बैतडी, २ असोज । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै शुरु भएको रिले अनशन १२ दिनसम्म पनि जारी रहेको छ । पुल निर्माणका लागि सरकारी पक्षबाट कुनै पहल नभएकाले अनशन जारी राख्न बाध्य भएका पुल निर्माण सङ्घर्ष समितिका संयोजक नरबहादुर चन्दले जानकारी दिए । झुलाघाट नाकामा पक्की पुल निर्माणका लागि सबै […]
Author: Desk Nonstop
संविधानमा सम्झौता गर्न सकिँदैन : उपप्रधानमन्त्री पोखरेल
ललितपुर, २ असोज । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले चार वर्षअघि विसं २०७२ असोज तीन गते निर्माण गरेको संविधानको पटक–पटक सम्झौता गर्न नसकिने बताएका छन । ‘कन्स्टिच्युसन वाच ग्रुपले’ आज आयोजना गरेको ‘नेपालमा लागू भएको वर्तमान संविधानलाई हेर्ने दृष्टिकोण’ विषयको कार्यक्रममा मन्त्री पोखरेलले नेपाली लाखाँै जनताको सहमतिद्वारा निर्माण भएको संविधानमा कुनै पनि कमजोरी नरहेको प्रतिबद्धता […]
संविधान दिवसका लागि तयारी
काठमाडौँ, २ असोज । काठमाडौँ महानगरपालिकाले संविधान दिवसका दिन टुँडिखेलमा आउने नागरिकको लागि बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायतका सेवा उपलब्ध गराउने भएको छ । कार्यक्रमस्थलको अन्य व्यवस्थापनको काम र मञ्च सजावटको काम पनि कामपाले गरेको छ । प्रत्येक वडा कार्यालयबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायतको सहभागितामा सांस्कृतिक झाँकीसहितको ¥याली कार्यक्रमस्थल सैनिक मञ्चसम्ममा ल्याउने तयारी […]
परिवार योजनामा बजेट वृद्धि गर्ने ललितपुर महानगरपालिकाको जानकारी
काठमाडौँ, २ असोज । परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य अधिकारको क्षेत्रमा क्रियाशील नेपाल परिवार नियोजन सङ्घले आगामी दिनमा आफ्ना सेवालाई थप विस्तार गर्ने जनाएको छ । हाल सङ्घले देशका ३३ जिल्लाका ३०१ गाउँपालिकाका एक हजार २३२ सेवा केन्द्र, २२ चिकित्सकसहितको क्लिनिक, ५६ सामुदायिक क्लिनिक, पाँच प्रसूति सेवा केन्द्र, ८८ युवा सूचना केन्द्र र […]
नेप्से परिसूचक पुनः ओरालो
काठमाडाँै, २ असोज । मङ्गलबार र बुधबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोवार मापक नेप्से परिसूचक १८ दशमलव १२ अङ्कले घटेर एक हजार १५५ दशमलव ३० मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक ३ दशमलव ४९ अङ्कले घटेर […]
सङ्घीय संसद्को चौथो अधिवेशन अन्त्य
काठमाडौँ, २ असोज । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चालू चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभको आजको तेस्रो बैठकमा अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालबाट प्राप्त पत्र पढेर सुनाएका थिए । पत्रमा चालू अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य हुने उल्लेख छ । बैठकको अन्त्यमा सभामुख महराले भन्नुभयो, “चालू अधिवेशन राति […]
‘रहर लागेकै भर’मा संविधान संशोधन हुँदैनः मन्त्री बाँस्कोटा
काठमाडौँ, २ असोज । सरकारले आवश्यकता र औचित्यका आधारमा मात्रै संविधान संशोधन हुने पुनः दोहो¥याएको छ । संविधान दिवसको अघिल्लो दिन आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गोकुलप्रसाद बाँस्कोटाले औचित्य पुष्टि भएको अवस्थामा संविधान संशोधन हुने बताए । उनले भने, “कार्यान्वयनभन्दा पहिले संशोधनको हतारो किन भएको […]
राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य
काठमाडौँ, २ असोज । सङ्घीय संसद्, राष्ट्रियसभाको चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । गत वैशाख १६ गते प्रारम्भ भएको यस अधिवेशनमा राष्ट्रियसभाका ४७ दिनमा ५१ वटा बैठक बसेका थिए । सभाले यस अधिवेशन अवधिमा १९ वटा विधेयकहरू पारित गरेकोे छ । यसैगरी दुई वटा सार्वजनिक महत्वका प्रस्ताव दर्ता भई छलफल भएको थियो भने यस […]
वाणिज्यको छापामा व्यापारीको विरोध
काठमाडौँ, २ असोज । चाडवाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई व्यापक बनाएको छ । खाद्य पदार्थको अनुगमनलाई तीव्र बनाउँदै आएको विभागले केही दिनयता कपडा व्यापारीमाथि पनि निगरानी बढाउन थालेको हो । यसैक्रममा आज विभागको टोलीले तयारी पोशाकको ‘होलसेल’ मुख्य केन्द्र रहेको न्यूरोडको रञ्जना क्षेत्रमा छापा मारेको […]
प्राधिकरणको ४७ अर्ब बजेट : अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकता
काठमाडौँ, २ असोज । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थललाई प्राथमिकतामा राखेर आव २०७६÷७७ का लागि रु ४६ अर्ब ९६ करोड ५० लाख बजेट विनियोजन गरेको छ । प्राधिकरणले राष्ट्रिय गौरवका आयोजनाका रुपमा रहेका तीन विमानस्थल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थ र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल तथा हालको त्रिभुवन अन्तर्राष्ट्रिय […]











