विराटनगर, ३ असोज । संविधान दिवस २०७६ का अवसरमा प्रदेश नं १का राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई), २४ पटक सगरमाथा आरोहण गर्ने कामीरीता शेर्पा र म्याराथुनका अन्तरराष्ट्रिय धावक मीरा राई पुरस्कृत भएका छन । प्रदेश नंं १ का प्रमुख प्राडा गोविन्दबहादुर तुम्बाहाङले उहाँहरूलाई जनही रु पाँच लाख नगदसहित प्रमाणपत्र प्रदान गरेका थिए । […]
Author: Desk Nonstop
फ्रान्सेली पर्यटकको हेलिकप्टरबाट उद्धार
गोरखा, ३ असोज । धार्चे गाउँपालिका–४ लाप्राकबाट फ्रान्सेली पर्यटकको उद्धार गरिएको छ । मनास्लु पदमार्ग हँुदै लार्केपास गर्न यही असोज १ गते लाप्राक आउनुभएकी ७२ वर्षीया फ्रान्सेली नागरिक यान म्यारी सिकिस्त बिरामी परेपछि हेलिकोप्टर चार्टर गरी आज बिहान उद्धार गरिएको वडा नं ४ का वडाध्यक्ष राज गुरुङले जानकारी दिए । “धार्चेको लाप्राक आएदेखि नै उहाँ […]
जनआन्दोलनका घाइतेलाई सम्मान
बनेपा, ३ असोज । जनआन्दोलनका घाइते बनेपाका मुकेश कायस्थलाई संविधान दिवसको अवसर पारेर आज ‘संविधान दिवस मूल समारोह समिति काभ्रेपलाञ्चोक’ले सम्मान गरेको छ । समारोह समितिका प्रमुख एवं जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसी, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु र प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले संयुक्तरूपमा मुुकेशलाई सम्मानपत्र प्रदान गरेका हुन । “विसं २०६२÷६३ को […]
डेङ्गुको बिरामी बढ्दै
मकवानपुर, २ असोज । प्रदेश नं ३ मा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको प्रकोप बढ्दै गएको छ । प्रदेश नं ३ को सामाजिक विकास मन्त्रालयका अनुसार यस प्रदेशमा आजसम्म चार हजार ८०० जनालाई डेङ्गु लागेको जनाइएको छ । डेङ्गुगबाट चितवनमा एक हजार ८६०, काठमाडौँमा एक हजार ३७०, मकवानपुरमा एक हजार ११०, ललितपुरमा १७, भक्तपुरमा १४५, […]
सुस्त गतिमा ‘उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान’
जुम्ला, २ असोज । ‘उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान’ (मारी) को केन्द्रीय कार्यालय जुम्लाको प्रसिद्ध पर्यटकीयस्थल गुठीचौरमा स्थापित छ । उच्च पर्वतीय क्षेत्रको कृषि अनुसन्धानका लागि स्थापित विश्वविद्यालयस्तरको संस्थाले भने अपेक्षित काम गर्न सकेको छैन । विसं २०७२ मा स्थापित अनुसन्धान प्रतिष्ठानका गतिविधिहरुको राम्रो प्रयोग हुन नसक्दा पर्वतीय क्षेत्रका नागरिकले अहिलेसम्म आशातीत लाभ लिन सकेका […]
जहाज होल्डबारे पर्यटनमन्त्रीको चासो : तत्काल सुधार गर्न निर्देशन
काठमाडौँ, २ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरण बिग्रिएर अन्तर्राष्ट्रिय उडानका जहाज आकासमै फन्को लगाउने )होल्डमा बसेको) सन्दर्भमा तालुकदार मन्त्रालयले नियामक निकायको ध्यानाकर्षण गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज होल्ड हुनुका कारणबारे सत्यतथ्य पत्ता लगाई आवश्यक सुधार गर्न निर्देशन दिएका छन । अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति तथा सेवा सुविधा […]
विधेयक पारित
रुपन्देही, २ असोज । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक आज प्रदेश नं ५ को प्रदेशसभाबाट पारित भएको छ । प्रदेशसभाको चालू अधिवेशनको आज बसेको अन्तिम बैठकले संशोधनसहित विधेयक पारित गरेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रस्तुत गर्नुभएको विधेयककोे दफा ३ को उपदफा १ मा रहेको […]
आधारभूत अधिकार संविधानले प्रत्याभूत गरेको छ : मुख्यमन्त्री गुरुङ
चिप्लेढुङ्गा, २ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको रक्षा, प्रयोग र विकास गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप संस्थागत गर्नुपर्ने आवश्यकता औँल्याएका छन । संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गुरुङले संविधानले सङ्घीयता, धर्मनिरक्षेता, समावेशीता, समानुपातिक प्रतिनिधित्वलगायत सबै तह, तप्का, वर्ग र क्षेत्रका जनताको अधिकार प्रत्याभूत गरेको बताएका छन […]
दोस्रो दक्षिण एशियाली युवा सम्मेलन सम्पन्न
बङ्गलादेश ९ढाका०, २ असोज । युवाको क्षेत्रमा विभिन्न देशमा क्रियाशील व्यक्तित्वहरुलाई यहाँ आयोजित एक कार्यक्रममा ‘साउथ एशियन युथ लिडरसीप अवार्ड–२०१९’ प्रदान गरिएको छ । ‘ग्लोबल युथ पार्लियामेण्ट’ र ‘ग्लोबल ल थिङकर सोसाइटी’द्वारा ढाकामा आयोजित उक्त सम्मेलनमा बङ्गलादेशका स्वतन्त्रता तथा द्वन्द्व मामिलामन्त्री एकेयम मोजाम्मेल हकले नेपालसहित भारत, भुटान, श्रीलङ्का, पाकिस्तान, अमेरिकालगायत मुलुकका युवालाई सो अवार्ड प्रदान […]
राष्ट्रको समृद्धिमा गीत सङ्गीतको महत्वपूर्ण योगदान : योगेश भट्टराई
काठमाडौँ, २ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले गीत सङ्गीतले राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान दिँदै आएको बताएका छन । सांस्कृतिक संस्थानको सहकार्यमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज साँझ राष्ट्रिय नाचघरमा आयोजित ‘सारङ्गीमा देश’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले नेपाली समाजलाई सङ्गीतको माध्यमबाट राष्ट्रलाई योगदान गर्ने गन्धर्व जातिको योगदान अविस्मरणीय […]










