करेण्ट लागेर मजदूरको मृत्यु

गलेश्वर, ३ असोज र म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा घर निर्माणको क्रममा करेण्ट लागेर एक मजदूरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका ३ निवासी २६ वर्षीय पेमा तामाङको आज बाबियाचौरमा करेण्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । स्थानीय दिलकुमारी विकको घर निर्माणको क्रममा बिहान फलामको रड उठाउने क्रममा खुला बिजुलीको […]

भारतीय प्रधानमन्त्री मोदीको ६९औँ जन्मोत्सवमा पशुपतिमा विशेष पूजा

काठमाडौँ, ३ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीको ६९औँ जन्मोत्सवको अवसरमा पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको छ । रुद्राभिषेकसहितको विशेष पूजा बिहान साढे नौ बजेपछि गरिएको थियो । मोदीको दीर्घायु, दीर्घ सुशासन र स्वच्छ भारतको लक्ष्यसहित निरन्तर अघि बढोस् भन्ने सङ्कल्पले आज विशेष पूजा गरिएको पशुपतिनाथका मूल अर्चक रावल गणेश भट्टले राससलाई जानकारी दिए […]

जागिरपछि कुखुरापालन व्यवसाय

बागलुङ, ३ असोज । कुनै बेला ‘जेटिए’ बनेर पशुको उपचारमा गाउँघर डुल्थे प्रतिमान थापा । अचेल उनको दिनचर्या फेरिएको छ । ‘जेटिए’को परिचय व्यवसायीमा बदलिएको छ । सात वर्षको जागिरे जीवनपछि थापा अहिले कुखुरापालनमा लागेका छन । काठेखोला गाउँपालिका–४ तङ्ग्रामका थापाले कुखुरापालन व्यवसाय शुरु गरेको चार महीना बित्यो । त्यसअघि थापाले दुई वर्ष तत्कालस्न जिल्ला […]

कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौँ : वरिष्ठ नेता पौडेल

काठमाडौँ, ३ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन। गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभाका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा उहाँले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिपस्र्धा गर्नुपर्ने बताएका हुन । वरिष्ठ नेता पौडेलले मुलुकका हरेक परिवर्तनमा काङ्ग्रेसको सिद्धान्तले जिते पनि पार्टी नेताको व्यवहार, आचरण र चरित्रका कारण […]

क्षतिको विवरण सङ्कलन गर्न समिति गठन

चरिकोट, ३ असोज । दोलखाको गौरीशङ्कर गाउँपालिका जुँगुमा पहिरोले पु¥याएको क्षतिको विवरण सङ्कलनका लागि समिति गठन गरिएको छ । गौरीशङ्कर गाउँपालिका वडा नं १ र २ जुँगुमा साउन १७ गते गएको पहिरोले मानवीय तथा ठूलो मात्रामा भौतिक क्षति पु¥याएकामा हालसम्म क्षतिको यकिन विवरण सङ्कलन हुन नसकेले सहायक प्रमुख जिल्ला अधिकारी नवराज ढकालको संयोजकत्वमा १३ सदस्यीय […]

जनताको अवस्था बदल्न चुनौतीः मुख्यमन्त्री पौडेल

हेटौँडा, ३ असोज । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले शासन व्यवस्था बदलिए पनि जनताको आर्थिक अवस्था बदल्न चुनौती रहेको बताएका छन । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा आज हेटौँडास्थित मकवानपुर बहुमुखी क्याम्पस प्राङ्गणमा आयोजित समारोहमा उनले भने, “आम नेपाली जनताको आर्थिक अवस्थामा सुधार ल्याएर प्रदेशको समृद्धि गर्नु सरकारको मुख्य चुनौती हो ।” […]

संविधानलाई सबैको अपनत्व हुने गरी संशोधन गर्नु जरूरी छ : मुख्यमन्त्री राउत

जनकपुरधाम, ३ असोज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानमा सबैले अपनत्व बोध हुने गरी संशोधन गर्नु जरूरी भएको बताएका छन । ‘सानो पाइला’ नामक संस्थाद्वारा आज यहाँ आयोजित नेपालको संविधान २०७२ मा ‘जनताको अवधारणा’ विषयक बहस र मन्थन कार्यक्रममा मुख्यमन्त्री राउतले संविधानका राम्रा पक्षलाई संस्थागत गर्दै उत्पीडित समुदायको अधिकार सुनिश्चित हुने गरी […]

संविधान दिवस : हातहातमा झण्डा, मनमनमा संविधान

काठमाडौँ, ३ असोज । संविधानसभाबाट ‘नेपालको संविधान २०७२’ जारी भएको चार वर्ष पुगेको उपलक्ष्यमा आज मुलुकभर आपसमा खुशियाली साटेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । हजारौँको बलिदानपछि सशस्त्र सङ्घर्षलाई विश्राम दिँदै जनताबाट चुनिएका जनप्रतिनिधिद्वारा गठित संविधानसभाबाट २०७२ साल आजकै दिन मुलुकमा पहिलोपटक संविधान जारी भएको थियो । विगत ६५ वर्षअघिको नेपाली जनताको नयाँ […]

पशुपतिमा राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा

काठमाडौँ, ३ असोज । संविधान दिवसको उपलक्ष्यमा पशुपतिनाथ मन्दिरमा राष्ट्र कल्याणको सङ्कल्पले पञ्चामृत स्नानसहितको विशेष पूजा गरिएको छ । सरकारले संविधान एवं राष्ट्रिय दिवस विविध कार्यक्रम आयोजना गरी मनाउन निर्देश गरेपछि बिहानै राष्ट्रदेवका रुपमा पुजिने पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरिएको पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले राससलाई जानकारी दिए । यस अवसरमा कोषले […]

डेङ्गुका बिरामी घटे

चितवन, ३ असोज । भदौको तेस्रो र चौथो साता अत्यधिक देखिएको डेङ्गु रोगको सङ्क्रमण घटेको छ । साउन पहिलो साताबाट क्रमशः बढ्दै गएको डेङ्गु रोगको सङ्क्रमण पछिल्लो एक साता दैनिक रुपमा घट्दै आएको चिकित्सकले जनाएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गत भदौ २२ गते एकै दिन एक हजार ९२२ जना बहिरंग […]