काठमाडौं । अनशनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने बताए पनि अघि बढ्न सकेको छैन । केसीलाई अनशनकै अवस्थामा सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाण्डु ल्याएको थियो । केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँदै गइरहेका बेला वार्ताको ठोस प्रयास भने हुन सकिरहेको छैन । दुवै पक्षले एक–अर्काका कारण संवाद अघि नबढेको आरोप लगाएका छन् । सरकारसँग […]
Author: Desk Nonstop
सुशीला कार्कीदेखि मनिषा कोइरालासम्म माइतीघरमा
काठमाडौं । अनसनरत डा. गोविन्द केसीका माग सम्बोधन गर्न र उनको जीवन रक्षाका आज पनि काठमाडौको माइतीघर मण्डलामा प्रदर्शन हुने भएको छ । सोलिडारिटी फर प्रो. डा केसीको आयोजनामा मध्यान्ह १२ बजेपछि माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी भएको आयोजकहरूले बताएका छन् । प्रदर्शनमा आम नागरिकहरुसँगै मानवअधिकारकर्मी, नागरिक अगुवाहरु, स्वास्थ्यकर्मीहरु लगायत सहभागी हुने जनाइएको छ । […]
७२ जना जिल्ला न्यायधीशको एकैसाथ भयो सरुवा, को कहाँ पुगे ? (नामलिस्टसहित हेर्नुहोस्)
काठमाडौं । न्याय परिषद्ले ७२ जना जिल्ला न्यायधीशको सरुवा गरेको छ । त्यस्तै खुला प्रतिस्पर्धाबाट नाम निकालेका तथा नियुक्ति गरिएका ३८ जना नयाँ न्यायधीशको पदस्थापन समेत गरिएको छ । शुक्रबार बसेको परिषद्को बैठकले सरुवा र पदस्थापन गरेको हो । नियमित प्रक्रियाअनुसार नै सरुवा भएको परिषद्ले जनाएको छ । हेर्नुहोस् न्यायधीश सरुवाको सूची
यी हुन् दोहोरो शतक हान्ने पाकिस्तानी ब्याट्सम्यान, रचे इतिहास
काठमाडौं । पाकिस्तानका ओपनिङ ब्याट्सम्यान फखर जमानले जिम्बाब्वेविरुद्धको खेलमा दोहोरो शतक हानेका छन् । जमानले पाँच खेलको एकदिवसीय श्रृङ्खलामा नटआउट २१० हान्दै इतिहास रचेका हुन् । यससँगै उनले अनवरको २१ वर्ष पुरानो रेकर्ड तोडिदिएका छन् । अनवरले सन् १९९७ मा भारतविरुद्धको खेलमा १९४ रन बनाएका थिए । पाकिस्तानले जमानको २१० रन र इमाम उल हकको […]
गण्डकी प्रदेशसभालाई सम्बोधन गर्ने तयारीमा प्रधनमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्ने भएका छन् । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयको प्रदेशसभा कक्षमा अपराह्न १२ः४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए । उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी गरिसकेको छ । संघीय संरचनाअनुरुप […]
चक्कु प्रहार गरेर कैलालीमा १ युवकको हत्या
कैलाली । कैलालीमा चक्कु प्रहार गरेर एक युवकको हत्या भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका– ७, महुलियाका स्थानीय २६ वर्षीय रमेश विकले सामान्य विवादमा २७ वर्षीय मानबहादुर सोमैको चक्कु प्रहार गरेर हत्या गरेका हुन् । चक्कु प्रहारबाट गम्भीर घाइते सोमैलाई उपचारका लागि अस्पताल लगिएकोमा अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको कैलालीका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक […]
बामदेव गौतमले पूर्वएमालेका नेताहरूसँग बदला लिने !
काठमाडौं । दुई ठूला कम्युनिस्ट पार्टी मिलाउन भूमिका खेलेका नेता वामदेव गौतम अहिले मौन छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा हालिमुहाली गर्न थालेपछि गौतम खुसी छैनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । उनले बेलाबेला असन्तुष्टिहरू पोख्ने गरेका छन् । गौतमले ओलीका क्रियाकलापलाई पनि रुचाएका […]
डा. गोविन्द केसीलाई आजै काठमाडौं ल्याउने तयारी
काठमाडौं । सरकारले जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई उपचारका लागि आजै काठमाडौं ल्याउने तयारी गरेको छ । कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानमा केसीको उपचार भइरहे पनि उनको अवस्था बिग्रँदै गएपछि काठमाडौं ल्याउने तयारी गरिएको हो । बुधबार साँझ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. केसीको उपचारमा सीसीयू अनिवार्य भएको निष्कर्ष निकालेको छ । यहीबीच बुधबार बसेको नेकपाको बैठकले […]
नारायणगढ–मुग्लिन सडकखण्डमा फेरी पहिरो, आवतजावत ठप्प
काठमाडौं । पहिरो खसेपछि नारायणगढ—मुग्लिन सडक खण्ड आज पनि अवरुद्ध बनेको छ । इच्छाकामना गाउँपालिका–६, टोपेखोलामा बिहीबार बिहान करीव ५ः३० बजे खसेको पहिराले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए । पहिरो ठूलो भएकोले पन्छाउन केही समय लाग्ने उनको भनाइ छ । गएराति सो क्षेत्रमा ठूलो पानी परेकोले पहिरो […]
भोलि देशभरका अस्पतालमा सेवा ठप्प पार्ने चिकित्सक संघको घोषणा
काठमाडौं । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा। केसीलाई जबरजस्ती जुम्लाबाट काठमाण्डु ल्याउने परिस्थितिमात्र सजना गर्न वार्तामा बसेको हो कि भन्ने […]








