राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य

काठमाडौँ, २ असोज । सङ्घीय संसद्, राष्ट्रियसभाको चौथो अधिवेशन आजदेखि अन्त्य भएको छ । गत वैशाख १६ गते प्रारम्भ भएको यस अधिवेशनमा राष्ट्रियसभाका ४७ दिनमा ५१ वटा बैठक बसेका थिए ।

सभाले यस अधिवेशन अवधिमा १९ वटा विधेयकहरू पारित गरेकोे छ । यसैगरी दुई वटा सार्वजनिक महत्वका प्रस्ताव दर्ता भई छलफल भएको थियो भने यस अवधिमा तीन वटा ध्यानाकर्षणसम्बन्धी प्रस्ताव दर्ता भई छलफल गरिएको थियो ।

यस अधिवेशनमा राष्ट्रिय सरोकर तथा समन्वय समितिले आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ बाराको स्थलगत अनुगमनसम्बन्धी समितिको प्रतिवेदन पेश गरेको थियो ।

यसैगरी दिगो विकास तथा सुशासन समितिले आव २०७५÷७६ को वार्षिक प्रतिवेदन, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना र बारपाक सुलिकोट गाउँपालिकाको स्थलगत अवलोकन भ्रमणसम्बन्धी प्रतिवेदन पेश भएको थियो । यसैगरी प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र विधायन व्यवस्थापन समितिले आव २०७५÷७६ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश भएको थियो ।

Loading...