काठमाडौं । पूर्वी तथा पश्चिमी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले केशी ब्यारेजको ५२ वटा ढोकामध्ये २९ वटा ढोका खुल्ला गरिएको छ । शनिबार राति ९ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर जाने पानीको बहाव दुई लाख १५ हजार ९७० क्युसेक प्रतिसेकेण्ड पुगेपछि केशी ब्यारेजको २९ वटा ढोका खुल्ला […]
Author: Desk Nonstop
अखिल क्रान्तिकारीको अध्यक्षमा सिंह निर्वाचित
धनगढी । अखिल क्रान्तिकारीको कैलाली अध्यक्षमा बबरजंज सिंह निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको शनिबार सम्पन्न २० औं जिल्ला सम्मेलनले सिंहको अध्यक्षमा ३५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ । सम्मेलनले उपाध्यक्षमा पदम काफ्ले, सचिव सुवास जोशी, सह–सचिव महेश पातली र कोषाअध्यक्षमा लोकेश जासी निर्वाचित भएका छन् । शिक्षा क्षेत्रमा दलाली, […]
श्रीमती पिडित श्रीमानलाई खुसीको खबर ! अब पुरुषले चाहे पनि सम्बन्ध विच्छेद
काठमाडौं । के तपाईं श्रीमतीबाट पीडित हुनुहुन्छ ? जीवनभरि पीडित भएर पनि श्रीमतीले सम्बन्ध विच्छेद नगर्दा मानसिक तनाव झेलिरहनुभएको त छैन ? यस्तो समस्या भएको भए आगामी भदौसम्म धैर्य गर्नुहोस्, तपाईंले आफै सम्बन्ध विच्छेदको निवेदन दिन पाउनुहुनेछ । मुलुकी देवानी (संहिता) ऐन, २०७४ ले यस्तो व्यवस्था गरेको हो । आजको नेपाल समाचारपत्रमा यो समाचार छापिएको […]
बिदेशबाट फर्किदै गरेका पूर्वप्रधानमन्त्री छोरीसहित विमानस्थलबाटै पक्राउ, यस्तो छ अभियोग
एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरिफ र उनकी छोरी मरियम पक्राउ परेका छन् । आफूमाथि लागेको भ्रष्टाचारको अभियोगको प्रतिवाद गर्न बेलायतबाट स्वदेश फर्कंदै गरेका पूर्वप्रधानमन्त्री नवाज र उनकी छोरी मरियमलाई भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय नेसनल एकाउन्टिबिलिटीका अधिकारीहरुले लाहोर विमानस्थलबाटै पक्राउ गरेका हुन् । उनीहरुलाई रावलपिण्डिस्थित अडियाला जेलमा पुर्याइएको छ । लाहोर विमानस्थलमा पक्राउ गरिएपछि उनीहरुलाई कारमा […]
कोरियामा कामदारको तलब ११% वृद्धि, अब न्यनतम् तलब नै १ लाख ६८ हजार बढी
काठमाडौं । दक्षिण कोरियामा कामदारको तलब १०.९% ले बढ्ने भएको छ। हिजोदेखि लगातार आज बिहान साढे चारसम्म बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१९ का लागि ईपिएसलगायत सम्पूर्ण कामदारको तलब करिब ११ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको हो। तलब वृद्धिसँगै कामदारको तलब प्रति घण्टा ८३५० कोरियन वोन निर्धारण भएको छ। जस अनुसार दैनिक […]
बल्ल ट्राफिक बत्ती मर्मत गरिदै, आधा दर्जन स्थानमा यात्रु प्रतीक्षालय
काठमाडौं । काठमाडौं महानगरपालिकाले जडान भएर पनि संञ्चालन हुन नसकेका राजधानीका मुख्य सडकका सडकबत्ती मर्मत गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले राजधानीको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित गर्न १० स्थानको ट्राफिक बत्ती मर्मत गर्न लागेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ । कामपा भौतिक विकास विभाग प्रमुख रामबहादुर थापाले राजधानीको माइतीघर, थापाथली, त्रिपुरेश्वर, चावहिल, […]
कर्णालीका ३०७ गाउँ असुरक्षित, सुरक्षित स्थानमा सार्ने सरकारको सुरसार छैन
काठमाडाैं । माथिल्लो कर्णालीका चार जिल्लाका ३ सय ७ वटा बस्ती असुरक्षित देखिएका छन् । कर्णाली विकास आयोगले गरेको अध्ययनमा हुम्लामा ७०, मुगुमा ४०, जुम्लामा ८९ र कालिकोटमा १०८ वटा बस्ती असुरक्षित भेटिएका हुन् । चार जिल्लामा १ हजार ४ गाउँ छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ । बाढी, पहिरो, हिमनदी, भिरालो जमिन बस्ती असुरक्षाका प्रमुख […]
दुईबुँदे सहमतिपछि गंगामाया अधिकारीले अनशन तोडिन
काठमाडौं । आफ्नो छोराका हत्यारालाई कारबाहीको माग गर्दै विगत ४५ दिनदेखि अनशनमा रहेकी गंगामाया अधिकारीले शुक्रबार अनशन तोडेकी छन् ।सरकारले दुईबुँदे सहमति गरेपछि गंगामायाले शुक्रबार अपराह्न अनशन तोडेकी हुन् । गत जेठ १५ गतेदेखि वीर अस्पतालको शय्यामा अनशनमा बसेकी गंगामायालाई राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनशन तोडाएका हुन् । त्यसअघि कानुनमन्त्री शेरबहादुर […]
विश्वकप फुटबलमा तेस्रो स्थानका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै
काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको तेस्रो स्थानको प्लेअफका लागि आज बेल्जियम र इङ्ल्यान्ड भिड्दै छन् । नेपाली समयअनुसार आज साँझ पौने ८ बजे सेन्टर पिटर्सबर्ग रंगशालामा दुई टोलीबीच प्रतिस्पर्धा हुँदै छ । मंगलबार भएको खेलमा बेल्जियम फ्रान्ससँग पराजित भएपछि फाइनल प्रवेश गर्न सकेको थिएन भने बुधबार भएको खेलमा क्रोएसियासँग पराजित भएपछि इङ्ल्यान्डले पनि तेस्रो […]
हृदयाघातका कारण पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन
काठमाडौं । पूर्वस्वास्थ्य राज्यमन्त्री मोहम्मद मुस्ताक आलमको निधन भएको छ । बिहीबार गृहजिल्ला रौतहट गएको बेला हृदयाघात भएका आलमको बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ निधन भएको हो । त्यसलगत्तै उनलाई उपचार गर्न बाँसबारीस्थित गंगालाल अस्पताल पुर्याइएको थियो । ५३ वर्षीय आलमको पार्थिव शरीरलाई शनिबार विहान ८ बजेदेखि १० बजेसम्म श्रद्धाञ्जलीका […]











