सप्तकोशीमा पानीको बहाव घट्यो, खतरा भने कायमै

सुनसरी ।  सप्तकोशी नदीमा पानीको बहाव केही घटेपनि खतरा भने कायमै रहेको छ । आइतबार सप्तकोशीमा पानीको वहाव यो बर्षकै उच्च प्रतिसेकेण्ड २ लाख २२ हजार ६ सय २५ क्युसेक रहेकोमा आज घटेर २ लाख ८ हजार ८ सय ६५ क्युसेक पुगेको छ । सप्तकोशीमा पानीको वहाव १ लाख ५० हजार क्युसेक पुगेपछि खतरा मानिन्छ […]

एकै परिवारका ६ जनाले गरे आत्महत्या

काठमाडौं ।  भारत झारखण्डमा एक परिवारका सबै ६ जनाले आत्महत्या गरेका छन् । झारखण्डको हजारीबाग शहरका एक व्यवसायीको सबै परिवारका सदस्यको शव घरभित्रै फेला परेको हो । घरबाट प्रहरीले ६ वटा सुसाइड नोट पनि फेला पारेको जनाएको छ । रातो रंगको कागजमा रहेको सबै सुसाइड नोटमा आफूहरुले स्वेच्छाले आत्महत्या गरेको उल्लेख गरिएको जनाइएको छ । […]

ह्वाट्स एपको गलत म्यासेजले गाउँलेद्वारा गाडीमा हमला, १ इञ्जिनियरको मृत्यु

नयाँ दिल्ली । आज भोली सामाजिक सञ्जाल दुरुपयोगले मान्छेको ज्यानै जाने घटनाहरु समेत घट्न थालेका छन् । भारतको कर्नाटकमा यस्तै एउटा घटना भएको छ । एक जना व्यक्तिले ह्वाट्स एपमा गलत म्यासेज पठाउदा बच्चा चोरी गरेको शंकामा मानिसहरुको जमातले एउटा गाडीमाथि हमला गरेका छन्। हमलामा परी गाडीमा सवार एक व्यक्तिको कुटपिटबाट मृत्यु भएको छ । […]

उदयपुरमा जन्ती बोकेको बस दुर्घटना, एक जनाको मृत्यु

काठमाडौँ ।  उदयपुरको त्रियुगा नगरपालिका-६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् । भारतको फारबिस गन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस गएराती पौँने १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका […]

ओली-प्रचण्डले केन्द्रीय नेताहरुलाई गाउँपालिका इन्चार्ज बनाउने तयारी गरेपछि

काठमाडौं । केपी ओली र प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले आफ्ना केन्द्रीय सदस्यको संख्या ह्वातै बढेपछि नीहरुलाई दुई गाउँपािलकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ । ९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्याएको विधानमा केन्द्रीय सदस्यहरुलार्य गाउँपालिका/नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको नरेन्द्र साउदले लेखेका छन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर सहमति जनाउनासाथ […]

अन्ततः बीमा समितिका अध्यक्षको पद धरापमा, के हो कारण ?

काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चापागाईंको पद धरापमा परेको छ । संघीय संसद सचिवालयमा नयाँ बीमा ऐन विधयेक दर्ता भएसँगै अध्यक्ष चापागाँईको पद धरापमा परेको हो । संसद सचिवालयमा गत बिहीबार दर्ता भएको विधयेकमा बीमा समितिको नाम परिवर्तन गरी बीमा प्राधिकरण राखिने र हाल रहेको सञ्चालक समिति विघटन गरी नयाँ सञ्चालक समिति गठन गर्ने […]

प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौं । प्रतिनिधिसभाले पूर्व–सदस्य तथा पूर्व राज्यमन्त्री मोहम्मद मुस्तक आलमप्रति शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आइतबार बसेको बैठकले आलमको निधनमा शोक प्रस्ताव पारित गरेको हो । आलम २०७० सालमा तत्कालीन मधेसी जनअधिकार फोरमको तर्फबाट रौतहट जिल्ला, क्षेत्र नम्बर २ बाट संविधानसभामा निर्वाचित हुनुभएको थियो । अहिले नेपाल कम्युनिष्ट पार्टीका सदस्य आलमको ५३ वर्षको […]

सुन तस्करीमा पूर्व सांसद सिंहका भाई पक्राउ

काठमाडौं । बाराका पूर्व सांसद लालबाबु सिंहका भाइ रामबाबु सिंह पक्राउ परेका छन्। २०७० सालमा नेपाली कांग्रेसबाट समानुपातिक सांसद रहेका सिंहका भाइ रामबाबुलाई आज राजश्व अनुसन्धान कार्यालय पथलैयाको टोलीले पक्राउ गरेर हिरासतमा राखेको हो । उनलाई पत्र काटेर बोलाइएको थियो । त्यहीँबाट समातेर इलाका प्रहरी कार्यालय जितपुरमा थुनामा राखिएको मध्यमाञ्चल राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख दिव्यराज […]

अमेरिकी सेरेनालाई हराउँदै जर्मनीकी एन्जेलिकले जितिन् विम्बल्डन टेनिसको उपाधि

काठमाडौं । अमेरिकी सेरेना विलियम्सलाई हराउँदै जर्मनीकी एन्जेलिक केर्बेरले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । शनिबार सेन्टर कोर्टमा भएको फाइनल खेलमा केर्बेरले सेरेनालाई ६-३ र ६-३ को सोझो सेटमा सहजै पराजित गरिन् । ३० वर्षीया केर्बेरको यो तेस्रो ग्राण्डस्लाम उपाधि हो । उनले यसअघि युएस ओपन र अष्ट्रेलियन ओपन जितेकी थिइन् । ३६ वर्षीया सेरेना […]

हमासविरुद्ध इजरायलले थाल्यो आक्रमण, दुईको मृत्यु, १२ जना घाइते

काठमाडौं । इजरायलले गाजामा रहेका हमास लडाकुविरुद्ध चार वर्षयताकै ठूलो आक्रमण सुरु गरेको छ । इजरायलका अनुसार ९० भन्दा धेरै रकेट हमलाको जवाफमा हमासका दर्जनौं स्थानमा आक्रमण गरिएको छ । सन् २०१४ मा हमासविरुद्ध भएको लडाइँपछि यो सबैभन्दा ठूलो आक्रमण रहेको बीबीसीले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार गाजा शहरमा भएको हवाइ हमलामा दुई […]