प्रत्यक्ष संवाद प्रविधिको शुभारम्भ

विराटनगर, २४ भदौ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय दिवस तथा संविधान दिवस भव्य एवं रचनात्मक तरिकाले मनाउन निर्देशन दिएका छन । आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं १ विराटनगर र प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयबीच प्रत्यक्ष संवाद कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै उनले सो निर्देशन दिएका […]

प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक

काठमाडौँ, २४ भदौ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । प्रधानसेनापति थापाले आज नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो । थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, […]

बिपी साहित्य सम्मान ‘बैरागी काइला’लाई

काठमाडौँ, २४ भदौ । वरिष्ठ साहित्यकार तिलविक्रम नेम्बाङ ‘बैरागी काइँला’लाई यस वर्षको ‘बिपी साहित्य सम्मान पुरस्कार’ प्रदान गरिएको छ । जननायक बिपी कोइराला स्मृति ट्रष्टले आज यहाँ एक कार्यक्रमको आयोजनामा रु एक लाख एक हजार राशिसहितको उक्त सम्मान उनलाई प्रदान गरेको हो । यसैगरी रु ५१ हजार राशिको ‘बिपी सेनानी सम्मान पुरस्कार’ प्रजातन्त्र स्थापनाको आन्दोलन […]

विपत्जन्य फोहरमैला व्यवस्थापनमा जोड

काठमाडाँै, २४ भदौ । विपत् जोखिमको दृष्टिकोणबाट नेपाल विश्वभर ११औँ स्थानमा पर्छ । बर्सेनि हुने प्राकृतिक एवम् अन्य विपत्बाट देशभर ठूलो जनधन र भौतिक पूर्वाधारको क्षति हुने गरेको छ । प्रत्येक विपत्पश्चात् ठूलो मात्रामा विपत्जन्य फोहरमैलासमेत उत्पादन हुन्छ । मुलुक अहिले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्पतर्फ अघि बढिरहेको छ । सरकारले आफ्नो नीति तथा […]

मसला उद्योगीविरुद्ध मुद्दा

काठमाडौँ, २४ भदौ । बाँकेको नेपालगञ्जस्थित नेपाल पान मसला उद्योगका सञ्चालक कुतबुद्दिन शेखविरुद्ध राजश्व अनुसन्धान विभागले करोडौँ राजश्व छलेको अभियोगमा मुद्दा दायर गरेको छ । राजश्व चुहावट गरेको अभियोगमा रु सात करोड ५२ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ । उक्त उद्योगले अन्तःशुल्क स्टिकर टाँस नगरिएको तथा २०७३ देखि २०७६ सम्मको […]

अपराध महाशाखा र काठमाडौँ प्रहरीमा कसुरअनुसारको हिरासत कक्ष

काठमाडौँ, २४ भदौ । प्रहरी कार्यालय होस् या कारागार, कुनै पनि क्षेत्रमा अपराधअनुसारको हिरासत र थुनुवा कक्ष छैन । पक्राउ गरेर ल्याइएका र दोषी करार भएका व्यक्ति एउटै कोठामा कोचेर राख्नुपर्ने अवस्था छ । महिला र पुरुषको कक्ष छुट्ययाइए पनि अपराधअनुसारको कक्ष भने सीमित नै छ । मुलुकको राजधानी काठमाडौँको सुरक्षा हेर्ने महानगरीय अपराध नियन्त्रण […]

राष्ट्रपतिसँग आइरिस सभामुखको भेट

काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयरल्याण्डका संसद्का सभामुख सिन ओ फियरघेल ( क्भबल इ ँभबचनजबष्)ि ले आज शिष्टाचार भेटघाट गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । उक्त अवसरमा नेपाल तथा आयरल्याण्ड […]