर्ना भएका हुन् । घिमिरेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ । घिमिरेमा बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । स्वास्थ्यमा समस्या आएपछि घिमिरे जेठ पहिलो साता पनि अस्पताल भर्ना भएका […]
रहेनन् पूर्वगृहमन्त्री शाही, उपचार गर्दागर्दै ग्राण्डी अस्पतालमा निधन
काठमाडौं । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । शाहीको पारिवारिक स्रोतले आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा उनको मृत्यु भएको जनाएको छ । श्वासप्रश्वास, मुटु रोगसँगै दुवै मिर्गौला फेल भएर डाइलाइसिस् गर्दै आएका शाही अढाइ महिनाअघि अस्पताल भर्ना भएका थिए । […]
कोरिया भाषा परीक्षा २६ र २७ गते
काठमाडौं । कोरिया भाषा परीक्षा यही जेठ २६ र २७ गते हुने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सन् २०१९ को लागि भाषा परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो । शाखाका अनुसार काठमाडौं, ललितपुर र पोखरा गरी २८ केन्द्र तोकिएका छन् । परीक्षा बिहान ८ बजेदेखि १० बजेसम्म र १२ बजेदेखि […]
दरवार हत्याकाण्ड भएको १७ वर्ष पूरा
काठमाडौं । तत्कालिन राजा विरेन्द्रका वंश नै समाप्त हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको १७ वर्ष पुगेको छ । २०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो । आजभन्दा ठीक १७ वर्षअघिको उक्त हत्याकाण्डपछि नेपाली राजनीतिले कोल्टो फेरेपनि सत्यातथ्य छानविन भने अझै भएको छै्रन । दरबारभित्रै आयोजना गरिएको […]
उत्तर कोरियासँगको वार्ता तोकिएकै समयमा हुन्छ – ट्रम्प
एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वार्ता जुन १२ मा हुने भएको छ । यसअघि अमेरिकाले उत्तर कोरियासँगको वार्ता रद्द गरेको जनाएको थियो । उत्तर कोरियाले कटुतापूर्ण सम्बन्ध देखाएको भन्दै अमेरिकाले वार्ता रद्द गरेको थियो । अमेरिका पुगेको उत्तर कोरियाको टोलीसँग अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पले वार्ता तोकिएकै समयमा […]
इटालीमाथि फ्रान्सको शानदार जित, अस्ट्रेलियाले चेक गणतन्त्रलाई हरायो
काठमाडौं । फिफा विश्वकप अघिको अभ्यास खेलमा फ्रान्स र अस्ट्रेलिया विजयी भएका छन् । फ्रान्सले इटलीलाई र अस्ट्रेलियाले चेक गणतन्त्रलाई पराजित गरेका हुन् । घरेलु मैदानमा भएको खेलमा फ्रान्सले इटालीमाथि ३–१ को जित दर्ता ग¥यो । एलिनाज रिभेरामा भएको खेलको आठौं मिनेटमा नै उम्टिटीले फ्रान्सलाई अग्रता दिलाए । २९ औं मिनेटमा पाएको पेनाल्टीलाई एन्टोनी ग्रिजम्यानले […]
आर्मीको लगातार दोस्रो जित, प्रदेश–१ पराजित
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित दर्ता गरेको छ । शुक्रबार भएको खेलमा प्रदेश नम्बर–१ लाई १०६ रनको फराकिलो अन्तरले पराजित गर्दै आर्मीले लगातार दोस्रो जित हासिल गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले कप्तान विनोद भण्डारीको आक्रमक ब्याटिङको मद्दतमा निर्धारित् […]
मेलम्ची खानेपानी साउन मसान्तसम्म आउँछ : मन्त्रालय
काठमाडौं । खानेपानी मन्त्रालयले आगामी साउन मसान्तसम्म मेलम्ची खानेपानी काठमाडौं ल्याउन मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ । मन्त्रालयले आयोजनाको प्रगतिबारे जानकारी गराउन शुक्रबार गरेको पत्रकार सम्मेलनमा आयोजना निर्माणमा कुनैपनि प्रकारको बहाना स्वीकार्य नरहेको जनाएको छ । मन्त्रालय कुनैपनि शर्तमा कार्ययोजना र तालिकालाई परिवर्तन गर्ने पक्षमा नरहेको स्पस्ट पारेको छ । यस्तै, मन्त्रालयले आयोजना ठेकेदारबाट कार्यप्रगतिलाई […]







